उत्तर कोरियासँग ९९.९ प्रतिशत आशावादी दक्षिण कोरिया

Shikharkhabar Shikharkhabar
|
मंगलबार, जेठ ८, २०७५
|
|
१८ पटक हेरिएको
Shares
उत्तर कोरियासँग ९९.९ प्रतिशत आशावादी दक्षिण कोरिया

सारांश

  • सोल, ८ जेठ ।
  • दक्षिण कोरियाले उत्तर कोरियासँग वार्ताको सम्भावना ९९।
  • ९ प्रतिशतसम्म रहेको बताएको छ ।

सोल, ८ जेठ । दक्षिण कोरियाले उत्तर कोरियासँग वार्ताको सम्भावना ९९।९ प्रतिशतसम्म रहेको बताएको छ ।

दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनका प्रमुख सुरक्षा सल्लाहकार चुङ इयु योङले आगामी उच्च सम्मेलनमो लागि उत्तर कोरियाप्रति ९९.९ प्रतिशत आशावादी रहेको बताएका हुन् ।

मंगलबार संयुक्त राज्य अमेरिका प्रस्थान गर्नूअघि सम्वाददाताहरुसँग कुरा गर्दै केही नबिग्रीएको र आगामी दिनमा उत्तर कोरियासँग वार्ता हुने योङले बताए ।
आफूहरुले सबै तयारी गरिसकेको र उत्तर कोरियाको दक्षिण कोरिया र अमेरिकासँग पनि वार्ता हुने उनले बताए ।

दुई कोरियाबीच गएको अप्रिल २७ मा अहिलेसम्मकै सबैभन्दा उच्चस्तरीय बैठक बसेको र त्यसपछि शान्ति सम्झौता भएको थियो । त्यसयता यी दुई कोरियाबीच विभिन्न समयमा उच्चस्तरका बैठकहरु बस्दै आएका थिए ।

तर हाल सोलमा जारी रहेको भनिएको सैनिक अभ्यासको निहुँ पारेर उत्तर कोरियाले कुनै पनि बैठकको अगुवाइ गरेको छैन । दुई कोरियाबीच प्रायः हुने गरेका द्विपक्षीय बैठकहरु पनि ठप्प भएका छन् ।

उत्तर र दक्षिण कोरियाका उच्चस्तरीय अधिकारीको बैठक अझै बस्न सकेको छैन । गएको बुधबार बस्ने भनिएको सो बैठक हप्तादिनसम्म पनि बस्न नसकेको बताइएको छ ।

दक्षिण कोरियाको सोलमा जारी रहेको सैन्य अभ्यासका कारण उत्तर कोरियाले एकतर्फीरुपमा उक्त बैठक स्थगित गरेको थियो । उत्तर कोरियाले उक्त संयुक्त सैन्य अभ्यास तत्कालै रोक्न आग्रह गरिरहेको छ ।

उता त्यतिमात्र नभएर उक्त सैन्य अभ्यासको अन्त्य नगरे अमेरिकासँग हुने भनिएको बैठक पनि नगर्ने चेतावनी समेत उत्तर कोरियाले दिएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच आगामी जुन १२ मा सिंगापुरमा उच्चस्तरीय बैठक हुन लागेको मितिको घोषणा यसअघि नै गरिएको छ ।

उत्तर कोरियाको यो चेतावनीपछि अमेरिकाको तर्फबाट भने कुनै प्रतिक्रिया आएको छैन । अमेरिकाले भने आफ्नो तर्फबाट उक्त वार्ताको तयारी गरिरहेको जानकारी दिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?