विप्लवका नेता हेमन्तप्रकाश ओली ‘सुदर्शन’ सहित ९ जना पक्राउ

Shikharkhabar Shikharkhabar
|
शनिबार, चैत्र ९, २०७५
|
|
२१ पटक हेरिएको
Shares
विप्लवका नेता हेमन्तप्रकाश ओली ‘सुदर्शन’ सहित ९ जना पक्राउ

सारांश

  • काठमाडौं ९,चैत।
  • नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका नेता हेमन्तप्रकाश ओली ‘सुदर्शन’ सहित ९ जना पक्राउ परेका छन्।
  • उनीहरूलाई काभ्रेको खानीखोलाबाट शुक्रबार राति महानगरीय अपराध महाशाखा, विशेष ब्युराे र जिल्ला प्रहरी कार्यालय काभ्रेकाे टाेलीले पक्राउ गरेको हो।

काठमाडौं ९,चैत। नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका नेता हेमन्तप्रकाश ओली ‘सुदर्शन’ सहित ९ जना पक्राउ परेका छन्।

उनीहरूलाई काभ्रेको खानीखोलाबाट शुक्रबार राति महानगरीय अपराध महाशाखा, विशेष ब्युराे र जिल्ला प्रहरी कार्यालय काभ्रेकाे टाेलीले पक्राउ गरेको हो।

ओलीसहित चन्द समूहका ललितपुर इन्चार्ज शंकर अधिकारी, एक गाडीचालक, धर्मराज राजवाहक, रामकृष्ण खतिवडा, ललित तामाङ, विजय श्रेष्ठ, सन्जीव कार्की, वेद घिमिरे र लोकेन्द्र खड्का पक्राउ परेका हुन्।

गत मंगलबार काभ्रेको काफलडाँडामाप्रहरी र चन्द समूहबीच गोली हानाहान भएपछि प्रहरी उनीहरुको खोजीमा जुटेको थियो । उनीहरु भाग्नका लागि गाडी चढ्दै गर्दाको अवस्थामा प्रहरीले पक्राउ गरेको प्रहरी अधिकारीको भनाई छ ।

गत महिना ललितपुरको नख्खुस्थित एनसेल गेटमा भएको विष्फोटमाओलीलाई मुख्य योजना मानिएको छ। ओली नेकपाका तेस्रो वरियताका नेता मानिन्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?