नेकपाभित्र नेतृत्वको आलोचना धेरै

Shikharkhabar Shikharkhabar
|
बुधबार, पौष ४, २०७५
|
|
२६ पटक हेरिएको
Shares
नेकपाभित्र नेतृत्वको आलोचना धेरै

सारांश

  • काठमाडौं, ४ पुस ।
  • नेपाल कम्युनिष्ट पार्टी नेकपाको आजको स्थायी समिति बैठकमा पनि राजनीतिक प्रतिवेदनको आलोचना भएको छ ।
  • अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालले गत शनिबार पेश गरेको राजनीतिक प्रतिवेदनमा आज पनि नेताहरुले पार्टी नेतृत्वको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै आफ्नो धारणा राखेका हुन् ।

काठमाडौं, ४ पुस । नेपाल कम्युनिष्ट पार्टी नेकपाको आजको स्थायी समिति बैठकमा पनि राजनीतिक प्रतिवेदनको आलोचना भएको छ । अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालले गत शनिबार पेश गरेको राजनीतिक प्रतिवेदनमा आज पनि नेताहरुले पार्टी नेतृत्वको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै आफ्नो धारणा राखेका हुन् ।

पार्टी केन्द्रिय कार्यालय धुम्बाराहीमा बसेको पार्टी स्थायी समितिको बैठकमा राजनीतिक प्रतिवेदनलाई परिमार्जन गर्न पनि नेताहरुले नेतृत्वलाई सुझाव दिएको बताईएको छ । बैठकमा सुरेन्द्र पाण्डे, वर्षमान पुन, देव गुरुङलगायतका ८ जना नेताहरुले राजनीतिक प्रतिवेदनमा केन्द्रित रहेर छलफलमा भाग लिएका छन् ।

विचार, राजनीति, भावी कार्ययोजनालगायतका विषयमा केन्द्रित भएर आजको बैठकमा पनि नेताहरुले आ–आफ्नो धारणा राख्नु भएको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । प्रतिवेदनमाथि नेताहरुले धारणा राख्ने क्रम जारी गरहेकाले बैठक भोली (विहिवार) बिहान पनि बस्नेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?