‘टाइगर जिन्दा हे’ को नयाँ रेकर्ड : पहिलो दिनको कमाई सुनेर अचम्म नपर्नु !

Shikharkhabar Shikharkhabar
|
शनिबार, पौष ८, २०७४
|
|
२५ पटक हेरिएको
Shares
‘टाइगर जिन्दा हे’ को  नयाँ रेकर्ड  : पहिलो दिनको कमाई सुनेर अचम्म नपर्नु !

सारांश

  • काठमाडौं ।
  • सलमान खान अभिनित चलचित्र ‘टाइगर जिन्दा हे’ को पहिलो दिनको कमाई सुनेर तपाईँ अचम्म पर्न सक्नुहुन्छ ।
  • यो चलचित्रले बक्स अफिसमा एउटा नयाँ रेकर्ड बनाएको छ ।

काठमाडौं । सलमान खान अभिनित चलचित्र ‘टाइगर जिन्दा हे’ को पहिलो दिनको कमाई सुनेर तपाईँ अचम्म पर्न सक्नुहुन्छ । यो चलचित्रले बक्स अफिसमा एउटा नयाँ रेकर्ड बनाएको छ ।

सन् २०१७ मा सलमान खानको यस फिल्मले कमाए जति कुनै पनि फिल्मले पहिलो दिन कमाएको छैन । क्रिसमस तथा नयाँ वर्षको अवसर पारेर रिलिज भएको ‘टाइगर जिन्दा हे’ पहिलो दिन नै झण्डै ३८ करोड भारतीय रुपैयाँ कमाएको छ ।

सलमान खानले बक्स अफिस र दर्शक दुवैलाई नयाँ वर्षमा खुशी बनाउने अपेक्षा गरिएको छ । चलचित्रको समीक्षा पनि सकारात्मक नै आइरहेकाले चलचित्रको प्रदर्शन राम्रै हुने आंकलन गरिएको छ । दर्शकहरुले चलचित्रको एक्सन, रोमान्स, कथा, कलइमेक्स एकदमै राम्रो रहेको प्रतिक्रिया दिएका छन् ।

सलमान खानको पारिश्रमिकलाई छोडेर ‘टाइगर जिन्दा हे’ को बजेट १५० करोड भएको बताइन्छ । अली अब्बास जफरको निर्देशन रहेको यस चलचित्रमा कटरिना कैप सलमानको को–स्टारको रुपमा अभिनय गरेकी छिन् । चलचित्रमा उनले एक पाकिस्तानी आइएस एजेन्टको भूमिका निर्वाह गरेकी छिन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?