परिवार नै मिलेर ६ करोड ठगी

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, चैत्र १, २०७५
|
|
२५ पटक हेरिएको
Shares
परिवार नै मिलेर ६ करोड ठगी

सारांश

  • काठमाडौं १ चैत ।
  • ललितपुरको ग्वार्कोस्थित एक भवनमा मेनपावर कम्पनी, सहकारी र एजुकेशन कन्सन्टेल्सीको कार्यालय छ ।
  • तीनवटै कार्यालय एकै परिवारको हो ।

काठमाडौं १ चैत । ललितपुरको ग्वार्कोस्थित एक भवनमा मेनपावर कम्पनी, सहकारी र एजुकेशन कन्सन्टेल्सीको कार्यालय छ । तीनवटै कार्यालय एकै परिवारको हो । तीनै कार्यालयबाट सो परिवारले नाटकीय शैलीमा ६ करोड ठगेको छ । दीपक तामाङ र उनकी श्रीमती विमला तामाङले अन्य व्यक्तिसँग मिली ३ कम्पनी खोलेर पोल्यान्ड पठाइदिने आश्वासनमा ठगी गरेका हुन् ।

तामाङ दाम्पत्तीले दृष्मा अ‍ोभरसिज, नबिल बचत तथा सहकारी संस्था र नाल एजुकेसन कन्सल्टेन्सी खोलेर ठगी गरेको महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी रवीन्द्रसिंह धानुकले बताए ।

‘हामीकहाँ ती कम्पनीबाट पीडित ६ सय ९ जनाले पाँच करोड ४३ लाख ठगिएको उजुरी दिएका छन्’ एसएसपी धानुकले भने, ‘हामीले विस्तृत अनुसन्धान गरी १४ जनाविरुद्ध मुद्दा दायर गरेका छौँ ।’ यो समाचार नयाँ पत्रिकामा प्रकाशित छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?