देउवा सरकारबाट संविधान कार्यान्वयन र स्थानीय तह निर्वाचन सम्पन्न हुने सांसदहरुको विश्वास

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, जेठ २६, २०७४
|
|
३७ पटक हेरिएको
Shares
देउवा सरकारबाट संविधान कार्यान्वयन र स्थानीय तह निर्वाचन सम्पन्न हुने सांसदहरुको विश्वास

सारांश

  • काठमाडौँ, २६ जेठ ।
  • व्यवस्थापिका–संसद्को आजको बैठकमा सांसदहरुले राष्ट्रिय आवश्यकता र जनचाहनालाई ख्याल गरेर अगाडि बढ्न नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गर्नुभएको छ ।
  • संविधानको मर्म र भावनाअनुसार मन्त्रिपरिषद्मा महिलाको उचित प्रतिनिधित्व गराउनुपर्ने, संविधान संशोधन प्रस्तावलाई अगाडि बढाउनुपर्ने तथा स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा सबै वर्ग तथा क्षेत्रको भावनालाई समेटेर अगाडि बढ्नुपर्ने सुझाव उहाँहरुले दिनुभएको थियो ।

काठमाडौँ, २६ जेठ । व्यवस्थापिका–संसद्को आजको बैठकमा सांसदहरुले राष्ट्रिय आवश्यकता र जनचाहनालाई ख्याल गरेर अगाडि बढ्न नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गर्नुभएको छ ।

संविधानको मर्म र भावनाअनुसार मन्त्रिपरिषद्मा महिलाको उचित प्रतिनिधित्व गराउनुपर्ने, संविधान संशोधन प्रस्तावलाई अगाडि बढाउनुपर्ने तथा स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा सबै वर्ग तथा क्षेत्रको भावनालाई समेटेर अगाडि बढ्नुपर्ने सुझाव उहाँहरुले दिनुभएको थियो ।

सांसद गङ्गा चौधरीले थारु, आदिवासी, जनजातिको माग सम्बोधन गर्न र मन्त्रिपरिषद्मा महिलाको उचित प्रतिनिधित्व गराउन आग्रह गर्नुभयो ।
उहाँले भुट्टा मुद्दा लगाइएका थारु अगुवाको तत्काल मुद्दा खारेज गरी सबै वर्ग तथा क्षेत्रलाई स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा सहभागी हुने वातावरण बनाउन माग गर्नुभयो ।

साना दलको माग र भावनालाई सम्बोधन गर्न आग्रह गर्नुहुँदै सांसद लोकमणि ढकालले प्रजातन्त्रको मर्म र भावनाअनुसार सरकार सञ्चालन गर्न र संविधान कार्यान्वयनमा विशेष ध्यान दिन प्रधानमन्त्री देउवासँग आग्रह गर्नुभयो ।

मधेसी, थारु, आदिवासी जनजातिलाई सबैलाई साथमा लिएर अगाडि बढ्न सांसद डिम्पलकुमारी झाले प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराउनुभयो ।

विकास निर्माणमा विनियोजन गरिएको बजेट खर्च हुन नसकेको, ऐन कानुन भन्दा पनि शक्ति केन्द्र रिझाएर ठेक्का प्राप्त गर्ने गरेको सन्दर्भ अघि सार्दै सांसद प्रेम सुवालले आत्मनिर्भर अर्थतन्त्रको विकासका लागि विशेष ध्यान दिन नवनिर्वाचित प्रधानमन्त्रीको ध्यानकर्षण गराउनुभयो ।

एनसेलले पुँजीगत लाभकर नतिरेको सन्दर्भमा नयाँ सरकारले त्यसतर्फ ध्यान दिने उहाँको विश्वास थियो ।

राष्ट्रिय समस्या समाधान गर्न आग्रह गर्दै मुलुकको ४० औँं प्रधानमन्त्रीमा निर्वाचित हुनुभएका प्रधानमन्त्री देउवा आर्थिक वृद्धि, संविधान कार्यान्वयन, तीनवटै तहको निर्वाचन सम्पन्न गर्न सफल हुनुहोस् भन्ने कामना गर्दै सांसद् प्रेमबहादुर सिंह र कुमार खड्काले प्रधानमन्त्रीको सफल कार्यकालका लागि शुभकामना व्यक्त गर्नुभयो ।

सांसद चित्रबहादुर केसीले प्रधानमन्त्री बनाउन संविधान मान्ने मधेस केन्द्रत दलको स्थानीय तहको निर्वाचनलाई अस्वीकार गर्ने प्रवृत्ति गलत भएको बताउनुभयो ।

गुण र दोषका आधारमा प्रधानमन्त्रीलाई सहयोग गर्ने उल्लेख गर्दै उहाँले प्रधानमन्त्री देउवाको सफल कार्यकालका लागि शुभकामना व्यक्त गर्नुभयो ।

यस्तै केही सांसदले भने मधेस केन्द्रित दलसँग गरिएको सहमतिका आधारमा तत्काल संविधान संशोधन प्रक्रिया अगाडि बढाउन नवनिर्वाचित प्रधानमन्त्रीको ध्यानकर्षण गराउनुभएको थियो ।

मुलुकको समस्या समाधानका लागि संविधानको सर्वस्वीकार्यता बढाउनु जरुरी रहेको भन्दै उहाँहरुले सहमति कार्यान्वयन नभए आफूहरु आन्दोलनमा जान बाध्य हुने धारणा राख्नुभयो ।

सांसदहरु धमेन्द्रकुमार साह तेली, नरसिंह चौधरी, महेन्द्रराय यादवले मधेसी, आदिवासी, जनजातिको माग सम्बोधन गर्न प्रधानमन्त्री देउवालाई आग्रह गर्नुभयो ।

सांसद सर्वेन्द्रनाथ शुक्लले तराई–मधेसमा विभिन्न प्रकारका शङ्का तथा उपशङ्का उत्पन्न भइरहेको भन्दै संविधान संशोधन प्रक्रियालाई अगाडि बढाएर स्थानीय तहको दोस्रो चरणको निर्वाचन गराउनुपर्नेमा जोड दिनुभयो ।

यस्तै, सांसद शिवजी यादवले राष्ट्रिय समस्या समाधान गर्ने लक्ष्यसहित प्रधानमन्त्रीमा निर्वाचित हुनुभएका शेरबहादुर देउवाले मधेस केन्द्रित दलको माग सम्बोधन गर्न अग्रसरता लेओस् भन्नुभयो ।

सांसद अग्निप्रसाद सापकोटाले पहिलोचरणको स्थानीय तहको निर्वाचन सम्पन्न भइसकेको सन्दर्भमा आगामी असार १४ गते दोस्रो तहको निर्वाचन सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो । संविधान संशोधन प्रक्रियालाई अगाडि बढाएर राष्ट्रिय आवश्यकता पूरा गर्न देउवा नेतृत्वको सरकार सफल हुने आशा पनि उहाँले व्यक्त गर्नुभयो ।

उहाँले राष्ट्रिय सहमति कायम गरेर अघिल्लो सरकारले अगाडि बढाएका प्रभावकारी कामलाई वर्तमान सरकारले पनि ठोस रुपमा अगाडि बढाउन आग्रह गर्नुभयो ।

यस्तै सांसद सुवास नेम्वाङले देउवा नेतृत्वको सरकारमा महिला, जनजाति, आदिवासी तथा अल्पसङ्ख्यक समुदायको प्रतिनिधित्वको माग गर्दै प्रधानमन्त्रीले सबै पक्षलाई मिलाएर अगाडि जाने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले राष्ट्रिय एकता र संविधानको सर्वस्वीकार्यताको मार्गमा सरकार अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । प्रमुख प्रतिपक्षी दललाई हरेक स्थानमा पेल्ने काम भएको गुनासो गर्दै सांसद नेम्वाङले आफूहरुको पनि विश्वास जितेर काम गर्न प्रधानमन्त्री देउवालाई आग्रह गर्नुभयो ।

सांसद सीतादेवी यादवले नवनिर्वाचित प्रधानमन्त्री देउवाबाट अपूरो रहेको शान्ति प्रक्रियालाई पूर्णता दिने र स्थानीय तहको निर्वाचन सम्पन्न गर्ने काम हुने विश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बागमती प्रदेश खेलकुद प्रतियोगिता आजदेखि
बागमती प्रदेश खेलकुद प्रतियोगिता आजदेखि
चलचित्र ‘हिजो आजका कुरा’ अमेरिकाको भर्जिनियामा प्रदर्शन
चलचित्र ‘हिजो आजका कुरा’ अमेरिकाको भर्जिनियामा प्रदर्शन
जेसिबीले उछिट्याएकाे ढुङगाले लागेर बालिकाको मृत्यु
जेसिबीले उछिट्याएकाे ढुङगाले लागेर बालिकाको मृत्यु
फलेवास नगरपालिकाका सबै विद्यालयमा अंग्रेजी माध्यम
फलेवास नगरपालिकाका सबै विद्यालयमा अंग्रेजी माध्यम
घुस लिएको आरोपमा चीनमा पूर्वखेलकुद प्रमुखलाई पक्राउ गर्न आदेश
घुस लिएको आरोपमा चीनमा पूर्वखेलकुद प्रमुखलाई पक्राउ गर्न आदेश
सुपारी बरामद
सुपारी बरामद
अन्नपूर्ण आधार शिविरदेखि घान्द्रुकसम्म म्याराथन, ६१ जना सहभागी
जहाज दुर्घटनाको छानबिन गर्न ५ सदस्यीय आयाेग गठन, भोलि राष्ट्रिय झण्डा आधा झुकाइने
जहाज दुर्घटनाको छानबिन गर्न ५ सदस्यीय आयाेग गठन, भोलि राष्ट्रिय झण्डा आधा झुकाइने
प्रत्येक प्रदेशमा राष्ट्रिय पुस्तकालय स्थापना गर्न सांसद छविलाल विश्वकर्माकाे जाेड !
प्रमुख प्रतिपक्षले माग्यो गृहमन्त्रीको राजीनामा
प्रमुख प्रतिपक्षले माग्यो गृहमन्त्रीको राजीनामा

तपाईंले छुटाउनुभयो कि?