मेरो लडाइँ राजनीतिक लडाइँ नभई विकासको लडाइँ हो – बिक्रम पाण्डे
सारांश
- चितवन, ११ मंसिर : वन तथा भू–संरक्षण मन्त्री विक्रम पाण्डेले सम्भव नै नभएका सपना बाँडेर मत आफ्नो पक्षमा पार्ने काम गर्न नहुने बताउनुभएको छ ।
- चितवन क्षेत्र नं ३ को प्रतिनिधिसभा सदस्य उम्मेदवार रहनुभएका पाण्डेले आज भरतपुर महानगरपालिका–८ मा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै ढाँटछल गर्ने समय सकिएको बताउनुभयो ।
- जनता जागरुक भएकाले जे गर्न सकिन्छ नेताले त्यही बोल्नुपर्ने बताउनुभयो ।
चितवन, ११ मंसिर : वन तथा भू–संरक्षण मन्त्री विक्रम पाण्डेले सम्भव नै नभएका सपना बाँडेर मत आफ्नो पक्षमा पार्ने काम गर्न नहुने बताउनुभएको छ ।
चितवन क्षेत्र नं ३ को प्रतिनिधिसभा सदस्य उम्मेदवार रहनुभएका पाण्डेले आज भरतपुर महानगरपालिका–८ मा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै ढाँटछल गर्ने समय सकिएको बताउनुभयो ।
जनता जागरुक भएकाले जे गर्न सकिन्छ नेताले त्यही बोल्नुपर्ने बताउनुभयो । भविश्यमा कुनै काम गर्नु नपर्ने भएकाले सपना बाँड्ने र मत माग्ने चलन बढेको उहाँले बताउनुभयो ।
समग्र चितवनको विकासका लागि लोकतान्त्रिक गठबन्धनलाई मतदान गर्नुपर्ने उहाँले बताउनुभयो । जनता र निकुञ्जबीचको द्वन्द्व अन्त्य गर्दै निकुञ्जबाट जनताले अधिकतम् फाइदा लिनका लागि आवश्यक नीति नियम बनाउने कुरामा आफू लागेको उहाँले बताउनुभयो ।
आफ्नो लडाइँ कुनै पनि राजनीतिक लडाइँ नभई विकासको लडाइँ भएको बताउँदै लोकतन्त्रलाई जगेर्ना गर्दै संविधानमा उल्लेख भएका कुरा जनतालाई दिन आफ्नो उम्मेदवारी भएको बताउनुभयो ।
Sunil Thapa
Nepal ko bato sabai tapai le nai banaunu vako ho tara gunastar xaina k bikas?
Prem Khadayat
hait gatha
Matrika Dhungana
राजनीति लडाई लड्ने ता हैसियत पनि हुन पर्योनी ओ मन्डले सरदार ज्यु !ठेकदारल् बाटो बनाउने डोजर चलाउने आफनो सिपलाई बिकाशको सिप सम्झनु भयो होला !आजको समाज भौतिक बिकास भन्दा चेतनाको बिकाशका प्यासी ँछन् !त्यसकारण तपाइको हैशियतको कुरा हैन पान्डे ज्यु कस्को उक्सावटमा लागेर भ्रष्टाचार गरी ठेकदारीबाट जुटाएको रकम उडाउदै हुनुहुन्छ कुन्नी !कैल्यै ज्ञानेन्द्रको पालो अाएछ भने मनोनितको आशा गर्नुहोला अन्यथा बाकस घोप्ट्याएर प्रचन्डलाई गुण लगाउनु !वहाँको मन जित्नु हुने छ तपाइलाई ठ्क्का पट्ाना सामान्य सहयेग गर्नु हुनेछ नियम कानुनले दिए सम्मको सहानुभुती राख्नुहुने ँछ !
Mohan Adhikari
Gaf pani aati vo aaba wife sanga gaf garara bolnus hai bikram dai
Kamal Raj Poudel
Panda lie jitau
Saru Dm
हो थक्दार पुगेन राज्या थग्ने दाउमा हो
Dambar Chhetri
पैसाकमाउता होना
Dambar Chhetri
पैसाकमाउता होना