मोदीको जनकपुर भ्रमण: प्रदेश सरकारले आयोगलाई झुक्यायो

Shikharkhabar Shikharkhabar
|
सोमबार, मंसिर १०, २०७५
|
|
४१ पटक हेरिएको
Shares
मोदीको जनकपुर भ्रमण:  प्रदेश सरकारले आयोगलाई झुक्यायो

सारांश

  • धनुषा,  १० मंसिर।
  • राष्ट्रिय सूचना आयोगको आदेशपछि प्रदेश २ सरकारले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुरमा गरेको स्वागत खर्चको सूचना उपलब्ध गराएको छ ।
  • सूचनाको हक प्रयाेग गरी माग गरेको मोदी भ्रमण खर्चको सूचना नदिएपछि शैलेन्द्र महतोले प्रदेश २ मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयविरुद्ध राष्ट्रिय सूचना आयोगमा उजुरी दिनुभएको थियो ।

धनुषा,  १० मंसिर। राष्ट्रिय सूचना आयोगको आदेशपछि प्रदेश २ सरकारले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुरमा गरेको स्वागत खर्चको सूचना उपलब्ध गराएको छ । सूचनाको हक प्रयाेग गरी माग गरेको मोदी भ्रमण खर्चको सूचना नदिएपछि शैलेन्द्र महतोले प्रदेश २ मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयविरुद्ध राष्ट्रिय सूचना आयोगमा उजुरी दिनुभएको थियो । धनुषाका उज्यालो संवाददाता समेत रहनु भएका पत्रकार महतोको उजुरी उपर सुनुवाई गर्दै आयोगले विपक्षी २ नम्बर प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयलाई पत्र पठाएर ७ दिनभित्र लिखित व्यहोरा आयोग र सूचना मागकर्तालाई पठाउन आदेश दिएको थियो ।

सोही आदेश अनुसार प्रदेश २ मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले मोदी भ्रमण खर्चको सूचना उपलब्ध गराएको छ । उपलब्ध गराएको सूचना अनुसार भारतीय प्रधानमन्त्री मोदीको स्वागत सत्कारमा प्रदेश २ सरकारले विभिन्न ६ वटा समिति मार्फत २ करोड ७६ लाख ४१ हजार ९ सय ९ रुपैयाँ खर्च गरेको जनाएको छ । सूचना पत्रमा पण्डाल, पाल, अस्थायी शौचालय निर्माण एवं सांस्कृतिक कार्यक्रम शीर्षकमा १ करोड ४९ लाख ७२ हजार २ सय २९ रुपैयाँ, जनपरिचालनमा ८ वटै जिल्ला गरी ७४ लाख ६८ हजार ७ सय ४४ रुपैयाँ, प्रचारप्रसारमा २० लाख ६२ हजार १३ रुपैयाँ खर्च गरेको उल्लेख छ । यस्तै बुलेटिन, स्वागतद्वार, फ्लेक्स, अतिथि स्वागत, सूचना प्रकाशन, प्रसारण र उपहार शीर्षकमा २५ लाख ६ हजार ५५ रुपैयाँ, नगर सरसरफाइमा ५७ हजार ५ सय २२ रुपैयाँ र सुरक्षा व्यवस्थापनमा ५ लाख ७५ हजार २ सय २१ रुपैयाँ खर्च भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय प्रदेश नम्बर २ का सूचना अधिकारी एवं शाखा अधिकृत पदमप्रसाद पोखरेलले हस्ताक्षर गरेको सूचना पत्रमा उल्लेख छ ।

यस्तै समयमा पत्रकार महतोलाई सूचना नदिनुको कारण आयोगले माग गरेको जवाफ पत्रमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले झुटो व्यहोरा उल्लेख गरेको तथ्य समेत फेला परेको छ ।गएको असार मसान्तसम्म समेत मोदी भ्रमण खर्चको विवरण सार्वजनिक गर्न नसकेको प्रदेश २ सरकारको मन्त्रिपरिषद कार्यालयका मुख्य सचिव राजेश्वरमान सिंहले आयोगलाई लेखी पठाएको जवाफमा मोदी भ्रमण खर्चको विवरण जेठ १८ गते नै सूचना टाँस गरी सार्वजनिक गरिसकेको उल्लेख गरेको छ । सूचना पत्रमा समेत जेठ १८ मै सूचना जारी गरेको उल्लेख गरेर आयोगलाई झुक्याएको छ । जब कि मोदीको नेपाल भ्रमण भएको लामो समयसम्म खर्च सार्वजनिक नगर्दा प्रदेश २ सभामा विपक्षी दल नेपाली कांग्रेस र ने क पाले प्रदेश सरकारको चर्को आलोचन गर्नुको साथै पटक पटक प्रदेशसभा बैठक समेत अवरुद्ध गरेका थिए ।

गएको वैशाख २८ गते जनकपुरमा भएको भारतीय प्रधानमन्त्री मोदीको स्वागत खर्च जेठ मासान्तसम्म सार्वजनिक नगरेपछि पत्रकार महतोले जेठ २९ गते सूचनाको हक प्रयोग गर्दै प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयविरुद्ध गएको साउन ८ गते राष्ट्रिय सूचना आयोगमा उजुरी गर्नुभएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बन्दकर्ताले गरेको फोहर उठाउँदै भिक्टोरियाले गर्ने सरस्वती पूजा
बन्दकर्ताले गरेको फोहर उठाउँदै भिक्टोरियाले गर्ने सरस्वती पूजा
कहिलेसम्म धान्ला भत्किएको गुफाले कंक्रिट बस्ती र राजमार्ग ? (भिडियो सहित )
कहिलेसम्म धान्ला भत्किएको गुफाले कंक्रिट बस्ती र राजमार्ग ? (भिडियो सहित )
प्रधानमन्त्री ओलीलाई पूर्व माओवादीका यी ६ जनाको साथ
प्रधानमन्त्री ओलीलाई पूर्व माओवादीका यी ६ जनाको साथ
१७० प्रकारका कोरोनाविरुद्धको भ्याक्सिन विकास हुँदै, नौवटाले अन्तिम परीक्षण पुरा गर्दै
१७० प्रकारका कोरोनाविरुद्धको भ्याक्सिन विकास हुँदै, नौवटाले अन्तिम परीक्षण पुरा गर्दै
भरतपुर महानगरपालिकाको मुद्दा हेर्दाहेर्दैमा, सोमबार सुनुवाई हुने
भरतपुर महानगरपालिकाको मुद्दा हेर्दाहेर्दैमा, सोमबार सुनुवाई हुने
एक्सनमा उत्रियो कास्की प्रहरी, स्वीप अप्रेशनमा एकैदिन ९१ व्यक्ति नियन्त्रणमा
एक्सनमा उत्रियो कास्की प्रहरी, स्वीप अप्रेशनमा एकैदिन ९१ व्यक्ति नियन्त्रणमा
मेडिकल कलेजमा लिइएको बढी शुल्क फिर्ता हुने
मेडिकल कलेजमा लिइएको बढी शुल्क फिर्ता हुने
पत्रकारिता क्षेत्र वार्ता र संवादमा नगई आन्दोलनमै उत्रिएकोमा शिक्षामन्त्रीको गुनासो
पत्रकारिता क्षेत्र वार्ता र संवादमा नगई आन्दोलनमै उत्रिएकोमा शिक्षामन्त्रीको गुनासो
प्रधानमन्त्री र राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनाबीच भेटवार्ता,के विषयमा भयाे छलफल ?
प्रधानमन्त्री र राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनाबीच भेटवार्ता,के विषयमा भयाे छलफल ?
वृद्ध भत्ता कति बढ्यो ?
वृद्ध भत्ता कति बढ्यो ?