मधेश र मधेशी जनताको नाममा गद्धारी गर्ने उपेन्द्र र राजेन्द्रहरु हुन : नेता चौधरी

Shikharkhabar Shikharkhabar
|
शनिबार, माघ ६, २०७४
|
|
२४ पटक हेरिएको
Shares
मधेश र मधेशी जनताको नाममा गद्धारी गर्ने उपेन्द्र र राजेन्द्रहरु हुन : नेता चौधरी

सारांश

  • काठमाडौं, ६ माघ ।
  • वीरगन्ज राजधानी संघर्ष समितिका संयोजक सुरेन्द्रप्रसाद चौधरीले प्रदेश नम्बर–२ को राजधानी वीरगंजलाई नबनाउदासम्म आन्दोलन नरोकिने बताएका छन् ।
  • बिहीबार रिपोर्टर्स क्लब नेपालमा वीरगन्ज राजधानी संघर्ष समितिले पत्रकार सम्मेलन गरेर यस्तो पूर्वाधारका अतिरिक्त अन्य सम्भवनाका हिसावमा प्रदेश नम्बर २ को राजधानी पर्साको वीरगंग बनाउनुपर्ने माग गरेको हो ।

काठमाडौं, ६ माघ । वीरगन्ज राजधानी संघर्ष समितिका संयोजक सुरेन्द्रप्रसाद चौधरीले प्रदेश नम्बर–२ को राजधानी वीरगंजलाई नबनाउदासम्म आन्दोलन नरोकिने बताएका छन् ।

बिहीबार रिपोर्टर्स क्लब नेपालमा वीरगन्ज राजधानी संघर्ष समितिले पत्रकार सम्मेलन गरेर यस्तो पूर्वाधारका अतिरिक्त अन्य सम्भवनाका हिसावमा प्रदेश नम्बर २ को राजधानी पर्साको वीरगंग बनाउनुपर्ने माग गरेको हो ।

संर्घष समितिका अध्यक्ष चौधरीले मधेशको नाममा राजनीतिक दलहरुबाट धोका घडि भएको आरोप लगाएका छन् । उनले भने,‘२००७ सालको क्रान्तिको शुत्रपात भूमि वीरगंज हो, उक्त आन्दोलनको पहिलो शहीद थिरबम मल्ल वीरगंज कै हुन, राज्यलाई ७८ प्रतिशत राजश्व बुझाउने जिल्ला वीरगंज हो, जनकपुरभन्दा हजारौ गुणा सम्भावना र पूर्वाधार भएको जिल्ला पर्सा हो, हरेक राजनीतिक आन्दोलनको मूख्य थलो वीरगंज हो, अन्तर्राष्ट्रिय विमानस्थल र फाष्ट ट्रयाक निमार्ण हुँदैछ, यस्ता तमाम कुराको आधारमा प्रदेश नम्बर २ को राजधानी वीरगन्ज हुनुपर्छ, वीरगंजलाई राजधानी नतोकेसम्म हाम्रो आन्दोलन रोकिदैँन ।’

तीनपटक सांसद र दुईपटक मन्त्री बनिसेकका राजनीतिज्ञ चौधरीले मधेशको नाममा राजेन्द्र महतो र उपेन्द्र यादवले सबैभन्दा बढि गद्धारी गरेको आरोप लगाए ।

उनले अघि थपे, ‘म २०२७ सालमा नेपाल विद्यार्थी संघको स्थापना कालमा जेल जीवन बिताउँदै थिए, त्यतिबेला मधेशका मसिया भन्ने राजेन्द्र महतो नालीको ठेकदारी गर्दै थिए, आजको दिनमा उनले मधेशलाई ठगेर राजनीति गर्छन, राजनीतिक रोटी पकाउँछन्, खान्छन्, जनतालाई दिँदैनन्, राजेन्द्रले सर्लाहीमा आन्दोलन गर्न सकेनन, उपेन्द्रले सुनसरीमा आन्दोलन गर्न सकेनन् वीरगंजलाई रोजे, गत निर्वाचनमा समेत उनीहरले प्रदेश नम्बर २ को राजधानी वीरगंज बनाउने प्रण गरे तर आजको दिनमा धोका दिए, यदि मधेश र मधेशी जनतालाई कसैले घात गरेको छ भने राजेन्द्र र उपेन्द्रले दिएका छन्, राजनीतिक मधेशको गर्ने, दुनो आफ्नो सोझुयाउने ? उनीहरु नै हुन ।’

प्रतिक्रिया

6 कमेन्ट

    Comment Author

    Rajash Xunar

    Shai kura

    Comment Author

    Ganesh Sastri

    बल्ल चेतना भया

    Comment Author

    Rajesh Kumar

    ta jasto muji congres ko jhola boker hin??tero kaam xaen??

    Comment Author

    Tiljapun Magar

    कुरा सहि हो मधेसी जनताको नाम मा राजनीति गरेर आफ्न्त को लागी मात्रै भलो गर्ने हुन ति

    Comment Author

    Ghana Shyam Magar

    सत्य

    Comment Author

    Saroj Shakya

    गद्दारी रगतवाट जन्मेका कुकुर होस या मान्छे गद्दारनै हुन्छ,

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 6
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?