जनार्दन शर्मालाई कारवाही गर्ने माओवादीको तयारी

Shikharkhabar Shikharkhabar
|
मंगलबार, श्रावण २९, २०८१
|
|
३० पटक हेरिएको
Shares
जनार्दन शर्मालाई कारवाही गर्ने माओवादीको तयारी

सारांश

  • काठमाडौं।
  • प्रमुख प्रतिपक्षी दल नेकपा(माओवादी केन्द्र)को पदाधिकारी बैठकमा उपमहासचिव जनार्दन शर्माले नेतृत्व हस्तान्तरणको प्रस्ताव पेश गरेपछि उनीविरुद्ध नेताहरु परिचालित हुन सुरु भएको छ।
  • माओवादीको जारी पदाधिकारी बैठकमा उपमहासचिव शर्माले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेतृत्व हस्तान्तरण गर्नुपर्ने प्रस्ताव पेश गरेपछि प्रचण्ड पक्षधर नेताहरुले अघोषित रुपमा शर्माविरुद्ध गतिविधि गर्न थालेका हुन्।

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेकपा(माओवादी केन्द्र)को पदाधिकारी बैठकमा उपमहासचिव जनार्दन शर्माले नेतृत्व हस्तान्तरणको प्रस्ताव पेश गरेपछि उनीविरुद्ध नेताहरु परिचालित हुन सुरु भएको छ।

माओवादीको जारी पदाधिकारी बैठकमा उपमहासचिव शर्माले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेतृत्व हस्तान्तरण गर्नुपर्ने प्रस्ताव पेश गरेपछि प्रचण्ड पक्षधर नेताहरुले अघोषित रुपमा शर्माविरुद्ध गतिविधि गर्न थालेका हुन्।

स्रोतका अनुसार अध्यक्ष प्रचण्ड पक्षीय नेता पार्टी उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाले शर्मालाई कारबाही गरिने अघोषित रुपमा बताउँदै हिँडेका छन्।

उनले आफू निकटस्थहरुसँग उपमहासचिव शर्माले पार्टी नेतृत्वको विरुद्धमा लागेर अराजक हर्कत गरेकाले उनलाई पार्टीले कारबाही गर्न सक्ने संकेत दिलाएको स्रोतले बतायो।

शर्माले अराजकता प्रदर्शन गर्दै नेतृत्व विरोधी अनुशासनहीन क्रियाकलाप गरेकाले पार्टीले कारबाही गर्न सक्ने चेतावनीयुक्त अभिव्यक्ति दिँदै हिँडेको स्रोतको दाबी छ।

यस बारेमा प्रवक्ता सापकोटालाई डिसी नेपालले तपाईंले जनार्दनलाई कारबाही गरिने बताउँदै हिड्नु भएको हो? भन्ने प्रश्न गर्दा उनले ठाडै अस्वीकार गरे।

यसबारेमा आफूलाई केही जानकारी नभएको बताउँदै उनले त्यस्तो अभिव्यक्ति कहीँकतै नदिएको जिकिर गरे । उनले भने, ‘बिल्कुल झुटो हो। मैले त्यस्तो अभिव्यक्ति कहीँकतै दिएको छैन।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘निर्मला प्रकरणको सबै प्रमाण नष्ट भएको छैन, केही समय पर्खिनुस’ (भिडियोसहित)
‘निर्मला प्रकरणको सबै प्रमाण नष्ट भएको छैन, केही समय पर्खिनुस’ (भिडियोसहित)
ट्रक र बस आपसमा ठाेक्किदा  ११ जना घाइते
ट्रक र बस आपसमा ठाेक्किदा ११ जना घाइते
जस्ले जित्यो उहीँ फस्यो , किन हार्नलाई खेल्दैछन् बेल्जियम र इँग्ल्यान्ड ?
जस्ले जित्यो उहीँ फस्यो , किन हार्नलाई खेल्दैछन् बेल्जियम र इँग्ल्यान्ड ?
सुर्यराज आचार्य र मुमाराम खनालले किन छोडे साझा पार्टी ?
सुर्यराज आचार्य र मुमाराम खनालले किन छोडे साझा पार्टी ?
प्रविण थापाको निर्देशनमा नारायण खड्काको ‘हे भगवान’ बजारमा (भिडियोसहित)
प्रविण थापाको निर्देशनमा नारायण खड्काको ‘हे भगवान’ बजारमा (भिडियोसहित)
रुकुमको पछिल्लो मत परिणाम , माओवादीका जनार्दन शर्माको अवस्था !
रुकुमको पछिल्लो मत परिणाम , माओवादीका जनार्दन शर्माको अवस्था !
एटिएम प्रयोग गरी चोरी गर्ने बुल्गेरियन नागरिक पक्राउ
एटिएम प्रयोग गरी चोरी गर्ने बुल्गेरियन नागरिक पक्राउ
प्रधानमन्त्रीओली स्वीट्जरल्याण्ड प्रस्थान
प्रधानमन्त्रीओली स्वीट्जरल्याण्ड प्रस्थान
महासचिव घनश्याम भुसाललाई पितृशोक
महासचिव घनश्याम भुसाललाई पितृशोक
निर्मला पन्त, ओली, प्रचण्ड, देउवा र बादलकी छोरी भए के हुन्थ्यो ? : प्रकाण्ड
निर्मला पन्त, ओली, प्रचण्ड, देउवा र बादलकी छोरी भए के हुन्थ्यो ? : प्रकाण्ड

तपाईंले छुटाउनुभयो कि?