ओली-प्रचण्ड सम्बन्ध : माया बैगुनी, नभइ नहुनी

Shikharkhabar Shikharkhabar
|
आइतबार, भाद्र २३, २०८१
|
|
४३ पटक हेरिएको
Shares
ओली-प्रचण्ड सम्बन्ध : माया बैगुनी, नभइ नहुनी

सारांश

  • काठमाडौं।
  • तत्कालीन नेकपा अध्यक्ष केपी शर्मा ओलीले (२०७७ पुस ५ गते) प्रतिनिधिसभा विघटन गरेपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रहार गरेको वचन-वाण र ओलीले गरेको ‘काउण्टर अट्याक’ सुन्दा लाग्थ्यो- अब यिनीहरू जीवनपर्यन्त मिल्दैनन् ∕ हुन पनि नेकपा विभाजन भयो।
  • एमाले-माओवादी पुरानै अवस्थामा फर्किए।

काठमाडौं। तत्कालीन नेकपा अध्यक्ष केपी शर्मा ओलीले (२०७७ पुस ५ गते) प्रतिनिधिसभा विघटन गरेपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रहार गरेको वचन-वाण र ओलीले गरेको ‘काउण्टर अट्याक’ सुन्दा लाग्थ्यो- अब यिनीहरू जीवनपर्यन्त मिल्दैनन् ∕ हुन पनि नेकपा विभाजन भयो। एमाले-माओवादी पुरानै अवस्थामा फर्किए।

त्यसपछि दुई नेता मात्रै होइन दुवै दल लामै समय एक-अर्काविरुद्ध खनिए। गत चुनावमा माओवादीले कांग्रेससँग गठबन्धन गरेर चुनाव लड्यो। तर, राजनीति हो, सधैँ कहाँ उस्तै हुन्छ र? चुनावको नतिजापछि सतहमै देखिएको एमाले-माओवादीको सम्बन्धमा कुनै सुधार नहुँदै २०७९ पुस १० मा प्रचण्ड सुटुक्क ओलीनिवास बालकोट पुगे।

कांग्रेस सभापति शेरबहादुर देउवालाई कुनै सुइँकोसम्म नदिई ओली-प्रचण्ड मिलेर नयाँ सरकार बन्यो। अकास्मात जोडिएको सम्बन्ध लामो टिकेन। राष्ट्रपति चुनावसम्म आइपुग्दा फेरि माओवादी र एमाले दुई किनारमा पुगे । एक वर्षपछि प्रचण्डले ‘राजनीतिक उथलपुथल’ गरे।

एमाले-माओवादी सहकार्यको ढोका फेरि खुल्यो। तर, दुई दलको सहकार्य लामो भने गएन । गत जेठ १७ गते राति कांग्रेस-एमाले मिलेपछि ओलीको सत्तारोहण भयो, प्रचण्ड सत्ताच्युत भए। त्यसयता दुई दल र तिनका नेताहरू फेरि एक-अर्काविरुद्ध खनिन थालेका छन्।

तत्कालीन १० वर्षे ‘सशस्त्र युद्ध’को विषयलाई लिएर संसद्बाट सुरु भएको दुई दलको ‘वाकयुद्ध’ सार्वजनिक मञ्चमा समेत पोखिन थालेको छ। वाकयुद्ध नेता-कार्यकर्तामा मात्रै सीमित रहेन। दुई दलका अध्यक्ष नै एक-अर्काविरुद्ध खरो टिप्पणी गर्न थालेका छन्।

एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष प्रचण्डले एक-अर्काविरुद्ध तल्लो स्तरका टिप्पणी गर्न थालेका हुन्। बिहीबार माओवादी अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीको अभिव्यक्तिको जवाफी फाइरिङ गरे, त्यो पनि उनकै शैलीमा। प्रचण्डले ‘राउण्ड किक कस्तो हुन्छ, ओलीलाई देखाइदिने’ चेतावनीयुक्त जवाफ दिए। यसअघि एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले प्रचण्डलाई आफूले ‘राउण्ड किक हानेर लडाइदिएको’ अभिव्यक्ति दिएका थिए।

ओली-प्रचण्ड सम्बन्ध खासमा निकै रोचक छ। दुवैबीच समय र स्वार्थअनुसार निकै अस्थिर ‘लव हेट’को सम्बन्ध छ। तल्लो स्तरमा झरेर एक-अर्काविरुद्ध ‘तुच्छ टिप्पणी’ गर्न पछि नपर्ने दुवै नेताबीच थुप्रैपटक मीठो सहकार्य पनि भएको छ।

प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीले बुधबार पोलिब्युरो बैठक समापनमा माओवादी अध्यक्ष प्रचण्डप्रति आक्रोश पोखेका थिए। ओलीले प्रचण्डबाट धोका हुन लागेको थाहा पाएरै कांग्रेससँग सत्ता सहकार्य सुरु गरिएको बताएका थिए। उनले प्रचण्डलाई ‘एक किक दिएको’ बताएको एमालेका एक पोलिटब्युरो सदस्यले बताए।

‘प्रचण्डले छुरा तिखारेर बसेका थिए। तर, मैले एक राउण्ड किक दिएको हो’, प्रधानमन्त्री ओलीको भनाइ उद्धृत गर्दै उनले भने, ‘अहिले असन्तुलित भएर बोल्दै छन् ।’ प्रचण्डले अनेक नाममा धोकाको राजनीति गर्ने गरेको ओलीको भनाइ थियो । प्रचण्डले समाजवादी मोर्चा भनेर पनि धोकाकै राजनीति गर्न खोजिरहेको ओलीले बताउनुभएको थियो । ‘समाजवादी मोर्चाको प्रस्ताव प्रचण्डले गरेका थिए, तर मैले मानिनँ । किनकि त्यसको उद्देश्य सही थिएन’ ओलीको भनाइ थियो, ‘तपाईंहरू कतिपय अझै पनि वाम एकता भन्नुहुन्छ, सुन्दा प्रिय पनि लाग्छ । तर, त्यो मोर्चा धोकाको मोर्चा हो ।’

माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’ले एमाले अध्यक्ष ओलीको अभिव्यक्तिप्रति कटाक्ष गरेका छन्। ओलीले बुधबार पार्टी पोलिटब्युरो बैठकमा ठगी, बेइमानी र जालजेझ जोगाउन ‘प्रचण्डलाई राउण्ड किक हानेको’ अभिव्यक्ति दिएपछि बिहीबार प्रचण्डले उस्तै शैलीमा जवाफ फर्काएका हुन्।

प्रचण्डले पनि ‘अब जनताको राउण्ड किक कस्तो हुन्छ, ओलीले देख्ने’ भन्दै जवाफ फर्काएका हुन्। शहीदद्वय शेरमान कुँवर ‘विशाल’ र मोहनचन्द्र गौतम ‘कुमार’को स्मृतिमा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले प्रधानमन्त्रीमै बसेका नेताले ‘प्रचण्डलाई राउण्ड किक हानेको’ भनेर पनि बोलेको सुनेको भन्दै प्रचण्डले भने, ‘अब जनताको राउण्ड किक कस्तो हुन्छ, तिनले देख्नेछन्।’

प्रचण्डले शहीदकैै बलिदानका कारण प्राप्त उपलब्धि उपभोग गरेर बलिदानपूर्ण संघर्षमाथि नै धावा बोल्ने छुट कसैलाई नभएको बताए। जनयुद्धलाई ‘हिंसा’को रूपमा व्याख्या गरिएकोतर्फ इंगित गर्दै अध्यक्ष प्रचण्डले संविधानविपरीत बोल्ने नेताहरूको भण्डाफोर गर्नुपर्ने पनि बताए। उनले संविधान विपरीतका अभिव्यक्तिहरूको भण्डाफोर गर्न कार्यकर्तालाई आहृवान पनि गरे।

‘जनयुद्धलाई संविधानले सशस्त्र संघर्ष भनेको छ तर, संविधानको व्याख्यात्मक टिप्पणीमा स्पष्टसँगै सशस्त्र संघर्ष भनेर माओवादी जनयुद्धलाई बुझाउने छ भनेर लेखिएको छ, त्यसमा सबै दलहरूले हस्ताक्षर गरेका छन्। तर, अहिले कतिपय सत्तारूढ दलका नेताहरूले जनयुद्धलाई हिंसा, हत्या, आतंक थियो भन्ने दुस्साहस गर्ने गरेका छन्,’ प्रचण्डले भने, ‘संविधानविपरीत बोल्ने नेताहरूको भण्डाफोर गर्नुपर्छ । संविधानमा भएको यथार्थलाई जोडदार रूपमा जनतामा लैजानुपर्छ।’

 

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    businesstrick

    Every time I visit your website, I’m greeted with thought-provoking content and impeccable writing. You truly have a gift for articulating complex ideas in a clear and engaging manner.

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बजेटले आर्थिक क्षेत्रमा फड्को मार्न सक्दैन : डा वाग्ले
बजेटले आर्थिक क्षेत्रमा फड्को मार्न सक्दैन : डा वाग्ले
नेपाली युवालाई विदेशी सेनामा भर्ती हुनबाट रोक्ने बाम गठबन्धनको प्रस्ताव
नेपाली युवालाई विदेशी सेनामा भर्ती हुनबाट रोक्ने बाम गठबन्धनको प्रस्ताव
अञ्जन र अरुणा २०७८ सालका उत्कृष्ट खेलाडी, अन्य सात अवार्ड क-कसले जिते?
अञ्जन र अरुणा २०७८ सालका उत्कृष्ट खेलाडी, अन्य सात अवार्ड क-कसले जिते?
प्राप्त उपलब्धि रक्षामा प्रेसको भूमिका महत्वपूर्ण : उपमहासचिव गुरुङ
प्राप्त उपलब्धि रक्षामा प्रेसको भूमिका महत्वपूर्ण : उपमहासचिव गुरुङ
मदनकृष्ण र हरिवंश आफ्नै मूर्ति देखेर छक्क परे
मदनकृष्ण र हरिवंश आफ्नै मूर्ति देखेर छक्क परे
खाली भएका क्वारेन्टाइनबाट झन् खतरा
खाली भएका क्वारेन्टाइनबाट झन् खतरा
मानार्थ दर्जा दिएकामा खुशी छु : राष्ट्रकवि घिमिरे
मानार्थ दर्जा दिएकामा खुशी छु : राष्ट्रकवि घिमिरे
गण्डकी प्रदेशका सांसदलाई बाढियो सुनको लोगो, तर पहिले भन्दा ३३ गुणा महंगो
गण्डकी प्रदेशका सांसदलाई बाढियो सुनको लोगो, तर पहिले भन्दा ३३ गुणा महंगो
एउटै स्कुलमा पढेका साथीले सम्पत्तिको लोभमा छोरा अपहरण गरे
एउटै स्कुलमा पढेका साथीले सम्पत्तिको लोभमा छोरा अपहरण गरे
विमानस्थल अध्यामगन कर्मचारीलाई घुस खुवाएर भिजिट भिषामा ल्याएका २२ जना नेपाली अलपत्र !
विमानस्थल अध्यामगन कर्मचारीलाई घुस खुवाएर भिजिट भिषामा ल्याएका २२ जना नेपाली अलपत्र !