राष्ट्रिय एकतालाई मजबुद बनाउँछु : नवनिर्वाचित उपराष्ट्रपति यादव

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, चैत्र ३, २०७९
|
|
३६ पटक हेरिएको
Shares
राष्ट्रिय एकतालाई मजबुद बनाउँछु : नवनिर्वाचित उपराष्ट्रपति यादव

सारांश

  • काठमाडौँ ।
  • नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवले ंराष्ट्रिय एकतालाई मजबुद र प्रवद्र्धन गर्न इमान्दारितापूर्वक आफूले भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
  • उपराष्ट्रपतिमा निर्वाचित भएपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै उनले भने, “मुलुक समृद्धरुपमा अगाडि बढोस्, शान्तिप्रक्रिया निष्कर्षमा पुग्न बाँकी छ ।

काठमाडौँ । नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवले ंराष्ट्रिय एकतालाई मजबुद र प्रवद्र्धन गर्न इमान्दारितापूर्वक आफूले भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

उपराष्ट्रपतिमा निर्वाचित भएपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै उनले भने, “मुलुक समृद्धरुपमा अगाडि बढोस्, शान्तिप्रक्रिया निष्कर्षमा पुग्न बाँकी छ । शान्ति प्रक्रियालाई निष्कर्षमा पु¥याउनका लागि पनि मेरोतर्फबाट हुने प्रयास मैले इमान्दारिपूर्वक गर्नेछु ।”

यादव जनता समाजवादी पार्टीबाट उपराष्ट्रपतिको उम्मेदवार हुनुहुन्थ्यो । उहाँले सङ्घीय संसद्तर्फ एक सय ८४ र प्रदेशतर्फ तीन सय २९ मत (कूल ३० हजार तीन सय २८ मतभार) प्राप्त गरे । उनका प्रतिद्वन्द्वी नेकपा (एमाले)का अष्टलक्ष्मी शाक्य (बोहरा)ले सङ्घतर्फ एक सय चार र प्रदेशतर्फ एक सय ६९ (कूल १६ हजार ३२८ मतभार) प्राप्त गरे ।

नवनिर्वाचित उपराष्ट्रपति यादवलाई प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालले निर्वाचित भएको प्रमाणपत्र दिए । नवनिर्वाचित उपराष्ट्रपतिलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालगायतले बधाई दिएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विश्वकप फुटबल २०१८: म्याराडोना र रोनाल्डोलाइ लुकाकुकाे चुनाैति
पत्नीको विहे प्रेमीसँग गराउँदै छोरा पनि उपहारमा
पत्नीको विहे प्रेमीसँग गराउँदै छोरा पनि उपहारमा
‘बेनीको बजार, जता माया उतै छ नजर’ गीत नयाँ स्वरुपमा
‘बेनीको बजार, जता माया उतै छ नजर’ गीत नयाँ स्वरुपमा
सिरिया र इराकमा अमेरिकी सेनाले आक्रमण गर्न थाल्यो
सिरिया र इराकमा अमेरिकी सेनाले आक्रमण गर्न थाल्यो
एशियाकै तेस्रो ठूलो कम्युनिष्ट पार्टी
एशियाकै तेस्रो ठूलो कम्युनिष्ट पार्टी
उपमहासचिव शर्माको निर्मम् समीक्षा: ‘माओवादीमा जो-जति छन्, सबै असन्तुष्टि बोकेर बाँचेका छन्’
उपमहासचिव शर्माको निर्मम् समीक्षा: ‘माओवादीमा जो-जति छन्, सबै असन्तुष्टि बोकेर बाँचेका छन्’
चलचित्र  ‘बटरफ्लाई’को होली गीतमा प्रियंका र आर्यनको मस्ती
चलचित्र ‘बटरफ्लाई’को होली गीतमा प्रियंका र आर्यनको मस्ती
बा–आमालाई टेकाउने अनि भ्रष्टहरुलाई सेकाउने लौरो अभियान
बा–आमालाई टेकाउने अनि भ्रष्टहरुलाई सेकाउने लौरो अभियान
अन्तिममा आएका प्रतिस जिसीको आक्रामक ब्याटिङ, ओमानलाई २३० रनको लक्ष्य
अन्तिममा आएका प्रतिस जिसीको आक्रामक ब्याटिङ, ओमानलाई २३० रनको लक्ष्य
उद्यमी बनाउँदै राष्ट्र बैंक, सस्तो ब्याजमा ऋण दिइदै
उद्यमी बनाउँदै राष्ट्र बैंक, सस्तो ब्याजमा ऋण दिइदै

तपाईंले छुटाउनुभयो कि?