उपचार नपाउँदा खोरमै बन्धक

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, फाल्गुन ९, २०७६
|
|
२७ पटक हेरिएको
Shares
उपचार नपाउँदा खोरमै बन्धक

सारांश

  • काठमाडौँ, ९ फागुन ।
  • छेउमा कोही पुग्दा मुस्कुराउँछन्, बोली आउँदैन।
  • खुला ठाउँमा रमाउन खोज्छन्।

काठमाडौँ, ९ फागुन । छेउमा कोही पुग्दा मुस्कुराउँछन्, बोली आउँदैन। खुला ठाउँमा रमाउन खोज्छन्। पाउँदैनन्। १० वर्षीय जगतबहादुर राउतका लागि बाँसको भाटाले बनाइएको खोर नै संसार हो । उनी दिनभर त्यहीं थुनिन्छन्। राति निदाएपछि ओछ्यानमा लगेर सुताइन्छ।

उज्यालो नहुँदै खोरभित्र थुनिन्छन्। हजुरबारहजुरआमा उनलाई खोरमा थुनेर काममा लाग्छन्। फर्कंदा बालक कपडामा दिसापिसाब गरेर खेलाइरहेका हुन्छन्। अपांगता भएका मोरङ बेलबारी–२ का जगत टुक्रुक्क बस्न सक्दैनन्। वरपर घस्रिएर मात्रै पुग्न सक्छन्। खाना अर्कैले खुवाइदिनुपर्छ। स्मरणशक्ति कमजोर छ। ७० वर्षीय हजुरबुवा दिलबहादुर राउतले नाति जन्मिएको ६ महिनापछि दाहिने आँखा बन्द भएको जानकारी दिए। जगतको दाहिने खुट्टा र देब्रे हात पनि चल्दैनन्।

घस्रिएर जहाँ पनि जान थालेपछि खोरमा थुन्नुपरेको दिलबहादुरले बताए। उनी चटपटे बेचेर परिवार चलाउँछन्। हजुरआमा इन्द्रमाया सामान्य काम गर्छिन्। सुकुम्बासी रहेका दिलबहादुर र इन्द्रमाया ऐलानी जग्गामा टहरो बनाएर बसेका छन्। टहरो स्थानीय बासिन्दाले बनाइदिएका हुन्। पानी खाने कल नारी विकास नामक संस्थाले गाडिदिएको छ। (अन्नपूर्ण दैनिकबाट)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राखी सावन्तले आफूले बिहे गरेको पुष्टि गर्दै प्रेमकथा सुनाइन्, को हुन् उनका पति ?
राखी सावन्तले आफूले बिहे गरेको पुष्टि गर्दै प्रेमकथा सुनाइन्, को हुन् उनका पति ?
तिला गापाका दुई बस्ती छाउगोठ मुक्त
तिला गापाका दुई बस्ती छाउगोठ मुक्त
सम्बन्ध विच्छेद गर्न १५ हजार जोडी काठमाडौं जिल्ला अदालतमा
सम्बन्ध विच्छेद गर्न १५ हजार जोडी काठमाडौं जिल्ला अदालतमा
विद्यार्थीलाई पार्टीको झण्डा बोकाउनुहुन्न: मन्त्री धिमिरे
विद्यार्थीलाई पार्टीको झण्डा बोकाउनुहुन्न: मन्त्री धिमिरे
मन्त्री योगेश भट्टराईलाई हटाउन लागि पर्ने को को हुन् ?
मन्त्री योगेश भट्टराईलाई हटाउन लागि पर्ने को को हुन् ?
एसईईको नतिजा सार्वजनिक
एसईईको नतिजा सार्वजनिक
मध्यरातसम्म उम्मेदवारी मनाेनयन दर्ता, रुपन्देहीमा ४ हजार ७ सय ३२ जनाकाे मनाेनयन
मध्यरातसम्म उम्मेदवारी मनाेनयन दर्ता, रुपन्देहीमा ४ हजार ७ सय ३२ जनाकाे मनाेनयन
सन्दीपद्वारा त्रिदेशीय ट्वान्टी–२० शृङ्खला नखेल्ने घोषणा
सन्दीपद्वारा त्रिदेशीय ट्वान्टी–२० शृङ्खला नखेल्ने घोषणा
माओवादी उम्मेदवारलाई आक्रमण गर्ने विप्लव कार्यकर्तालाई कांग्रेसको संरक्षणः प्रचण्ड
माओवादी उम्मेदवारलाई आक्रमण गर्ने विप्लव कार्यकर्तालाई कांग्रेसको संरक्षणः प्रचण्ड
बारा र पर्साका हावाहुरी पीडितको सारथी बन्दै युवा संघ
बारा र पर्साका हावाहुरी पीडितको सारथी बन्दै युवा संघ

तपाईंले छुटाउनुभयो कि?