द्वन्द्वले युक्रेनमा १५० अर्ब डलरको क्षति

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आश्विन १८, २०८०
|
|
२४ पटक हेरिएको
Shares
द्वन्द्वले युक्रेनमा १५० अर्ब डलरको क्षति

सारांश

  • किएभ ।
  • जारी रुस–युक्रेन द्वन्द्वले यस वर्षको सेप्टेम्बरसम्ममा युक्रेनको पूर्वाधारमा एक सय ५१ अर्ब २० करोड अमेरिकी डलरबराबरको प्रत्यक्ष क्षति पुगेको इन्टरफ्याक्स–युक्रेन समाचार समितिले जनाएको छ ।
  • किएभ स्कुल अफ इकोनमिक्सको अध्ययनअनुसार द्वन्द्वले सबैभन्दा बढी आवास क्षेत्र प्रभावित भएको छ ।

किएभ । जारी रुस–युक्रेन द्वन्द्वले यस वर्षको सेप्टेम्बरसम्ममा युक्रेनको पूर्वाधारमा एक सय ५१ अर्ब २० करोड अमेरिकी डलरबराबरको प्रत्यक्ष क्षति पुगेको इन्टरफ्याक्स–युक्रेन समाचार समितिले जनाएको छ ।

किएभ स्कुल अफ इकोनमिक्सको अध्ययनअनुसार द्वन्द्वले सबैभन्दा बढी आवास क्षेत्र प्रभावित भएको छ । युद्धका कारण करिब एक लाख ६७ हजार दुई सय निजी घर, अपार्टमेन्ट भवन र छात्रावासहरू नष्ट वा क्षतिग्रस्त भएका छन् ।

त्यसैगरी दुई मुलुकबीच द्वन्द्व सुरु भएयता युक्रेनमा १८ वटा विमानस्थल र सिभिल एयरफिल्डका साथै तीन सय ४४ पुल र ओभरपास क्षतिग्रस्त भएका छन् भने कम्तीमा चार सय २६ ठूला र मध्यम आकारका उद्यमहरू प्रभावित भएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?