सिंगो स्थानीय सरकारमा एक दल !

Shikharkhabar Shikharkhabar
|
मंगलबार, जेठ ३, २०७९
|
|
२९ पटक हेरिएको
Shares
सिंगो स्थानीय सरकारमा एक दल !

सारांश

  • काठमाडौं।
  • स्थानीय तह निर्वाचनको रोचक परिणाम आउँदै छ।
  • हालसम्म तीन स्थानीय तहमा एक दलका उम्मेदवारहरू मात्र निर्वाचित भएका छन् ।

काठमाडौं। स्थानीय तह निर्वाचनको रोचक परिणाम आउँदै छ। हालसम्म तीन स्थानीय तहमा एक दलका उम्मेदवारहरू मात्र निर्वाचित भएका छन् । अन्य दलको स्थिति शून्य छ । अर्थात् एक दलले अन्य दललाई ‘क्लीन स्वीप’ गरिदिएकाे छ।

ती स्थानीय तहहरू हुन्, निस्दी र पूर्वखोला गाउँपालिका तथा भक्तपुर नगरपालिका। नेकपा एमालेले निस्दी र पूर्वखोला गाउँपालिकामा सत्ता गठबन्धनलाई पराजित गर्दै दुवै गाउँपालिकामा ‘क्लीन स्वीप’ गरेको हो।

पूर्वखोलाको अध्यक्षमा एमालेका नुनबहादुर थापा र उपाध्यक्षमा एमालेकै भागिरथि शर्मा ‘भट्टराई’ निर्वाचित भए भने ६ वटै अध्यक्षमा एमालेकै उम्मेदवारहरू प्यानलसहित निर्वाचित भए। निस्दीमा पनि एमालेकै मुक्तबहादुर सारु अध्यक्ष तथा तिरनकुमारी श्रेष्ठ उपाध्यक्षमा निर्वाचित हुँदा गाउँपालिकाको सातै वडामा एमालेकै उम्मेदवारहरू प्यानलसहित निर्वाचित भएका हुन्।

गठबन्धन दलका उम्मेदवारहरूको घेराबन्दी तोडेर एमाले उम्मेदवारहरूले दुवै गाउँपालिकामा जितेका हुन्। एमालेले अघिल्लो पटक देशका धेरै स्थानीय तहमा ‘क्लीन स्वीप’ गरेको थियो । प्रदेश १ को धनकुटाको सबै स्थानीय तहमा ‘क्लीन स्वीप’ गरेको थियो।

माओवादीले पनि रुकुम र रोल्पामा क्लीन स्वीप गरेको थियो। तर, यस पटक माओवादीले कहीँ पनि त्यसरी जित निकाल्न सकेको छैन। संसद्‍मा एक सिट रहेको नेपाल मजुदर किसान पार्टीले भने भक्तपुर नगरपालिकामा यस पटक पनि क्लीन स्वीप गरेको छ।

त्यहाँको नगर प्रमुखमा सुनिल प्रजापति र उपप्रमुखमा रजनी जोशीसँगै १० वटै वडामा उक्त पार्टीका सबै उम्मेदवारले फराकिलो मतान्तरसहित कांग्रेस, एमाले, माओवादीलगायत उम्मेदारहरूलाई पराजित गरेका हुन्। अघिल्लो पटक पनि त्यहाँ उक्त पार्टीले क्लीन स्वीप गरेको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दसैं सुरक्षाका लागि प्रहरीको २४सै घण्टा २७ वटा क्विक रेस्पोन्स टिम परिचालन
दसैं सुरक्षाका लागि प्रहरीको २४सै घण्टा २७ वटा क्विक रेस्पोन्स टिम परिचालन
कपिल शर्माको ट्विटमा विवाहको कार्ड
कपिल शर्माको ट्विटमा विवाहको कार्ड
अमेरिकि क्यालेन्डरमा नेपाली सुन्दरीकाे तस्बिर
अमेरिकि क्यालेन्डरमा नेपाली सुन्दरीकाे तस्बिर
‘इपिजीको प्रतिवेदन दुवै मुलुकका लागि सकारात्मक हुन्छ’
‘इपिजीको प्रतिवेदन दुवै मुलुकका लागि सकारात्मक हुन्छ’
हिमालयन बैंकले गर्याे तीन अर्व रकम हिनामिना, बैंकबिरुद्ध तीन अर्व बिगो दाबी
हिमालयन बैंकले गर्याे तीन अर्व रकम हिनामिना, बैंकबिरुद्ध तीन अर्व बिगो दाबी
प्रतिबन्ध गरिएको भारतीय नोट किन राख्छन्! १५ लाखसहित ६ जना पक्राउ
प्रतिबन्ध गरिएको भारतीय नोट किन राख्छन्! १५ लाखसहित ६ जना पक्राउ
Marital life Dating Site
गार्मेन्ट प्रोसेसिङ जोनमा उद्योगीहरु आकर्षित हुन सकेनन्
गार्मेन्ट प्रोसेसिङ जोनमा उद्योगीहरु आकर्षित हुन सकेनन्
भोलिदेखि नै लागू हुने गरी निजी सवारीसाधन जोरबिजोरको आधारमा सञ्चालन गर्न दिने  
भोलिदेखि नै लागू हुने गरी निजी सवारीसाधन जोरबिजोरको आधारमा सञ्चालन गर्न दिने  
वर्तमान सरकार सबै नेपालीको हुन सकेन – पूर्वमन्त्री बडूको आरोप
वर्तमान सरकार सबै नेपालीको हुन सकेन – पूर्वमन्त्री बडूको आरोप

तपाईंले छुटाउनुभयो कि?