भवन शिलान्यास

Shikharkhabar Shikharkhabar
|
बुधबार, फाल्गुन २२, २०७५
|
|
४६ पटक हेरिएको
Shares
भवन शिलान्यास

सारांश

  • खोटाङ, २२ फागुन , शहीद दिलकाजी, ठूलकुमार स्मृति प्रतिष्ठानको भवन शिलान्यास गरिएको छ ।
  • दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल भवनगैरामा निर्माण गर्न लागिएको भवन मङ्गलबार दिलकाजीकी आमा जयन्तादेवी कार्की, ठूलकुमारकी श्रीमती शान्ता श्रेष्ठ र प्रदेशसभा सदस्य रामकुमार राई ‘पासाङ’ले एकैसाथ शिलान्यास गर्नुभएको हो ।
  • साविकको नेकपा (माओवादी केन्द्र)को पार्टी कार्यालय रहेको स्थानमा प्रतिष्ठानको नाममा रहेको छ आना जग्गामा भवन बन्ने प्रतिष्ठानका अध्यक्ष सुरेश राईले बताउनुभयो ।

खोटाङ, २२ फागुन , शहीद दिलकाजी, ठूलकुमार स्मृति प्रतिष्ठानको भवन शिलान्यास गरिएको छ ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल भवनगैरामा निर्माण गर्न लागिएको भवन मङ्गलबार दिलकाजीकी आमा जयन्तादेवी कार्की, ठूलकुमारकी श्रीमती शान्ता श्रेष्ठ र प्रदेशसभा सदस्य रामकुमार राई ‘पासाङ’ले एकैसाथ शिलान्यास गर्नुभएको हो ।

साविकको नेकपा (माओवादी केन्द्र)को पार्टी कार्यालय रहेको स्थानमा प्रतिष्ठानको नाममा रहेको छ आना जग्गामा भवन बन्ने प्रतिष्ठानका अध्यक्ष सुरेश राईले बताउनुभयो । भवन निर्माणका लागि प्रदेश सरकारबाट रु २० लाख बजेट विनियोजन गरिएको छ ।

तत्कालीन माओवादीका क्षेत्रीय ब्यूरो सदस्य दिलकाजी र उहाँकी श्रीमती इन्दिरा कार्कीलाई २०५९ असार ३१ गते सिम्पानीबाट नेपाली सेनाले गिरफ्तार गरी एकैदिन टुवाखोलामा र जिल्ला सदस्य ठुलकुमार श्रेष्ठलाई पार्टीको कामको सिलसिलामा २०५५ पुस २७ गते उदयपुरको तावाश्रीमा गोली हानी हत्या गरिएको थियो । प्रतिष्ठानले शहीद सप्ताह समापन समारोहको अवसरमा सो भवन शिलान्यास गरेको हो ।

माझीको जिल्ला अधिवेशन शुरु

माझी समुदायको प्रमुख चाड कोशी पूजा तथा प्रथम जिल्ला अधिवेशन लामीडाँडामा शुरु भएको छ । जिल्लाभरका माझी समुदाय लामीडाँडाको रभुँवाघाटस्थित दूधकोशीमा भेला भएर कोशी पूजा गर्दै अधिवेशनमा सहभागी भएका छन् ।

जिल्लाकै सबैभन्दा बढी माझी समुदायको बसोबास रहेको रभुँवाघाटमा मङ्गलबार आयोजित कार्यक्रम प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले उद्घाटन गर्नुभयो । माझी समुदायको सांस्कृतिक झाँकीसहित आयोजना गरिएको पूजा तथा अधिवेशनमा जिल्ला समन्वय समितिका प्रमुख बबि चाम्लिङ, रावा बेँसी गाउँपालिकाका प्रमुख लिलानाथ निरौला, नेपाली काङ्ग्रेसका युवा नेता सुवासकुमार पोखरेल, पत्रकारलगायतको उपस्थिति थियो ।

अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने आयोजक समितिका उपाध्यक्ष उमेश माझीले बताउनुभयो । २०६८ सालको जनगणनाअनुसार खोटाङमा ९८० जना माझी समुदाय रहेको तथ्याङ्क छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नारायणकाजी भन्छन् – सरकारको नीति तथा कार्यक्रम समाजवादोन्मुख
नारायणकाजी भन्छन् – सरकारको नीति तथा कार्यक्रम समाजवादोन्मुख
यूएईमाथि नेपालको १४५ रनको फराकिलो जित
यूएईमाथि नेपालको १४५ रनको फराकिलो जित
पशु चौपायाको मृत्यु
पशु चौपायाको मृत्यु
कोरोनाको उपचारपछि निको हुनेको संख्यामा वृद्धि
कोरोनाको उपचारपछि निको हुनेको संख्यामा वृद्धि
इमरान खान र तत्कालीन विदेशमन्त्री शाह महमूद कुरैशीलाई १०-१० वर्षको जेल सजायको फैसला
इमरान खान र तत्कालीन विदेशमन्त्री शाह महमूद कुरैशीलाई १०-१० वर्षको जेल सजायको फैसला
नक्कली कागजात बनाएको आरोपमा क्यारेभियन नागरिक पक्राउ
नक्कली कागजात बनाएको आरोपमा क्यारेभियन नागरिक पक्राउ
सेफहरुको विश्वव्यापी जर्मन सेमिनारमा युएईबाट नेपाली युवा थापाको सहभागिता
सेफहरुको विश्वव्यापी जर्मन सेमिनारमा युएईबाट नेपाली युवा थापाको सहभागिता
गोविन्द केसीका कारण टिचिङको ४१ करोड आम्दानी गुम्यो, हाडजोर्नी विभागकै बेहाल
गोविन्द केसीका कारण टिचिङको ४१ करोड आम्दानी गुम्यो, हाडजोर्नी विभागकै बेहाल
जिल्ला निर्वाचन कार्यालय खारेजीको प्रस्तावप्रति आयोगको ध्यानाकर्षण
जिल्ला निर्वाचन कार्यालय खारेजीको प्रस्तावप्रति आयोगको ध्यानाकर्षण
जेठ ३० गते बुधबारको वैदिक राशिफल। तपाईंको दिन शुभ रहोस् ।
जेठ ३० गते बुधबारको वैदिक राशिफल। तपाईंको दिन शुभ रहोस् ।