उपत्यकामा ६०० स्थानमा जेब्रा क्रसिङ राखिने

Shikharkhabar Shikharkhabar
|
सोमबार, आषाढ १९, २०७४
|
|
२६ पटक हेरिएको
Shares
उपत्यकामा ६०० स्थानमा जेब्रा क्रसिङ राखिने

सारांश

  • काठमाडौँ ।
  • काठमाडौँ महानगरपालिका, समन्वय तथा अनुगमन समितिको बैठकले आगामी १५ दिनभित्र राजधानीवासीलाई महसुस हुने गरी दिगो प्रभाव पर्ने कामको थालनी गर्ने बताएको छ ।
  • कामपा प्रमुख विद्यासुन्दर शाक्यले नागरिकले तत्काल महसुस गर्ने र दिगो प्रभाव पर्ने कामको थालनी गर्न आवश्यक रहेको बताए ।

काठमाडौँ । काठमाडौँ महानगरपालिका, समन्वय तथा अनुगमन समितिको बैठकले आगामी १५ दिनभित्र राजधानीवासीलाई महसुस हुने गरी दिगो प्रभाव पर्ने कामको थालनी गर्ने बताएको छ ।

कामपा प्रमुख विद्यासुन्दर शाक्यले नागरिकले तत्काल महसुस गर्ने र दिगो प्रभाव पर्ने कामको थालनी गर्न आवश्यक रहेको बताए । आइतबार बसेको बैठकमा कामपाका कार्यकारी अधिकृत ईश्वरराज पौडेलले महानगरीय ट्राफिक प्रहरीको समन्वयमा काठमाडौँका करिब ६०० स्थानमा जेब्रा क्रसिङ राख्ने स्थान पहिचान गरिएको छ ।

पार्किङ व्यवस्थापन गर्न निर्मित समितिले पार्किङको सम्भावनाका विषयमा प्रतिवेदन बुझाइसकेको छ । प्रदूषण जाँच गर्न उपकरण थप गर्ने तयारी भएको छ ।

बैठकमा सडक मर्मत तथा धुलोरहित बनाउने, यातायात क्षेत्रका नियमन तथा व्यवस्थापन गर्न ओभर हेड, फ्लाई ओभर ब्रिज तथा अन्डर पासिङ बनाउने, पार्किङ व्यवस्थापन, ट्राफिक लाइटलगायत विषयमा छलफल गरिएको थियो ।
काठमाडौं उपत्यका खानेपानी लि, आयोजना कार्यान्वयन निर्देशनालयका प्रमुख तिरेशप्रसाद खत्रीले यही असार मसान्तभित्र चाबहिलदेखि चुच्चेपाटीसम्मको धुलो र ढलका समस्या समाधान गरिसकिने बताए ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी नायब महानिरीक्षक मिङ्मार लामाले सडक सङ्केत र सवारी अडिने ठाउँको वैज्ञानिक व्यवस्थापन गर्न आग्रह गरे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

युक्रेन द्वन्द्व सुरुभएयता पहिलो पटक अमेरिका र रुसी रक्षा प्रमुखबीच फोनवार्ता
युक्रेन द्वन्द्व सुरुभएयता पहिलो पटक अमेरिका र रुसी रक्षा प्रमुखबीच फोनवार्ता
‘घर दैलोमा सेवा, सुशासनमा टेवा’ अभियान शुरू
‘घर दैलोमा सेवा, सुशासनमा टेवा’ अभियान शुरू
सफल होला त अनमोल र नीतिको जोडी
सफल होला त अनमोल र नीतिको जोडी
अमेरिकामा आज कोरोना भाइरसविरुद्ध परीक्षण खोप लगाइँदै
अमेरिकामा आज कोरोना भाइरसविरुद्ध परीक्षण खोप लगाइँदै
ट्याक्टर दुर्घटनामा दुईको मृत्यु
ट्याक्टर दुर्घटनामा दुईको मृत्यु
गोली लागेको दुई महिनापछि स्लोभाक प्रधानमन्त्री काममा फिर्ता
गोली लागेको दुई महिनापछि स्लोभाक प्रधानमन्त्री काममा फिर्ता
नेपाली राष्ट्र भाषा प्रति विदेशी बुद्धिजीवीको चिन्ता
नेपाली राष्ट्र भाषा प्रति विदेशी बुद्धिजीवीको चिन्ता
संजय दत्तले फोटोग्राफरलाई अश्लील गालिगरेकाे भिडियाे सामाजिक संजालमा भाइरल (भिडियोसहित)
संजय दत्तले फोटोग्राफरलाई अश्लील गालिगरेकाे भिडियाे सामाजिक संजालमा भाइरल (भिडियोसहित)
टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु, एक घाइते
टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु, एक घाइते
‘म मर्न गइरहेको छु, कृपया म कुनै केटीको लागि मरेको भनेर नसोच्नु’ ! (सुसाइड नाेट)
‘म मर्न गइरहेको छु, कृपया म कुनै केटीको लागि मरेको भनेर नसोच्नु’ ! (सुसाइड नाेट)

तपाईंले छुटाउनुभयो कि?