कता हराए नेपाल भारतका आधा सीमास्तम्भ ?

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, पौष २८, २०७४
|
|
२१ पटक हेरिएको
Shares
कता हराए नेपाल भारतका आधा सीमास्तम्भ ?

सारांश

  • काठमाडौं, २८ पुस ।
  • नेपाल र भारत दुई देशलाई छुट्टयाउने सीमास्तम्भमध्ये आधाजसो गायब भएका छन् ।
  • सिमाना सुरक्षामा खटिएका दुवै देशका सुरक्षा अधिकारीहरूको सहभागितामा नेपाल र भारतको संयुक्त प्राविधिक टोलीले सीमा सर्वेक्षण सुरु गर्दा ५० प्रतिशत सीमा स्तम्भहरू हराएको पाइएको समाचारलाई अन्नपूर्ण पोस्टले प्रकाशित गरेको ।

काठमाडौं, २८ पुस । नेपाल र भारत दुई देशलाई छुट्टयाउने सीमास्तम्भमध्ये आधाजसो गायब भएका छन् । सिमाना सुरक्षामा खटिएका दुवै देशका सुरक्षा अधिकारीहरूको सहभागितामा नेपाल र भारतको संयुक्त प्राविधिक टोलीले सीमा सर्वेक्षण सुरु गर्दा ५० प्रतिशत सीमा स्तम्भहरू हराएको पाइएको समाचारलाई अन्नपूर्ण पोस्टले प्रकाशित गरेको ।

सर्वेक्षणको प्रारम्भिक अनुगमनका क्रममा सिमानामा रहेका पिलरमध्ये ३० प्रतिशत मात्र काम लाग्ने अवस्थामा रहेको पाइएको छ । सप्तरीको कोशी नदीदेखि रौतहटसम्म दुई हजार दुई सय ७० वटा ठूला, साना र मझौला पिलर गाडिएका थिए ।

तर सर्वेक्षणका क्रममा ५० प्रतिशत पिलर नभेटिएको र २० प्रतिशत जीर्ण रहेको नापी विभाग काठमाडौंका सर्वेक्षक रञ्जन ढुंगानाले जानकारी दिए । सप्तरीदेखि धनुषासम्म गाडिएका १५ सय २९ पिलरमध्ये जंगी, प्रमुख, मझौला, साना, सवसिडरी र आइरन पिलर छन् ।

सर्वेक्षणमा जंगे पिलर १० देखि १५ वटासम्म मात्र भेटिएका छन् । सीमामा रहेको दशगजा क्षेत्रमा मुसहर तथा विभिन्न जातिको बसोबास भएपछि पिलरहरू भाँचिएको र कतिपय उपयोगविहीन भएको भारतको तर्फबाट नापी विभागका सर्वेक्षक धनसिंह अश्वालले बताए ।

कतिपय पिलरहरू नदीमा आएको बाढीले बगाउँदा बालुवा–माटोले पुरिएको र कतिपय पिलर मानिसले उखेलेर फालिदिएको कारण पिलरहरू पुनर्निर्माण गर्नुपर्ने देखिएको छ । अब “सब्सिडरी पिलर” बनाइने छ । यो पिलर २।४ मिटरको हुनेछ । यसको आधा भाग जमिनमुनि गाडिने छ । सीमा सर्वेक्षणका लागि मेचीदेखि महाकालीसम्म छुट्टाछुट्टै चारवटा टोली खटिएका छन् ।

पुस १० गतेबाट सप्तरीदेखि चितवनसम्मको सर्वेक्षण थालिएको टोली नम्बर २ ले कोशी नदीको २ सय ११ नम्बरको प्रमुख पिलरदेखि सुरु गरेको सर्वेक्षण चितवनको ३ सय ५६ नम्बरको पिलर सम्म सर्वेक्षण गर्ने जिम्मेवारी पाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?