एमाले–माओवादीबीच ३२ जिल्लाका सिट बाँडफाँट, एमालेलाई ५७, माओवादीलाई ४३ सिट (सूचीसहित)

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, कार्तिक ३, २०७४
|
|
५४ पटक हेरिएको
Shares
एमाले–माओवादीबीच ३२ जिल्लाका सिट बाँडफाँट, एमालेलाई ५७, माओवादीलाई ४३ सिट (सूचीसहित)

सारांश

  • आसन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा तालमेल गर्ने सहमति गरेका एमाले र माओवादी केन्द्रले पहिलो चरणमा निर्वाचन हुने ३२ जिल्लाको सिट बाँडफाँट भएको छ ।
  • लामो रस्साकस्सी पछि दुई दल सम्मिलित कार्यदलले बिहीबार अबेर राति प्रदेशसभा र प्रतिनिधिसभाअन्तर्गत पहिलो चरणमा हुने निर्वाचनको क्षेत्र बाँडफाँड गरेका हुन् ।
  • दुई दलबीच ६० र ४० को भागबन्डा गर्ने सैद्धान्तिक सहमति भए पनि पहिलो चरणको निर्वाचन हुने ३२ जिल्लामध्ये एमालेले ५७ र माओवादीले ४३ प्रतिशत सिट बाँडफाँट गरेका छन् ।

आसन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा तालमेल गर्ने सहमति गरेका एमाले र माओवादी केन्द्रले पहिलो चरणमा निर्वाचन हुने ३२ जिल्लाको सिट बाँडफाँट भएको छ ।

लामो रस्साकस्सी पछि दुई दल सम्मिलित कार्यदलले बिहीबार अबेर राति प्रदेशसभा र प्रतिनिधिसभाअन्तर्गत पहिलो चरणमा हुने निर्वाचनको क्षेत्र बाँडफाँड गरेका हुन् ।

दुई दलबीच ६० र ४० को भागबन्डा गर्ने सैद्धान्तिक सहमति भए पनि पहिलो चरणको निर्वाचन हुने ३२ जिल्लामध्ये एमालेले ५७ र माओवादीले ४३ प्रतिशत सिट बाँडफाँट गरेका छन् । दुई दलको कार्यदलले तयार पारेको प्रतिनिधिसभा र प्रदेशसभाको सिट बाँडफाँटलाई पार्टी एकता संयोजन समितिले टुंगो लगाएको छ ।

पहिलो चरणमा निर्वाचन हुने ३२ जिल्लाका ३७ निर्वाचन क्षेत्रमध्ये एमाले ताप्लेजुङ, पाँचथर, खोटाङ, ओखलढुंगा, संखुवासभा, दोलखा, सिन्धुपाल्चोक–२, रसुवा, धादिङ–१ धादिङ–२, नुवाकोट–२, म्याग्दी, बाग्लुङ–१, मनाङ, मुस्ताङ, डोल्पा, मुगु, बझाङ, बाजुरा, बैतडी, दार्चुला पाएको छ ।

त्यस्तै, माओवादी केन्द्रले सिन्धुपाल्चोक–१, रामेछाप, सोलुखुम्बु, भोजपुर, नुवाकोट–१, लम्जुङ, गोरखा–१ र २, रोल्पा, रुकुम पूर्व पश्चिम दुवै, बाग्लुङ–२, जुम्ला, कालिकोट, हुम्ला र जाजरकोट पाएको छ ।

कार्यदलमा सिन्धुपाल्चोक, रामेछाप, धादिङ लगायतको सिट बाँडफाँटमा सकस देखिएको थियो । सिन्धुपाल्चोक १ माओवादीले लिएको छ भने २ एमालेको भागमा परेको छ । गोरखाको दुबै क्षेत्रसँगै रामेछाप माओवादीले लिँदा धादिङको दुवै क्षेत्र एमालेले लिएको छ ।

नुवाकोट १ माओवादी र २ एमालेको भागमा परेको छ भने बाग्लुङ १ एमाले र २ माओवादीले लिएको छ । आजै उम्मेदवारहरूलाई मनोनयन दर्ताका लागि पत्र हस्तान्तरण गरिने माओवादी नेता एवं कार्यदल सदस्य वर्षमान पुनले जानकारी दिए ।

यस्तो छ निर्वाचन क्षेत्र वितरणको सूची
एमाले पाएका जिल्ला
ताप्लेजुङ
पाँचथर
खोटाङ
ओखलढुंगा
संखुवासभा
दोलखा
सिन्धुपाल्चोक–२
रसुवा
धादिङ–१
धादिङ–२
नुवाकोट–२
म्याग्दी
बाग्लुङ–१
मनाङ
मुस्ताङ
डोल्पा
मुगु
बझाङ
बाजुरा
बैतडी
दार्चुला
माओवादी केन्द्रले पाएका जिल्ला
सिन्धुपाल्चोक–१
रामेछाप
सोलुखुम्बु
भोजपुर
नुवाकोट–१
लम्जुङ
गोरखा–१ र २
रोल्पा
रुकुम पूर्व–पश्चिम दुवै
बाग्लुङ–२
जुम्ला
कालिकोट
हुम्ला
जाजरकोट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्र विकासका लागि हातेमालो गरेर अघि बढ्न प्रमको आह्वान-2
राष्ट्र विकासका लागि हातेमालो गरेर अघि बढ्न प्रमको आह्वान-2
अपराधका अगाडि सरकार निरीह, फाष्ट ट्रयाक फैसलाको स्वागत
अपराधका अगाडि सरकार निरीह, फाष्ट ट्रयाक फैसलाको स्वागत
टिकटक डाउनलोड गर्न रोक लगाउने ट्रम्पको आदेश रोकियो
देउवाले धान रोप्दै भने:  फेरि एक नम्बर पार्टी बनाउँछु
देउवाले धान रोप्दै भने: फेरि एक नम्बर पार्टी बनाउँछु
जापानमा कोरोना भाइरसको संक्रमणबाट ५ जनाको मृत्यु, ८७० बढी संक्रमित
जापानमा कोरोना भाइरसको संक्रमणबाट ५ जनाको मृत्यु, ८७० बढी संक्रमित
मुस्ताङमा तीनै क्षेत्रमा वामका उम्मेदवार विजयी
मुस्ताङमा तीनै क्षेत्रमा वामका उम्मेदवार विजयी
कस्तो अचम्म ! शारदा नगरपालिका किरा समात्दै गाउँगाउँमा, १ किलो किराको ५० रुपैयाँ
कस्तो अचम्म ! शारदा नगरपालिका किरा समात्दै गाउँगाउँमा, १ किलो किराको ५० रुपैयाँ
वास्तविक उमेरभन्दा ४० वर्ष कान्छी देखिन्छिन् यी महिला, के होला रहस्य ?
वास्तविक उमेरभन्दा ४० वर्ष कान्छी देखिन्छिन् यी महिला, के होला रहस्य ?
कृषि विकास : इजरायलबाट केहि सिक्ने हो कि ?
कृषि विकास : इजरायलबाट केहि सिक्ने हो कि ?
त्यसपछि बिकमान फर्किएर फेरि कहिल्यै चर्च गएनन्…
त्यसपछि बिकमान फर्किएर फेरि कहिल्यै चर्च गएनन्…