उपनिर्वाचन : त्रिपुरासुन्दरी–५ मा माओवादी केन्द्रका झाँक्री विजयी

Shikharkhabar Shikharkhabar
|
सोमबार, मंसिर १७, २०८१
|
|
३५ पटक हेरिएको
Shares
उपनिर्वाचन : त्रिपुरासुन्दरी–५ मा माओवादी केन्द्रका झाँक्री विजयी

सारांश

  • ठूलीभेरी।
  • डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका-५ को वडाध्यक्षमा नेकपा (माओवादी केन्द्र) का नरबहादुर झाँक्री विजयी भएका छन्।
  • आइतबार भएको निर्वाचनमा उनी एक सय ६१ मत प्राप्त गर्दै वडाध्यक्षमा निर्वाचित भएका हुन्।

ठूलीभेरी। डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका-५ को वडाध्यक्षमा नेकपा (माओवादी केन्द्र) का नरबहादुर झाँक्री विजयी भएका छन्। आइतबार भएको निर्वाचनमा उनी एक सय ६१ मत प्राप्त गर्दै वडाध्यक्षमा निर्वाचित भएका हुन्।

विजयी झाँक्रीका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का नरबहादुर रोकाले एक सय १६ मत प्राप्त गरेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। यस्तै, नेपाली कांग्रेसका राजेन्द्रप्रसाद न्यौपानेले २१ मत प्राप्त गरे।

विसं २०७९ मा भएको स्थानीय तहको निर्वाचनमा एमालेबाट वडाध्यक्षमा निर्वाचित नन्दलाल रोकाको दमका कारण २०८० माघमा निधन भएको थियो। त्यतिबेला उनले माओवादी केन्द्रका जङ्गबहादुर रोकायलाई पराजित गरेका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?