देउवाले अलमल गरेपछि प्रधानमन्त्रीका लागि प्रकाशमान बढ्न खोजे

Shikharkhabar Shikharkhabar
|
सोमबार, चैत्र ९, २०७७
|
|
५४ पटक हेरिएको
Shares
देउवाले अलमल गरेपछि प्रधानमन्त्रीका लागि प्रकाशमान बढ्न खोजे

सारांश

  • नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीका लागि अगाडि बढ्ने छाँटकाँट नदेखाएपछि पूर्वमहामन्त्री प्रकाशमान सिंह अगाडि बढ्ने भएका छन् ।
  • प्रधानमन्त्री केपी शर्मा ओलीको जतिसक्दो छिटो बर्हिगमनको पक्षमा रहेको वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका नेताहरुले आइतबार बैठक बसेर देउवाले कदम चाल्न ढिलाई गरेकोबारे समिक्षा गरेपछि सिंह अगाडि बढ्ने भएका हुन् ।
  • काँग्रेसको पौडेल समूह ओलीइतरको समिकरण बन्नुपर्ने पक्षमा उभिएको छ ।

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीका लागि अगाडि बढ्ने छाँटकाँट नदेखाएपछि पूर्वमहामन्त्री प्रकाशमान सिंह अगाडि बढ्ने भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको जतिसक्दो छिटो बर्हिगमनको पक्षमा रहेको वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका नेताहरुले आइतबार बैठक बसेर देउवाले कदम चाल्न ढिलाई गरेकोबारे समिक्षा गरेपछि सिंह अगाडि बढ्ने भएका हुन् ।

काँग्रेसको पौडेल समूह ओलीइतरको समिकरण बन्नुपर्ने पक्षमा उभिएको छ । जतिसक्दो छिटो ओलीलाई हटाउनुपर्ने पक्षको रहेको उक्त समूहले काँग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीबीच समिकरण बनाउन जोड दिइरहेको छ । कि देउवा अगाडि बढ्नुपर्ने या अरु नेतालाई संसदीय दलको नेता बनाएर बढाउनुपर्ने या अन्य दलको नेतालाई समर्थन गरेर भएपनि ओलीलाई सत्ताबाट हटाउनुपर्ने पक्षमा पौडेल समूह छ ।

देउवा समूह भने प्रधानमन्त्रीका लागि अगाडि बढ्ने परिपक्व वातावरण नभएको बताउँदै आएको छ । प्रवक्ता विश्वप्रकाश शर्माले अझै अवस्था नबनेको अभिव्यक्ति दिएका छन् । महामन्त्री डा. सशांक कोइराला काँग्रेसले १० फागुनपछि अविश्वासको प्रस्ताव लाने सार्वजनिक अभिव्यक्ति दिएर चर्चामा छन् । देउवाइतरका नेताहरु जतिसक्दो छिटो ओलीलाई हटाउने पक्षमा छन् ।

आजको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकमा काँग्रेसले सरकारको नेतृत्व लिने या नलिने, ओलीइतरको समिकरण निर्माणमा अगाडि बढ्ने या नबढ्नेबारे गम्भीर विषय उठ्नेगरी पौडेल समूहले तयारी गरेको छ । हिजो नै पौडेल निवासमा बैठक बसी यस्तो तयारी भएको हो ।

देउवाले आफू नभए अरु नेतालाई समर्थन गर्ने सम्भावना कमजोर छ । संसदीय दलको नेता चयनमा देउवालाई प्रकाशमान सिंहले चुनौती दिएका थिए । त्यतिबेला देउवाको पक्षमा ४१ र प्रकाशमान सिंहको पक्षमा २२ मत परेको थियो । कृष्णप्रसाद सिटौला पक्षधर केही सांसदहरुको मत देउवालाई गएको थियो । विकसित घटनाक्रमले सिंहको पक्षमा सांसदहरुको समर्थन बढेको बुझिएको छ । विगतमा उनलाई मतदान नगर्ने सांसदहरुले पनि भेटेर अब खुट्टा नकमाउन भन्दै अगाडि बढ्न सुझाव दिएको बुझिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मुलुकमा बाढीको खतरा देखेपछि गृहमन्त्रालयले ग¥यो यस्तो अपिल (विज्ञप्तिसहित)
मुलुकमा बाढीको खतरा देखेपछि गृहमन्त्रालयले ग¥यो यस्तो अपिल (विज्ञप्तिसहित)
प्रधानमन्त्री ओलीलाई साढे १० बजे भारतीय प्रधानमन्त्री मोदीको बधाई
प्रधानमन्त्री ओलीलाई साढे १० बजे भारतीय प्रधानमन्त्री मोदीको बधाई
गुरु अस्त हुँदा पशुपतिमा यज्ञ गर्न लागिएको भन्दै कथाव्यास समितिको आपत्ति
गुरु अस्त हुँदा पशुपतिमा यज्ञ गर्न लागिएको भन्दै कथाव्यास समितिको आपत्ति
मंगलबार नेप्से परिसूचक सामान्य गिरावट
मंगलबार नेप्से परिसूचक सामान्य गिरावट
सरकारी कर्मचारी हुँ भन्दै ठगी गर्ने पक्राउ
सरकारी कर्मचारी हुँ भन्दै ठगी गर्ने पक्राउ
नेपालको नयाँ कम्युनिष्ट पार्टी चिनियाँ मोडलबाट हट्यो!
नेपालको नयाँ कम्युनिष्ट पार्टी चिनियाँ मोडलबाट हट्यो!
कर्णाली स्वास्थ्य प्रतिष्ठान घटना छानबिन गर्न कार्यदल
कर्णाली स्वास्थ्य प्रतिष्ठान घटना छानबिन गर्न कार्यदल
सन् २०१९ वर्षको विश्व राजनीति : चर्चाको शिखरमा अमेरिका
सन् २०१९ वर्षको विश्व राजनीति : चर्चाको शिखरमा अमेरिका
श्रीनिवासले  ज्ञानेन्द्र शाहलाइ भनेका थिए ‘धर्म जोगाउन मुस्किल भयो सरकार !’
श्रीनिवासले ज्ञानेन्द्र शाहलाइ भनेका थिए ‘धर्म जोगाउन मुस्किल भयो सरकार !’
एक हप्ताभित्र वीर अस्पतालको सेवा सुधार गर्न स्वास्थ्यमन्त्रीको निर्देशन
एक हप्ताभित्र वीर अस्पतालको सेवा सुधार गर्न स्वास्थ्यमन्त्रीको निर्देशन