युवाको सक्रियतामा पाँच रातको महाकाली नाच सम्पन्न !

Shikharkhabar Shikharkhabar
|
आइतबार, आश्विन १४, २०७५
|
|
३१ पटक हेरिएको
Shares
युवाको सक्रियतामा पाँच रातको महाकाली नाच सम्पन्न !

सारांश

  • भक्तपुर, १४ असोज ।
  • विगत २५ वर्षदेखि बन्द भएर मध्यपुरथिमि वडा नं ५ र ६ का युवाको सक्रियतामा गतवर्षदेखि सञ्चालनमा आएको ३०० वर्ष पुरानो महाकाली नाच सम्पन्न भएको छ ।
  • यस वर्ष इन्द्रजात्राको भोलिपल्ट अर्थात् मङ्गलबार रातिबाट शुरु भई गए राति गुरुहरूको टोलमा प्रर्दशन गरी नाच सम्पन्न गरिएकोे हो ।

भक्तपुर, १४ असोज । विगत २५ वर्षदेखि बन्द भएर मध्यपुरथिमि वडा नं ५ र ६ का युवाको सक्रियतामा गतवर्षदेखि सञ्चालनमा आएको ३०० वर्ष पुरानो महाकाली नाच सम्पन्न भएको छ । यस वर्ष इन्द्रजात्राको भोलिपल्ट अर्थात् मङ्गलबार रातिबाट शुरु भई गए राति गुरुहरूको टोलमा प्रर्दशन गरी नाच सम्पन्न गरिएकोे हो । महाकाली नाच संरक्षण तथा सञ्चालन समितिले सञ्चालनमा ल्याएको नाच मध्यपुरथिमि–५ भुँलाखेलस्थित नित्यनाथ मन्दिरबाट शुरु भई हरेक रात टोलटोलमा गएर प्रर्दशन गरिएको थियो । समितिका अध्यक्ष सूर्यमान पिला श्रेष्ठले भन्नुभयो, “पूर्णिमादेखि रातिराति सञ्चालन भएको यो नाच अब हरेक वर्ष सञ्चालनमा ल्याउँछौँ, यो नाच हरेक दिन साँझ ६ बजेपछि नित्यनाथलाई समर्पित गर्दै थिमिका टोलटोल, चोकचोकमा नचाइएको थियो ।” नाच दथुटोल, दिगुटोल, गँगछिपा टोल, चपाचो, पोवु टोल, भुँलाखेल, वाःननी हँुदै थिमिका विभिन्न टोल परिक्रमा गरी बालकुमारी पु¥याइएको थियो ।

नाचका गुरु हरिबहादुर कैती श्रेष्ठले आदिमकालदेखि नै देवासुर सङ्ग्राममा आधारित रहेर असुरलाई पराजित गरेपछिको विजयोत्सवका रूपमा यो नाच नौ देखि १३ तालमा नाचिने बताउनुभयो । उहाँले आफू २०२५ सालमा देवी भएर नाचेको स्मरण गर्दै आफूले नाच सिकेकाले यो नाचलाई जोगाउन सजिलो भएको बताउनुभयो । यो नाचमा नचाइने ताल सबैभन्दा पुरानो र अरू नाचको तालसँग मिल्दैन । नाचमा देवी एक, महालक्ष्मी एक, बेताल चार, भूत भैरव दुई, सिंह एक, कवां दुई, ख्या दुई, माक दुई गरी १५ जनाले विभिन्न देवीदेवताको रूपमा नाच्ने गरेको उहाँले बताउनुभयो । बाजाको तालसँगै विभिन्न स्वरूपमा नाचिने यो नाचमा देवी र दानवको युद्धलाई समेत चित्रण गरिएको बताउँदै गुरु श्रेष्ठले लगातार १३ तालमा नाच्दा रात बित्ने भएकाले सबै टोलमा सबै तालमा नचाउन भने नसकिने जानकारी दिनुभयो ।

परापूर्वकालमा यो नाच नचाउँदा बजेको बाजा र देवीदेवताको स्वरुपले भूत भाग्ने जनविश्वास रहेको बताउँदै अर्का गुरु हीराकाजी लामा श्रेष्ठले देवताका रुपमा नाच्नेहरूमा देवताको शक्ति आउने भएकाले लगातार नाच्न सकिएको बताउनुभयो । समितिका अध्यक्ष श्रेष्ठले यस वर्ष नाचको मुकुटहरू लुगाहरू आवश्यक सामग्रीहरु किनेको र नाचमा करीब रु आठ लाख खर्च लागेको बताउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

शिखर वार्ताका लागि उत्तर कोरियाली नेता किम जोङ उन भियतनामतर्फ प्रस्थान
शिखर वार्ताका लागि उत्तर कोरियाली नेता किम जोङ उन भियतनामतर्फ प्रस्थान
दशैंको टीकाको उत्तम साइत १० बजेर ३५ मिनेटमा
दशैंको टीकाको उत्तम साइत १० बजेर ३५ मिनेटमा
गौसको कीर्तिमानी शतकमा पोखरा एभेन्जर्सको पहिलो जित
गौसको कीर्तिमानी शतकमा पोखरा एभेन्जर्सको पहिलो जित
सहमतिमा नामकरण टुङ्ग्याउँदै प्रदेश नं १
सहमतिमा नामकरण टुङ्ग्याउँदै प्रदेश नं १
पेट्रोल बेच्दा उपभोक्ता ठग्ने १२ वटा पम्पमा शिलबन्दी
पेट्रोल बेच्दा उपभोक्ता ठग्ने १२ वटा पम्पमा शिलबन्दी
सुत्केरीको गुप्तांगमा प्याडसहितको टाँचा !
सुत्केरीको गुप्तांगमा प्याडसहितको टाँचा !
बिमस्टेकमा यी व्यक्तिहरूलाई खतरा हुनसक्ने !बिशिष्ठ पाहुनाहरुले सुरक्षाकर्मी, हातहतियार र सवारी साधन ल्याउने
बिमस्टेकमा यी व्यक्तिहरूलाई खतरा हुनसक्ने !बिशिष्ठ पाहुनाहरुले सुरक्षाकर्मी, हातहतियार र सवारी साधन ल्याउने
मोबाइल हरायो चिन्ता छैन, प्रहरीमा उजुरी गर्नुहोस्
मोबाइल हरायो चिन्ता छैन, प्रहरीमा उजुरी गर्नुहोस्
पोखराको आन्दोलनले रवि नछुट्ने निश्चित भएपछि काठमाडौं केन्द्रीत भयो रास्वपा, भोलि माइतीघर मण्डलामा जम्मा हुन उर्दी
पोखराको आन्दोलनले रवि नछुट्ने निश्चित भएपछि काठमाडौं केन्द्रीत भयो रास्वपा, भोलि माइतीघर मण्डलामा जम्मा हुन उर्दी
गुण्डा नाइके मिलन चक्रेले पाए सफाइ
गुण्डा नाइके मिलन चक्रेले पाए सफाइ

तपाईंले छुटाउनुभयो कि?