प्रदेशको नाम राख्ने बिषयमा चर्चा,बहस र संबादमा तीब्रता

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण २३, २०७५
|
|
३७ पटक हेरिएको
Shares
प्रदेशको नाम राख्ने बिषयमा चर्चा,बहस र संबादमा तीब्रता

सारांश

  • काठमाडाै, २३ साउन ।
  • प्रदेश नम्बर १ को नामाकरणको  बारेमा बहस,चर्चा र संबाद सुरु हुन थालेको छ।
  • तर, प्रदेशको नाम र राजधानी को विषयले हालसम्म प्रदेश सभामा प्रवेश समेत  पाएको छैन ।

काठमाडाै, २३ साउन । प्रदेश नम्बर १ को नामाकरणको  बारेमा बहस,चर्चा र संबाद सुरु हुन थालेको छ।तर, प्रदेशको नाम र राजधानी को विषयले हालसम्म प्रदेश सभामा प्रवेश समेत  पाएको छैन ।

प्रदेशको नाम के राख्दा उपयुक्त होला भन्ने विषयमा संवाद समूह मोरङले आयोजना गरेको संवाद कार्यक्रमका सहभागीले साझा पहिचानको आधारमा नाम राख्नुपर्ने सहभागीहरु ले बताएका छन। प्रदेशको नाम के राख्दा उपयुक्त होला भन्ने विषयमा गरिएको संवाद कार्यक्रममा प्रदेश सरकारका सामाजिक विकास मन्त्री जीवन घिमिरेले नाम र राजधानी को लागि सबैलाई समेटेर  साझा पहिचानको आधारमा सर्वसम्मत रुपमा प्रदेशको नाम राख्ने बताए।१ नम्बर प्रदेशमा धेरै भाषा बोल्ने मानिसहरु छन् भाषिक, सांस्कृतिक विविधता समेत रहेको  छ, उनले भने, ‘यसैले सर्वसम्मत बाट नाम र राजधानी को  निर्णय गर्नुपर्छ भन्ने लागेको छ, उनले कोशी तर्फ संकेत गर्दै भने कोशी एउटा नदी मात्र नभएर,सभ्यता र संस्कृति हो।’

प्रदेशको नाम राख्न आफूहरू लागिपरेको र अब चाँडै यो विषयले संसदमा प्रवेश पाउने र सर्वसम्मत रुपमा प्रदेशको नामाकरण हुने उनले बताए ।उनले सबै पक्षको कुरा सुनेर धारणा बनाउने बताएका छन् । ‘अहिले प्रदेश सरकार सुझाव लिने र धारणा बनाउने क्रममा रहेको छ,’ उनले भने, ‘१ नम्बर प्रदेशमा ३-४ वटा, बहुपहिचानहरू छन्, त्यसको पनि हामीले सम्मान गर्नुपर्छ ।’ छलफलमा मुख्य राजनीतिक दलका प्रमुख नेता, प्रदेश सभाका संसद र विषयविज्ञ लगायतको सहभागिता रहेको थियो । सहभागीमध्ये धेरैले कोशी नाम उपयुक्त हुने तथा पहिचान, सभ्यता, संस्कृति र समृद्धि झल्काउने बताएका थिए । केहीले सगरमाथा उपयुक्त नाम हुने भन्दै प्रदेशको नाम सगरमाथा राख्नुपर्ने धारणा राखेका थिए

अग्रज पत्रकार मोहन भण्डारीले साझा नाम खोज्नुपर्ने आवश्यकता रहेको बताए । प्रदेशको भौगोलिक अवस्था, संस्कार, संस्कृति र इतिहासलाई हेर्ने हो भने प्रदेशको नाम सगरमाथा वा कोशी राख्दा उपयुक्त हुने उनको तर्क छ ।नेकपाका नेता गणेश उप्रेतीले पहिचान को आधारमा प्रदेशको नामाकरण गर्नुपर्ने बताए ।उनले किराँत नामले पहिचान झल्काउने र कोशीले सभ्यता झल्काउने भन्दै प्रदेशको नाम कोशी–किराँत राख्नुपर्ने धारणा राखे ।

संघीय समाजवादी फोरम नेपालका जयराम यादवले मेचीदेखि महाकालीसम्म तराईको भूगोललाई मधेश प्रदेशमा राख्नुपर्ने बताए । उनले आफ्नो पार्टीको राजनीतिक अडान हुँदाहुँदै पनि साझा नामको पक्षमा आफू रहेको बताए । उनले संसद र पार्टीमा बहस नचलेको जानकारी दिँदै नाम राख्दा सगरमाथा प्रदेश नै राख्दा आफुहरु लाई कुनै आपत्ति नहुने बताए ।

नेपाली कांग्रेसका प्रदेशसभा सांसद शान्ता पौडेल, जिल्ला सचिव नागेश कोइराला, मोदराज घिमिरे तथा पूर्वसचिव यदु विष्टले सगरमाथालाई प्राथमिकतामा राख्दै विकल्पको रुपमा कोशी राख्दा पनि उपयुक्त हुने धारणा राखे ।

कांग्रेसभित्र छलफल हुँदा प्रदेशको नाम सगरमाथा नै राख्ने भन्ने बिषयबाट केन्द्रीत भएकाले यही नाम नै सर्वमान्य हुन सक्ने तर्क कांग्रेस तर्फका नेताको छ । सचिव घिमिरेले कांग्रेस मोरङमा औपचारिक रुपमा बहस नभएपनि अनौपचारिक रुपमा सगरमाथा नाममा बहस भएको बताए ।

संस्कृतिविद् डा. सोम खतिवडाले प्राकृतिक प्रदेशको नाम कोशी हुनुपर्ने कारण प्रस्तुत गर्दै सांस्कृतिक, सभ्यताको इतिहास, किराँत संस्कृतिको मूल केन्द्र, हिन्दू, बौद्ध धर्मको सभ्यता कोशीसँग जोडिएकाले यो नाम उपयुक्त हुने सुझाव दिए ।

मधेशी बुद्धिजीवी भगवान झा प्रदेशको नाम सगरमाथा प्रदेश राख्नुपर्ने आधार प्रस्तुत गर्दै भन्छन्, ‘नामको नाममा कुनै विवाद गर्नुपर्ने अवस्था छैन ।’ नेकपाका नेता ऋषिकेश पोखरेलले अहिलेको अवस्थामा बहुमतको आधारमा निर्णय गर्ने पक्षमा नरहेको बताए । ‘बहुमतको आधारमा गर्ने हो भने नेकपासँग दुईतिहाइको बहुमत प्रदेश सरकारसँग छ । तर, हामी सबैको सहमतिमा सवैको भावना अनुरुप काम गर्ने छौं,’ उनले भने ।

‘अहिलेसम्म पनि प्रदेशको नाम के राख्ने भन्ने विषयमा बहस भएको छैन,’ उनले भने, ‘साझा नामको कुरा गर्दा सगरमाथा वा कोशीभन्दा अरु केही उपयुक्त नाम नभएको दाबी गरे । नाम व्यक्ति वा समुदायसँग भन्दा पनि प्रदेशको समृद्धिसँग जोडेर हेर्नुपर्नेमा उनको जोड छ ।संवाद कार्यक्रममा बोल्दै संघीय लोकतान्त्रिक मञ्चका नेता तथा प्रदेशसभा सदस्य विष्णु तुम्बहाम्फले प्रदेशको नाम लिम्वुवान राख्नुपर्ने बताए ।उता राजपाका जिल्ला संयोजक मोहम्मद कादिरले भने १ नम्बर प्रदेशमा मिक्स कल्चर छ ।यसैले अहिले सगरमाथा नै सबैको उपयुक्त नाम हुन्छ ।’उनले भने,

प्रदेशको नाम को बारेमा काठमाडौँमा हिजो भएको एक कार्यक्रम मा नेकपा का अध्यक्ष प्रचण्डले भने १ नम्बर प्रदेशको नाम किराँत राख्ने बिषयमा आफु र प्रधानमन्त्री केपी.ओलीको समेत कुरा भईसकेको भनेर १ नम्बर प्रदेश को नाम किराँत नै हुने घोषणा समेत गरे।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?