उपप्रधानमन्त्री लिङ्देन र भारतीय विदेश सचिव क्वात्राबीच भेट

Shikharkhabar Shikharkhabar
|
मंगलबार, फाल्गुन २, २०७९
|
|
१८ पटक हेरिएको
Shares
उपप्रधानमन्त्री लिङ्देन र भारतीय विदेश सचिव क्वात्राबीच भेट

सारांश

  • काठमाडौं ।
  • उपप्रधानमन्त्री तथा उर्जा जलस्रोत तथा सिँचाइ मन्त्री राजेन्द्र लिङ्देन र नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विजयमोहन क्वात्राबीच आज शिष्टाचार भेट भएको छ ।
  • राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष समेत रहेका उर्जामन्त्री लिङ्देन र क्वात्राबीच ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयस्थित उपप्रधानमन्त्रीको कार्यकक्षमा भेट भएको हो ।

काठमाडौं । उपप्रधानमन्त्री तथा उर्जा जलस्रोत तथा सिँचाइ मन्त्री राजेन्द्र लिङ्देन र नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विजयमोहन क्वात्राबीच आज शिष्टाचार भेट भएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष समेत रहेका उर्जामन्त्री लिङ्देन र क्वात्राबीच ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयस्थित उपप्रधानमन्त्रीको कार्यकक्षमा भेट भएको हो । भेटका क्रममा दुई देशबीचको सम्बन्ध, द्विपक्षीय हित तथा सहयोगबारे छलफल भएको उपप्रधानमन्त्री लिङ्देनको सचिवालयले जनाएको छ । ऊर्जा तथा जलस्रोत क्षेत्रको विकासका लागि समन्वय र सहकार्य गर्ने विषयमा पनि छलफल केन्द्रित भएको थियो ।

अध्यक्ष लिङ्देनले सचिव क्वात्रालार्ई कार्यालयमा स्वागत गर्दै कार्यकाल सफलताको शुभकामना व्यक्त गरे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?