म्याग्दीको ताकममा पहिरोमा घर पुरिँदा दुई जनाको मृत्यु

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आषाढ २८, २०८१
|
|
२६ पटक हेरिएको
Shares
म्याग्दीको ताकममा पहिरोमा घर पुरिँदा दुई जनाको मृत्यु

सारांश

  • म्याग्दी।
  • म्याग्दीको धौलागिरि गाउँपालिका-७ ताकममा पहिरोमा घर पुरिँदा दुई जनाको मृत्यु भएको छ।
  • घर पुरिँदा तुलप्रसाद र उहाँकी श्रीमती बालकुमारी न्यौपानेको मृत्यु भएको ताकम प्रहरीचौकीका प्रहरी सहायक निरीक्षक रमेशप्रसाद अधिकारीले जानकारी दिए।

म्याग्दी। म्याग्दीको धौलागिरि गाउँपालिका-७ ताकममा पहिरोमा घर पुरिँदा दुई जनाको मृत्यु भएको छ।

घर पुरिँदा तुलप्रसाद र उहाँकी श्रीमती बालकुमारी न्यौपानेको मृत्यु भएको ताकम प्रहरीचौकीका प्रहरी सहायक निरीक्षक रमेशप्रसाद अधिकारीले जानकारी दिए।

उनका अनुसार जनप्रतिनिधि, प्रहरी र स्थानीयवासीले उद्धार गरेका थिए। निरन्तरको झरीका कारण म्याग्दी, राहुघाट र कालीगण्डकी नदीमा पानीको सतह बढेको छ।

जल तथा मौसम विज्ञान विभागले म्याग्दी नदीको सतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकाले तटीय क्षेत्रमा सतर्कता अपनाउन अनुरोध गरेको छ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    tecktimes

    Thank you I have just been searching for information approximately this topic for a while and yours is the best I have found out so far However what in regards to the bottom line Are you certain concerning the supply

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?