चिया श्रमिकले आन्दोलन गर्ने चेतावनी

Shikharkhabar Shikharkhabar
|
बिहिबार, श्रावण २९, २०७७
|
|
३५ पटक हेरिएको
Shares
चिया श्रमिकले आन्दोलन गर्ने चेतावनी

सारांश

  • उद्योगीले माग पूरा नगरे चिया श्रमिक आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
  • दुई÷दुई वर्ष चिया श्रमिकको ज्याला वृद्धि हुनुपर्ने प्रावधान रहेको छ ।
  • उद्योगीले साविककै ज्याला दिएको र परिश्रमिकबाट तिर्ने सामाजिक सुरक्षा करको सामाजिक भत्ता श्रमिकलाई नै दिनुपर्नेलगायतका माग श्रमिकले राखेका छन् ।

उद्योगीले माग पूरा नगरे चिया श्रमिक आन्दोलन गर्ने चेतावनी दिएका छन् । दुई÷दुई वर्ष चिया श्रमिकको ज्याला वृद्धि हुनुपर्ने प्रावधान रहेको छ । उद्योगीले साविककै ज्याला दिएको र परिश्रमिकबाट तिर्ने सामाजिक सुरक्षा करको सामाजिक भत्ता श्रमिकलाई नै दिनुपर्नेलगायतका माग श्रमिकले राखेका छन् । उनीहरूले कोरोनाको महामारीका समय पनि काममा खटिदा पनि उद्योगीले सुरक्षाका सामग्रीसमेत नदिने गरेको गुनासो गरेका छन् ।

कोरोनाका कारण विश्वभरि नै महामारी फैलिए पनि चिया क्षेत्रका लागि भने ‘स्वर्णिम’ समय भएको श्रमिकले बताएका छन् । पछिल्लो समय हरियोपत्तीको मूल्य आकाशिएकाले उद्योगले चियाबाट उल्लेखिय फाइदा लिँदै रहेको श्रमिकले बताएका छन् । श्रम ऐन २०७४ को दफा १०६ मा प्रत्येक दुई वर्षमा न्यूनतम पारिश्रमिक पुनरावलोकन गर्ने व्यवस्था छ तर २०७७ साउन १ देखि लागू हुने गरी चिया श्रमिकको पारिश्रमिक वृद्धि गर्नुपर्ने तथा पत्ती डबली समय अनुकूल वृद्धि गरिनुपर्ने व्यवस्था भए पनि अहिलेसम्म नियम कार्यान्वयनमा आएको छैन ।

विसं २०७५ साउन १ गतेदेखि वृद्धि भएको दैनिक १०७ रुपैयाँ बराबरको रकम २०७५ साउन १ गतेदेखि २०७६ वैशाख ३० गतेसम्मको २०७६ चैत मसान्तसम्ममा भुक्तानी दिइसक्ने भनी २०७६ वैशाख ३० गते सम्झौता भएकामा हालसम्म पनि चिया श्रमिकले नपाएको श्रमिकको गुनासो छ ।

श्रमिकले गत वर्ष श्रम ऐन कार्यान्वयनको माग गर्दै चिया क्षेत्र ठप्प गरी ४४ दिनसम्म सडक आन्दोलन गरेका थिए । विसं २०७६ वैशाख ३० मा चिया उद्योगीले ऐन कार्यान्वयन गर्ने सहमति जनाएपछि आन्दोलन टुङ्गिएको थियो । उक्त सहमतिमा २०७५ साउनदेखि २०७६ वैशाख ३० सम्मको ऐनअनुसार वृद्धि भएको दैनिक १०७ रुपैयाँ बराबरको ज्याला बगान मालिकले श्रमिकलाई २०७६ चैत मसान्तभित्रमा भुक्तानी दिने उल्लेख छ । यसपटक नेपाल कृषि तथा बगान क्षेत्र श्रमिक सङ्घ, नेपाल चिया बगान श्रमिक सङ्घ र अखिल नेपाल चिया मजदूर सङ्घको केन्द्रीय समितिले आन्दोलनमा जाने जनाएका हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

इलाम र भोजपुरमा पनि एमाले नै अगाडी फेरी जित्यो दुई गाउपलिका
इलाम र भोजपुरमा पनि एमाले नै अगाडी फेरी जित्यो दुई गाउपलिका
‘प्रदेश ३ को राजधानी काठमाडौँ उपत्यकामा कुनै हालतमा हुन दिन्न’
‘सरकार ढाल्ने षडयन्त्र’ भइरहँदा ओली नेपाल भेटवार्ता
‘सरकार ढाल्ने षडयन्त्र’ भइरहँदा ओली नेपाल भेटवार्ता
ग्राण्डीमा ठगीधन्दा प्रकरण : हेलिकोप्टर नउडाएरै झण्डै २ लाख झ्वाम
ग्राण्डीमा ठगीधन्दा प्रकरण : हेलिकोप्टर नउडाएरै झण्डै २ लाख झ्वाम
नयाँ पर्यटकीय गन्तव्यस्थलको रूपमा विकास हुँदै खोप्रालेक
नयाँ पर्यटकीय गन्तव्यस्थलको रूपमा विकास हुँदै खोप्रालेक
Sanjay Leela Bhansali’s Film Padmaavat where did Alauddin khilji first see the beauty of Padmavati?
Sanjay Leela Bhansali’s Film Padmaavat where did Alauddin khilji first see the beauty of Padmavati?
गुर्जा हिमालको हिमआँधीमा परेका नौ जनाको शव भेटियो(परिचयसहित–अपडेट)
गुर्जा हिमालको हिमआँधीमा परेका नौ जनाको शव भेटियो(परिचयसहित–अपडेट)
ग्राण्डी अस्पतालमा ल्याण्डिङका क्रममा सिम्रिकको हेलिकोप्टर दुर्घटना
ग्राण्डी अस्पतालमा ल्याण्डिङका क्रममा सिम्रिकको हेलिकोप्टर दुर्घटना
उपसभामुखका अंगरक्षकलाई यौन प्रस्ताव राख्ने स्वकीय सचिव भट्ट बर्खास्त
उपसभामुखका अंगरक्षकलाई यौन प्रस्ताव राख्ने स्वकीय सचिव भट्ट बर्खास्त
भागरथी हत्याका दोषीलाई उम्कनै नदिने गरी प्रमाण जुटाउँदै प्रहरी
भागरथी हत्याका दोषीलाई उम्कनै नदिने गरी प्रमाण जुटाउँदै प्रहरी

तपाईंले छुटाउनुभयो कि?