विराटनगर र दमकमा आजै मतगणना सुरु हुने, इटहरीको टुंगो छैन, धरानमा भोलि मात्र

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, बैशाख ३०, २०७९
|
|
३९ पटक हेरिएको
Shares
विराटनगर र दमकमा आजै मतगणना सुरु हुने, इटहरीको टुंगो छैन, धरानमा भोलि मात्र

सारांश

  • विराटनगर महानगरपालिकाको मतगणना आजै सुरु गर्ने तयारी गरिएको छ ।
  • मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले दिएको जानकारी अनुसार मतगणनामा खटिने कर्मचारीको विवरण तयार भइसकेको छ ।
  • मतपेटिका संकलन सकेर सकेसम्म आजै विराटनगरको मतगणना सुरु गरिने उनले बताए ।

विराटनगर महानगरपालिकाको मतगणना आजै सुरु गर्ने तयारी गरिएको छ । मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले दिएको जानकारी अनुसार मतगणनामा खटिने कर्मचारीको विवरण तयार भइसकेको छ ।
मतपेटिका संकलन सकेर सकेसम्म आजै विराटनगरको मतगणना सुरु गरिने उनले बताए । ‘सकेसम्म आजैदेखि सुरु गरौं भनेर हामी लागिरहेका छौं,’ प्रजिअ दाहालले भने, ‘तर, राती अबेर ११÷१२ बज्न सक्छ ।’
यता, विराटनगरका मुख्य निर्वाचन अधिकृत भरत लम्सालले भने आज मतगणना गर्ने तयारी गरेको भएपनि सुरु कतिबेला हुन्छ भन्न सकिने अवस्था नरहेको बताए ।

यसैबीच झापाको दमक नगरपालिकाको पनि आजै मतगणना कार्य सुरु गर्ने तयारी भएको छ । दमकका निर्वाचन अधिकृत केशव प्रसाद पन्तका अनुसार मतपेटिका संकलनको काम भइरहेको छ । मतपेटिका संकलन भएपछि सर्वदलीय छलफल गरेर मतगणना सुरु गरिने उनले बताए ।

यता, सुनसरीको धरान उपमहानगरपालिकामा भने मतगणना भोली बिहान ८ बजेदेखि हुने भएको छ । ‘हामीले सर्वदलीय बैठक गरेर भोली बिहान ८ बजेदेखि मतगणना गर्ने सहमति गरेका छौं,’ नेपाली कांग्रेस धरानका नगर सभापति श्याम पोखरेलले भने । यता, सुनसरीको इटहरीमा अहिलेसम्म पनि कतिपय मतदानस्थलमा मतदान भइरहेको कारण मतगणनाको टुंगो नलागेको बताइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वाणगंगा यातायात ब्यावसायी द्धारा सम्मान कार्यक्रम सम्पन्न
वाणगंगा यातायात ब्यावसायी द्धारा सम्मान कार्यक्रम सम्पन्न
पत्रकार प्रेम बानियाँ भन्छन्-‘रबिजी संयम्तापूर्वक, बहुत बलियो आधार बनाएर मात्रै है’
पत्रकार प्रेम बानियाँ भन्छन्-‘रबिजी संयम्तापूर्वक, बहुत बलियो आधार बनाएर मात्रै है’
बाँकेमा प्रहरीको आक्रामक कानुनी डण्डा: २१६ मुद्दा दर्ता, ९२ फरार अपराधी पक्राउ
बाँकेमा प्रहरीको आक्रामक कानुनी डण्डा: २१६ मुद्दा दर्ता, ९२ फरार अपराधी पक्राउ
युरोपियन च्याम्पियन्स लिगः यस्तो छ नक आउट चरणको खेल तालिका
युरोपियन च्याम्पियन्स लिगः यस्तो छ नक आउट चरणको खेल तालिका
कुडारी ताम्ती–टोप्ला सडकमा जिप सेवा सञ्चालन
कुडारी ताम्ती–टोप्ला सडकमा जिप सेवा सञ्चालन
बालविवाहले महिलाको स्वास्थ्यमा गम्भीर समस्या
बालविवाहले महिलाको स्वास्थ्यमा गम्भीर समस्या
एनआईसी एशिया क्यापिटलद्धारा संचालित म्युचुअल फण्डहरुको लाभांश घोषणा
एनआईसी एशिया क्यापिटलद्धारा संचालित म्युचुअल फण्डहरुको लाभांश घोषणा
१२ कक्षामा फेल भएपछि धनुष यसरी बने सुपरस्टार
१२ कक्षामा फेल भएपछि धनुष यसरी बने सुपरस्टार
बागमती प्रदेश :एक लाखले एसइई परीक्षा दिँदै
बागमती प्रदेश :एक लाखले एसइई परीक्षा दिँदै
पार्टी एकता भएपछि ऐतिहासिक कामः अध्यक्ष प्रचण्ड