आज चुनावको अन्तिम परिणाम सार्वजनिक गरिँदै

Shikharkhabar Shikharkhabar
|
बुधबार, मंसिर २८, २०७९
|
|
३८ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं।
  • निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको अन्तिम नतिजा आज बुधबार सार्वजनिक गर्ने भएको छ।
  • ४ मंसिरमा भएको निर्वाचनको अन्तिम नतिजा घोषणा गर्न आयोगले आज मध्याह्न साढे १ बजे पत्रकार सम्मेलन आयोजना गरिएको आयोगले जनाएको छ।

काठमाडौं। निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको अन्तिम नतिजा आज बुधबार सार्वजनिक गर्ने भएको छ। ४ मंसिरमा भएको निर्वाचनको अन्तिम नतिजा घोषणा गर्न आयोगले आज मध्याह्न साढे १ बजे पत्रकार सम्मेलन आयोजना गरिएको आयोगले जनाएको छ।

आयोगले यसअघि मंगलबार नै प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकको अन्तिम सूची सार्वजनिक गर्ने तयारी गरेको थियो।

तर, आयोगले आज प्रतिनिधिसभातर्फ १ सय ६५ र प्रदेशसभातर्फ ३ सय ३० क्षेत्रसँगै समानुपातिकतर्फको मतपरिणाम सार्वजनिक गर्न लागेको हो।
आयोगले निर्वाचन अन्तिम नतिजा घोषणापछि राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाउने छ । त्यसपछि राष्ट्रपति भण्डारीले नयाँ सरकार गठनका लागि आह्वान गर्नेछिन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?