बाह्रबिसे नगर प्रमुखमा शेर्पा विजयी

Shikharkhabar Shikharkhabar
|
बिहिबार, जेठ ४, २०७४
|
|
४४३ पटक हेरिएको
Shares

सारांश

  • चौतारा, ४ जेठ ।
  • सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाको नगर प्रमुखमा नेकपा ९एमाले०का निमफुन्जो शेर्पा चार हजार ९२९ मत प्राप्त गरी विजयी हुनुभएको छ ।
  • उहाँको निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका बालकृष्ण बस्नेतले चार हजार ७११ मत प्राप्त गर्नुभयो ।

चौतारा, ४ जेठ । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाको नगर प्रमुखमा नेकपा ९एमाले०का निमफुन्जो शेर्पा चार हजार ९२९ मत प्राप्त गरी विजयी हुनुभएको छ ।

उहाँको निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका बालकृष्ण बस्नेतले चार हजार ७११ मत प्राप्त गर्नुभयो । नगर उपप्रमुखमा एमालेकै सुशीला पाख्रिन पाँच हजार १५ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँको निकटतम प्रतिद्वन्द्वी काँग्रेसका लिला नेपालले चार हजार ८१३ मत प्राप्त गर्नुभयो ।

सो नगरपालिकाको वडा नं १, २, ३, ४ र ९ मा नेपाली काँग्रेस तथा वडा नं– ५, ६, ७ र ८ मा नेकपा ९एमाले० विजयी भएको छ । वडा नं १ को वडाध्यक्षमा कामी शेर्पा ९काँग्रेस०, २ मा बमबहादुर तामाङ ९काँग्रेस०, ३ मा एकबहादुर भण्डारी ९काँग्रेस०, ४ मा ज्ञानेन्द्र श्रेष्ठ ९काँग्रेस०, ५ मा बेलबहादुर रोक्का ९एमाले०, ६ मा मोहनलाल श्रेष्ठ ९एमाले०, ७ मा मिनबहादुर श्रेष्ठ ९एमाले०, ८ मा सुरज लामा ९एमाले० र वडा नं ९ को वडाध्यक्षमा सानु लामा ९काँग्रेस० विजयी हुनुभएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?