उपमहासचिव शर्माको निर्मम् समीक्षा: ‘माओवादीमा जो-जति छन्, सबै असन्तुष्टि बोकेर बाँचेका छन्’

Shikharkhabar Shikharkhabar
|
आइतबार, श्रावण २७, २०८१
|
|
१८ पटक हेरिएको
Shares
उपमहासचिव शर्माको निर्मम् समीक्षा: ‘माओवादीमा जो-जति छन्, सबै असन्तुष्टि बोकेर बाँचेका छन्’

सारांश

  • काठमाडौं।
  • नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले पार्टी दिन प्रतिदिन असफलतातिर जानुको जिम्मेवारी मूल नेतृत्व र नेतृत्वको टिमले नलिएको भन्दै असन्तुष्टि जनाएका छन्।
  • स्थायी कमिटी बैठकमा उपमहासचिव शर्माले पेश गरेको लिखित दस्तावेजमा उनले नेतृत्वको कारण अहिले पार्टीमा रहेको सबै असन्तुष्टि बोकेर बाँचिरहेको उल्लेख गरेका छन्।

काठमाडौं। नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले पार्टी दिन प्रतिदिन असफलतातिर जानुको जिम्मेवारी मूल नेतृत्व र नेतृत्वको टिमले नलिएको भन्दै असन्तुष्टि जनाएका छन्। स्थायी कमिटी बैठकमा उपमहासचिव शर्माले पेश गरेको लिखित दस्तावेजमा उनले नेतृत्वको कारण अहिले पार्टीमा रहेको सबै असन्तुष्टि बोकेर बाँचिरहेको उल्लेख गरेका छन्।

‘हामी शून्यतर्फ उन्मुख छौं। पहिलो संसदीय निर्वाचनमा हामीलाई प्राप्त ३१ लाख मतदाताको अभिमत अहिले खस्किएको छ। त्यसपछिको निर्वाचनमा कूल मतदाता संख्या बढेपनि हामी भने निरन्तर १४ लाख, ११ लाख हुँदै अझ खुम्चिनेतिर उन्मुख छौं। विडम्बना के छ भने, आज पार्टीमा जे-जति छन्, ती सबै असन्तुष्टि बोकेर बाँचेका छन्। यसको जिम्मेवारी अहिलेको मूल नेतृत्व र नेतृत्वको टिमले लिन किन आनाकानी गरिरहेका छौं ?’ उनले प्रश्न गरेका छन्।

त्यस्तै, माओवादीको जनाधार खस्किँदै जानुमा जनता नभएर माओवादीले नै उठाएको नारा र आश्वासन रहेको उनको ठहर छ। शान्ति प्रक्रियापछि माओवादीको तौरतरिका युद्धकालीनभन्दा फरक नभएको, सम्बन्ध, जनसम्पर्क सही नभएको र माओवादीको बसाइ, उठाइ र रहनसहन राजा महाराजाको जस्तो भएकाले जनताले मन नपराएको उपमहासचिव शर्माको बुझाइ छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?