‘तारेभीर’ फिल्मका निर्माताको भिडियो सार्वजनिक !
सारांश
- काठमाडौं, १४ जेठ ।
- नेक्स्ट जेनेरेशन इन्टरटेन्मेन्टले प्रस्तुतुतिमा ‘कञ्चनजंगा हिमालैमा घामको पहिलो झुल्का‘’ गीतको भिडियो सार्वजनिक भएको छ ।
- ‘तारेभीर’ फिल्मका निर्माता तथा कलाकार देउ कृष्ण देवान लिंखा याख्खाको निर्देशनमा बनेको म्युजिक भिडियो सार्वजनिक भएको हाे।
काठमाडौं, १४ जेठ । नेक्स्ट जेनेरेशन इन्टरटेन्मेन्टले प्रस्तुतुतिमा ‘कञ्चनजंगा हिमालैमा घामको पहिलो झुल्का‘’ गीतको भिडियो सार्वजनिक भएको छ ।
‘तारेभीर’ फिल्मका निर्माता तथा कलाकार देउ कृष्ण देवान लिंखा याख्खाको निर्देशनमा बनेको म्युजिक भिडियो सार्वजनिक भएको हाे।
देउ कृष्ण देवानको निर्देशनमा बनेको ‘कञ्चनजंगा हिमालैमा घामको पहिलो झुल्का‘’ गीतको भिडियो सार्वजनिक भएको हो । देउ कृष्ण देवानको निर्देशनमा बनेको यो पहिलो भिडियो हो । तर उनले यस अगावै आफ्नै फिल्म ‘तारेभीर’मा सहायक निर्देशकको रुपमा काम गरसकेका छन् । त्यस्तै उनको कार्यकारी निर्देशनमा धेरै म्युजिक भिडियोहरु बनिसकेको छ ।
‘कञ्चनजंगा हिमालैमा’ गीतको भिडियोको बारेमा कुरा गर्दै निर्देशक देउ कृष्ण देवानले गीतसंगीत र फिल्म उद्योगमा आईसकेपछि आफुले सबै प्रकारको काम गर्न सक्नुपर्ने धारणा राखे ।
देवानले आफुले पहिले सिकेको र जानेको कुरालाई यस भिडियोमा उतारेको बताएका छन् । निर्देशक देउ कृष्ण देवानले ‘कञ्चनजंगा हिमालैमा’गीतको भिडियोलाई कालेम्पुङका रमणीय दृश्यहरुमा छायाँकन गरेका छन् ।
‘कञ्चनजंगा हिमालैमा’ गीतममा कालेम्पुङका गायक प्रनेश राईकाे स्वररहेकाे छ । यो गीतको शब्द संगीत पनि गायक राईको आफ्नै रहेको छ । गायक राईले यो गीत अगावै धेरै गीतहरु बजारमा ल्याइसेका छन् । गीतलाई किरण क्षेत्रीले एरेञ्ज गरेका हुन् ।
भिडियोमा साङ्गे शेर्पा, श्रृष्टि खपुङ लोजिफुङले फिचरीङ छन् ।
यस भिडियाेकाे निर्देशक देउ कृष्ण देवान र कोरियोग्राफर मौसमराना राईको हुन । भिडियोलाई अनुप पौडेलले सम्पादन गरेका हुन् ।
प्रतिक्रिया