उपप्रधानमन्त्री श्रेष्ठ र राजदूत थम्पसनबीच शिष्टाचार भेटवार्ता

Shikharkhabar Shikharkhabar
|
बुधबार, चैत्र २२, २०७९
|
|
५१ पटक हेरिएको
Shares
उपप्रधानमन्त्री श्रेष्ठ र राजदूत थम्पसनबीच शिष्टाचार भेटवार्ता

सारांश

  • काठमाडौँ ।
  • उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग नेपालका लागि अमेरिकी राजदुत डिनआर थम्पसनले आज शिष्टाचार भेटवार्ता गरेका छन् ।
  • गृहमन्त्रालयमा आज भएको शिष्टाचार भेटमा नेपाल–अमेरिका द्विपक्षीय सम्बन्ध र सहयोग आदानप्रदानका विषयमा छलफल भएको छ ।

काठमाडौँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग नेपालका लागि अमेरिकी राजदुत डिनआर थम्पसनले आज शिष्टाचार भेटवार्ता गरेका छन् ।

गृहमन्त्रालयमा आज भएको शिष्टाचार भेटमा नेपाल–अमेरिका द्विपक्षीय सम्बन्ध र सहयोग आदानप्रदानका विषयमा छलफल भएको छ । त्यसक्रममा उपप्रधानमन्त्री श्रेष्ठले सरकार सङ्क्रमणकालीन न्याय निरुपणसम्बन्धी विस्तृत शान्ति सम्झौताको मर्मअनुसार शान्ति प्रक्रियाका बाँकी काम सम्पन्न गर्ने उद्देश्यमा केन्द्रित भएको र नेपालका हितैषी अन्तर्राष्ट्रिय निकायबाट त्यसमा सहयोगको अपेक्षा गरिएको बताए ।

सङ्क्रमणकालीन न्यायका काम पूरा गर्न सत्यनिरूपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबीन आयोगलाई पूर्णता दिने कानुन निर्माणका लागि त्यससम्बन्धी विधेयक संसद्मा पेस भइसकेको समेत उनले बताए । राजदूत थम्पसनले अमेरिकाले नेपालको शान्तिप्रक्रियाले पूर्णता पाएको देख्न चाहेको तथा आफू र आफ्ना कूटनीटिक साझेदारसँग यसको सहजताका लागि पहल लिने बताए । राजनीतिक अस्थिरताले विकासमा पार्न सक्ने प्रभावका बारेमा राजदूत थम्पसनले चासो लिएकोमा उपप्रधानमन्त्री श्रेष्ठले नेपाल सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने संवैधानिक अभ्यासमै रहेकाले यसले विकासनिर्माणलाई प्रभावित नगर्ने बताए ।

राजदूत थम्पसनले नेपाली लोकतन्त्रको सुदृढीकरणका लागि अमेरिकाले पूर्ण सहयोग गर्ने बताए । कोभिडपछि अमेरिकी सहयोग संस्था पिसकोरको काम प्रभावित भएकाले पिसकोर कार्यकर्ताको प्रवेशाज्ञा सहजताका लागि राजदूत थम्पसनले आग्रह गरेकोमा उपप्रधानमन्त्री श्रेष्ठले परराष्ट्र मन्त्रालयसँग समन्वय गरेर यसलाई सहज बनाइने बताए ।

नेपालमा अमेरिकी लगानी, कार्यरत संस्था तथा यसका कर्मचारीको सुरक्षामासमेत राजदूतले चासो राखे । उपप्रधानमन्त्री श्रेष्ठले त्यसमा पूर्ण सुरक्षा हुने बताएको उपप्रधानमन्त्रीका प्रेस संयोजक कमल गिरीले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

इद मनाउन आएकालाई प्रहरीले पक्राउ गरेपछि…
इद मनाउन आएकालाई प्रहरीले पक्राउ गरेपछि…
सरकारले खटाएको ठाउँमा नजाने कर्मचारीलाई शुरु भयो यस्तो कार्वाही
सरकारले खटाएको ठाउँमा नजाने कर्मचारीलाई शुरु भयो यस्तो कार्वाही
मतपत्रसँगै एसिड खसालेपछि मतपेटिका जल्यो, मतदान स्थगित
मतपत्रसँगै एसिड खसालेपछि मतपेटिका जल्यो, मतदान स्थगित
नेकपा–उपसभामुखलाई राजीनामा गराउने तयारी
नेकपा–उपसभामुखलाई राजीनामा गराउने तयारी
सिंहदरबारबाटै पक्राउ परे पत्रकार महासंघका सचिव सहितका अन्य पत्रकार
सिंहदरबारबाटै पक्राउ परे पत्रकार महासंघका सचिव सहितका अन्य पत्रकार
अर्काको श्रीमानसंग रात बिताउने महिलाले पाईन यस्तो सजाए
अर्काको श्रीमानसंग रात बिताउने महिलाले पाईन यस्तो सजाए
कृषि विकास बैंकको लाभाङ्श स्वीकृत
कृषि विकास बैंकको लाभाङ्श स्वीकृत
स्थायी कमिटी बैठकलगत्तै साङ्गठनिक एकता पूरा गर्छौं : प्रवक्ता श्रेष्ठ
स्थायी कमिटी बैठकलगत्तै साङ्गठनिक एकता पूरा गर्छौं : प्रवक्ता श्रेष्ठ
काठमाडौंको टोखा नगरपालिकाको मेयरमा एमालेका प्रकाश अधिकारी र उपमेयरमा एमालेकै ज्ञानमाया डंगोल विजयी
काठमाडौंको टोखा नगरपालिकाको मेयरमा एमालेका प्रकाश अधिकारी र उपमेयरमा एमालेकै ज्ञानमाया डंगोल विजयी
‘इको साउण्डर’को प्रयोग गरी त्रिशुली नदीमा बेपत्ता बसको खोजी गरिँदै
‘इको साउण्डर’को प्रयोग गरी त्रिशुली नदीमा बेपत्ता बसको खोजी गरिँदै