उपाधि जितिसकेको रियल मड्रिड अन्तिम खेलमा रोकियो

Shikharkhabar Shikharkhabar
|
शनिबार, जेठ ७, २०७९
|
|
३१ पटक हेरिएको
Shares
उपाधि जितिसकेको रियल मड्रिड अन्तिम खेलमा रोकियो

सारांश

  • काठमाडौं।
  • उपाधि विजेता रियल मड्रिडले ला लिगा फुटबलको अन्तिम खेलमा रियल बेटिसँग शुक्रबार राति गोलरहित बराबरी खेलेको छ।
  • कार्लो एन्सोलोट्टीले ला लिगा च्याम्पियन र कोपा डेल रे विजेताकोबीचको खेलमा बलियो प्लेईङ सेट उतारेका थिए।

काठमाडौं। उपाधि विजेता रियल मड्रिडले ला लिगा फुटबलको अन्तिम खेलमा रियल बेटिसँग शुक्रबार राति गोलरहित बराबरी खेलेको छ।

कार्लो एन्सोलोट्टीले ला लिगा च्याम्पियन र कोपा डेल रे विजेताकोबीचको खेलमा बलियो प्लेईङ सेट उतारेका थिए। तर, लिभरपुलसँग यूइएफए च्याम्पियन्स लिगको उपाधि प्रतिस्पर्धा अघि रियल बराबरीमा रोकियो।

कप्तान तथा अनुभव स्ट्राइकर करिम बेन्जेमा दुई पटक गोलनजिक रहे पनि लिग गोल २७ पुर्‍याउन सकेनन्। गेराथ बेल जसले रियल मड्रिड छोड्ने तयारी गरेका छन् । उनी खेलमा सहभागी भएनन्।

खेलमा रियलले तीन टार्गेट सट प्रहार गरेको थियो। यस्तै, रियल बेटिसका ४० वर्षीय खेलाडी जोआक्विनले ला लिगामा ६०० खेल खेलेका छन्। रियल मड्रिडले सिजनमा ३८ खेल खेल्दै ८६ अंक बनायो । ६५ अंक बनाएको बेटिस पाँचौ स्थानमा रह्यो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

शिवचन्द्रले यादवसँग मतान्तर घटाउँदै
शिवचन्द्रले यादवसँग मतान्तर घटाउँदै
घर बनाउने क्रममा लडेर मृत्यु…
घर बनाउने क्रममा लडेर मृत्यु…
कांग्रेसद्धारा राष्ट्रियसभा बैठक अवरुद्ध
कांग्रेसद्धारा राष्ट्रियसभा बैठक अवरुद्ध
नेपाल छिर्न दुई जनामात्र सुरक्षाकर्मी रहेको पोष्टमा भारतीयको आक्रमण
नेपाल छिर्न दुई जनामात्र सुरक्षाकर्मी रहेको पोष्टमा भारतीयको आक्रमण
अर्घाखाँची र दाङमा एमालेबाट माओवादी कुटिए, एकजनालाई उपचार गर्न काठमाडौं पठाइयो
अर्घाखाँची र दाङमा एमालेबाट माओवादी कुटिए, एकजनालाई उपचार गर्न काठमाडौं पठाइयो
राष्ट्रिय शहीद स्मारक सम्पन्न गर्न पहल गर्नेछु : उपराष्ट्रपति यादव
राष्ट्रिय शहीद स्मारक सम्पन्न गर्न पहल गर्नेछु : उपराष्ट्रपति यादव
प्रदेशसभाको तयारीमा देश : कुन प्रदेशमा कहिले पहिलो बैठक ?
प्रदेशसभाको तयारीमा देश : कुन प्रदेशमा कहिले पहिलो बैठक ?
संसद्लाई प्रभावकारी बनाउन तीन दलका शीर्ष नेता र सचेतकबीच छलफल
संसद्लाई प्रभावकारी बनाउन तीन दलका शीर्ष नेता र सचेतकबीच छलफल
रविन्द्र अधिकारीको निधनपछि सामाजिक संजालमा विकृत मानसिकता
रविन्द्र अधिकारीको निधनपछि सामाजिक संजालमा विकृत मानसिकता
श्रीलंकामाथि नेपालको सानदार जित, श्रीलंका ४ गोल अन्तरले पराजित
श्रीलंकामाथि नेपालको सानदार जित, श्रीलंका ४ गोल अन्तरले पराजित

तपाईंले छुटाउनुभयो कि?