कांग्रेसद्धारा राष्ट्रियसभा बैठक अवरुद्ध

Shikharkhabar Shikharkhabar
|
सोमबार, माघ ७, २०७५
|
|
४० पटक हेरिएको
Shares
कांग्रेसद्धारा राष्ट्रियसभा बैठक अवरुद्ध

सारांश

  • काठमाडौं, ७ माघ ।
  • नेपाली काङ्ग्रेसले आफ्ना स्वर्गीय नेता गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको स्मृतिमा स्थापित अस्पताल सञ्चालन गर्न सरकारले कुनै निर्णय नगरेकोमा आपत्ति जनाउँदै राष्ट्रियसभाको बैठक अवरुद्ध गरेको छ ।
  • मन्त्रिपरिषद्को हालैको बैठकले देशका विभिन्न नौ वटा अस्पताल सङ्घअन्तर्गत सञ्चालन गर्ने निर्णय गरेको थियो ।

काठमाडौं, ७ माघ । नेपाली काङ्ग्रेसले आफ्ना स्वर्गीय नेता गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको स्मृतिमा स्थापित अस्पताल सञ्चालन गर्न सरकारले कुनै निर्णय नगरेकोमा आपत्ति जनाउँदै राष्ट्रियसभाको बैठक अवरुद्ध गरेको छ ।

मन्त्रिपरिषद्को हालैको बैठकले देशका विभिन्न नौ वटा अस्पताल सङ्घअन्तर्गत सञ्चालन गर्ने निर्णय गरेको थियो । तर ती दुई नेताका नामका अस्पताल कुन निकायअन्तर्गत सञ्चालन गर्ने भन्ने निर्णय सरकारले नगरेको बताइन्छ ।

राष्ट्रियसभाको आजको बैठक शुरु हुने बित्तिकै नेपाली काङ्ग्रेसका सांसदहरू आआफ्ना आसनबाट उठेर विरोध जनाउनुभयो । विरोधका बीचमा काङ्ग्रेसका सांसद सरिता प्रसाईंले आफ्ना नेताका स्मृतिमा स्थापित ती दुई अस्पताल सञ्चालन गर्न किन सरकारले कुनै निर्णय नगरेको रु भनी प्रश्न गर्नुभयो ।

उहाँले नेपालको शान्ति प्रक्रिया, गणतन्त्र तथा नयाँ संविधान जारी गर्न गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाले गर्नुभएको योगदानलाई कहीँ कतैबाट भुल्न नहुनेमा जोड दिँदै आफ्नो मागका बारेमा सरकारले सदनसमक्ष धारणा सार्वजानिक गर्न माग गर्नुभयो ।

यसपछि स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री डा सुरेन्द्रकुमार यादवले गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको स्मृतिमा स्थापित अस्पताल खारेज गर्ने निर्णय नभएको सदनलाई जानकारी दिनुभयो ।

उहाँले देशका विभिन्न नौ वटा अस्पताललाई सङ्घअन्तर्गत सञ्चालन गर्ने निर्णय भएको सदनलाई जानकारी दिनुभयो । नेपाली काङ्ग्रेसका सांसद सुरेन्द्र पाण्डेले विभिन्न नौ वटा अस्पताल सङ्घअन्तर्गत सञ्चालन गर्ने निर्णय गर्ने सरकारले नेकाका नेताका नाममा स्थापित भएका अस्पताल सञ्चालन गर्न किन निर्णय नभएको हो ? भनी प्रश्न गर्नुभयो ।

नेकपाका सांसद रामनारायण विडारीले प्रतिपक्ष उठ्ने र सत्ता पक्ष बस्ने यो कहाँको संसदीय परम्परा हो रु भन्ने प्रश्न गर्दै के कारणले बैठक अवरुद्ध भयो भनी प्रश्न गर्नुभयो । सोही पार्टीका डा विमला पौडेलले आगामी दिनमा सदनले धेरै विधेयक पारित गर्नुपर्ने अवस्था रहेकाले सदन अवरुद्ध नगर्न आग्रह गर्नुभयो ।

राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिनाले नेपाली काङ्ग्रेसका सांसदलाई आआफ्नो स्थानमा आसन ग्रहण गर्न पटकपटक आग्रह गर्नुभएको थियो । आसन ग्रहण नगरेपछि उहाँले बैठक आजै आधा घण्टामा लागि स्थगित गर्नुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रचण्ड मध्यमार्गी विकल्पको खोजीमा
प्रचण्ड मध्यमार्गी विकल्पको खोजीमा
बालीनाली सखाप पार्ने सलह कीरा नेपाल पस्यो
बालीनाली सखाप पार्ने सलह कीरा नेपाल पस्यो
नेकपा सम्बद्ध नेताले गरे सामान्य प्रशासन मन्त्रालय ताेडफाेड
नेकपा सम्बद्ध नेताले गरे सामान्य प्रशासन मन्त्रालय ताेडफाेड
आरन मै खुशी छन् हस्तबहादुर
आरन मै खुशी छन् हस्तबहादुर
मोरङ क्षेत्र नम्बर ६ को पछिल्लो मत परिणाम ! लालबाबु पण्डित र शेखर कोइराला को अवस्था ?
नेजा अध्यक्ष न्यौपानेद्वारा प्रधानमन्त्री र गृहमन्त्रीसँग भेटघाट
नेजा अध्यक्ष न्यौपानेद्वारा प्रधानमन्त्री र गृहमन्त्रीसँग भेटघाट
एकदिवसीय क्रिकेटः नेपालकाे दाेस्राे खेल अाज
एकदिवसीय क्रिकेटः नेपालकाे दाेस्राे खेल अाज
आफुबाट फाइदा लिन मिस नेपालको वाणिज्य बैंकलाई आग्रह
आफुबाट फाइदा लिन मिस नेपालको वाणिज्य बैंकलाई आग्रह
अमेरिकी अदालतमा नेपालीका मुद्दाहरु पेन्डिङ हुनुकाे कारण यस्ताे पाे ?(एक्सक्लुसिभ)
अमेरिकी अदालतमा नेपालीका मुद्दाहरु पेन्डिङ हुनुकाे कारण यस्ताे पाे ?(एक्सक्लुसिभ)
राष्ट्रपति भण्डारीसँग एक घण्टाको भेटवार्तापछि प्रचण्ड बालुवाटार फर्किए
राष्ट्रपति भण्डारीसँग एक घण्टाको भेटवार्तापछि प्रचण्ड बालुवाटार फर्किए