हावाहुरी वितण्डा : घाइतेहरु भोकभोकै रात गुजारे, उद्दारका लागि सुरक्षाकर्मी पुगे, अन्नबाली सोत्तर (अपडेट)
सारांश
- काठमाडौं ।
- बारा र पर्सामा आइतबार साँझ आएको भीषण हावाहुरीका कारण २८ जनाले ज्यान गुमाइसकेका छन् ।
- प्रदेश २ प्रहरीका अनुसार बारामा २७ जना, पर्सामा एकजनाको ज्यान गएको हो ।
काठमाडौं । बारा र पर्सामा आइतबार साँझ आएको भीषण हावाहुरीका कारण २८ जनाले ज्यान गुमाइसकेका छन् । प्रदेश २ प्रहरीका अनुसार बारामा २७ जना, पर्सामा एकजनाको ज्यान गएको हो । अन्नबाली सोत्तर भएको छ । रुख ढलेर बाटो बन्द भएको छ । घाइतेहरु भोकभोकै रात गुजार्नेलाई सरकारले बिस्कुट बाँडेको छ ।
खाना खाने बेलामा हावाहुरी चलेकोले अधिकांश घाइतेहरु भोकै भएका हुन् । नेपाली सेना र प्रहरीले अस्पतालमा घाइतेहरुलाई चिया र बिस्कुट बाँडेका छन् ।
हावाहुरीका कारण ४ सय भन्दा बढी घाइते भएका छन्। घाइतेहरुको वारा, पर्सा र रौतहटका अस्पतालमा उपचार भइरहेको छ। हुरीका कारण रुख, विजुलीका पोल ढल्दा धेरै मानवीय क्षति भएको हो ।
घाइतेको उपचार र उद्दारमा कुनै कमि आउन नदिन रहेको प्रहरीले जनाएको छ । उदारका लागि नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरी परिचालन गरिएको छ। घाइतेहरुको जिल्लाका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
घरमाथि बिजुलीको पोल, रुख ढलेका छन् । चल्दै गरेका सवारी साधन दुर्घटना भएर मृत्यु भएको सुरक्षाकर्मीले बताएका छन्।
प्रतिक्रिया