जनावरले बनाएका अचम्म लाग्ने कीर्तिमान !
सारांश
- संसारमा मानिसहरुले अनौठा काम गरेर विश्व कीर्तिमान बनाउने गरेको त हामीले सुनेकै हौ ।
- तर, त्यस्तो कीर्तिमान मानिसले मात्र नभइ जीवजन्तुले पनि बनाउँछन् भन्दा चाँहि हामीलाई अचम्म लाग्नसक्छ ।
- विश्वभर बनाइएका रेकर्डहरुलाई आधिकारिक रुपमा दर्ता गर्ने संस्था ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’ले संसारभरबाट कीर्तिमान राख्न सफल जनावरहरुको पनि रेकर्ड राखेको छ ।
संसारमा मानिसहरुले अनौठा काम गरेर विश्व कीर्तिमान बनाउने गरेको त हामीले सुनेकै हौ । तर, त्यस्तो कीर्तिमान मानिसले मात्र नभइ जीवजन्तुले पनि बनाउँछन् भन्दा चाँहि हामीलाई अचम्म लाग्नसक्छ । विश्वभर बनाइएका रेकर्डहरुलाई आधिकारिक रुपमा दर्ता गर्ने संस्था ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’ले संसारभरबाट कीर्तिमान राख्न सफल जनावरहरुको पनि रेकर्ड राखेको छ । हामी यहाँ ती जीवजन्तुहरुबारे उल्लेख गर्दैछौ, जसको विश्व कीर्तिमान आजसम्म पनि तोडिएको छैन ।
सर्वप्रथम कुरा गरौं संसारकै सबैभन्दा लामो पुच्छर भएको कुकुरको । विश्वको सबैभन्दा लामो पुच्छर भएको कुकुरको कीर्तिमान ‘केयुन’को नाममा रहेको छ । ‘केयुन’लाई ‘ल्लेसे लोड्ट्स’ नाम गरेका बेल्जियमका नागरिकले पालेका छन् । केयुन आयरल्याण्ड क्षेत्रमा स्यालको सिकार गर्ने जातको कुकुर हो । यसको पुच्छरको लम्बाई ७६ दशमलब ८ सेन्टिमिटर अर्थात् ३० दशमलब २ इन्च रहेको छ । केयुनले सन् २०१५ को अगस्ट १८ मा संसारको सबैभन्दा लामो पुच्छर भएको कुकुरको दर्जा पाएको हो । जुन अहिलेसम्म कुनै कुकुरले यस कीर्तिमानलाई तोड्न सकेको छैन ।
केयुनपछि अबको कुरा सबैभन्दा खतरनाक कमिलो को । संसारकै सबैभन्दा खतरनाक कमिलाको कीर्तिमान ‘बुलडग’ नाम गरेको कमिलाको नाममा रहेको छ । यो अष्ट्रेलियाको कोस्टल क्षेत्रमा सन् १९७३ मा पाइएको थियो । यसको आक्रमणबाट चारजना अष्टे«लियन नागरिकको ज्यान गइसकेको छ । यसले आफ्नो सिङ र मुख दुबैले एकैपटक आफ्ना सत्रुबिरुद्ध आक्रमण गर्दछ । हेर्दा अत्यन्तै सानो देखिने बुलडगको तौल सुन्य दशमलव सुन्य एक पाँच ग्राम छ र यसको लम्बाई २० मिलिमिटर रहेको छ । यो जातको कमिला जम्मा २१ दिनमात्रै बाँच्छ ।
त्यस्तै संसारको सबैभन्दा ठूलो अन्डाको तौल दुई दशमलब पाँच आठ नौ किलोग्राम रहेको छ । उक्त अन्डा ‘स्टुर्ट्हियो क्यामेल्योस’ नाम गरेको अष्ट्रिच चराले स्वीडेनमा रहेको दुई व्यक्ति केष्ट्रिन र गुन्नार सहल्निको फार्ममा पारेको थियो । सन् २००८ को मे १७ मा स्टुर्ट्हियो क्यामेल्योसले पारेको संसारकै सबैभन्दा ठूलो अन्डाको रेकर्ड आजसम्म कुनै अष्ट्रिचले भंग गर्न सकेको छैन । संसारमा सबैभन्दा छिटो दगुर्ने कछुवाको नाम र्बटाइ हो । यसले सुन्य दशमलव दुई आठ मिटर प्रति सेकेन्डको गतिमा दगुर्छ । सन् २०१४ को जुलाई ९ मा यसलाई बेलायतको एडभेन्चर भ्यालीमा भेट्टाइएको थियो ।।
प्रतिक्रिया