कोहलपुरमा महावीर ओलीमाथि गोली प्रहार, मिस फायर भएकाले बाँच्न सफल

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, कार्तिक २४, २०७४
|
|
२३ पटक हेरिएको
Shares
कोहलपुरमा महावीर ओलीमाथि गोली प्रहार, मिस फायर भएकाले बाँच्न सफल

सारांश

  • चुनावको मुखमा अज्ञात समूहले जनप्रतिनिधिमाथि गोली प्रहार गरेको छ ।
  • अज्ञात समूहले राप्ती–सोनारी गाउँपालिका–९ का वडा अध्यक्ष महावीर ओलीमाथि कोहलपुरमा गोली प्रहार गरेको हो ।
  • निर्माण व्यवसायी समेत रहेका वडा अध्यक्ष ओलीमाथि विहीबार राति कोहलपुरस्थित उनको निवासमा गोली प्रहार भएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायव उपरीक्षक यज्ञ प्रसाद भट्टराईले जानकारी दिए ।

चुनावको मुखमा अज्ञात समूहले जनप्रतिनिधिमाथि गोली प्रहार गरेको छ । अज्ञात समूहले राप्ती–सोनारी गाउँपालिका–९ का वडा अध्यक्ष महावीर ओलीमाथि कोहलपुरमा गोली प्रहार गरेको हो । निर्माण व्यवसायी समेत रहेका वडा अध्यक्ष ओलीमाथि विहीबार राति कोहलपुरस्थित उनको निवासमा गोली प्रहार भएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायव उपरीक्षक यज्ञ प्रसाद भट्टराईले जानकारी दिए । उनका अनुसार अज्ञात समूहले विहीवार राती करिव ९ बजे भौतिक आक्रमण पछि गोली प्रहार गरेको थियो ।

पेस्तोलले हाने पनि गोली उनको शरिरमा नलागेकोले दुर्घटना हुन नपाएको उनले बताए । अज्ञात समूहले ओलीलाई धरपकड गरेपनि चोट पटक नलागेको डिएसपी भट्टराईले बताए । उनको घरमा नागरिक अस्पताल समेत छ । अस्पताल यहि हो भनेर सोधेको र ढोका खोल्ने क्रममा अपरिचित व्यक्तिले गोली प्रहार गरेको पीडित ओलीले बताए । उनले भने, ‘सटर बन्द गर्दै थिएँ, सटर बन्द गर्न नपाउँदै धरपकड भयो, पछि त म माथि गोली प्रहार भयो ।’ गोली मिस फायर भएकोले आफू बाँचेको उनले बताए ।

गोली प्रहार भएको बारे अनुसन्धान भइरहेको डिएसपी भट्टराईले बताए । घटना स्थलबाट स्थानीयले पेस्तोलको गोली फेला पारेर प्रहरीलाई बुझाएका छन् । घटना भएको २ घण्टापछि स्थानीयले गोली बरामद गरेकोले आशंका गर्ने ठाउँ रहेको उनको भनाई छ । ‘गोली प्रहार भएको भन्ने छ, स्थानीयले गोली फेला बरामद पनि गरेका छन्, तर ढिला गरि फेला परेकोले आशंका गर्ने ठाउँ छ,’ डिएसपी भट्टराईले भने ।

घटनास्थल इलाका प्रहरी कार्यालय कोहलपुरबाट एक सय मिटरको दुरीमा छ । आक्रमण पछि घटनामा संलग्नहरु मोटरसाइलक चढेर भागेको ओलीले बताए । घटनाको जानकारी पाउनासाथ प्रहरी परिचान गरि खोजतलास भइरहेको इलाका प्रहरी कार्यालय कोहलपुरका इन्चार्ज भट्टराईले बताए । उनले भाग्न सक्ने नाकामा प्रहरी परिचालन गरि घटनामा संलग्नहरुको खोजी भइरहेको जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?