एउटै कार्यक्रममा ४ प्रकारको भत्ता वितरण
सारांश
- अस्बिन खडका, उदयपुर, ५ असार।
- गृह मन्त्रालयले सोमबार सप्तरीमा गरेको प्रदेश १ को उदयपुर र प्रदेश २ को सप्तरीका कार्यक्रममा भत्तामा विभेद गरेको सहभागीहरु ले बताएका छन ।
- ७५ जना सहभागी कार्यक्रममा ५ हजार, ३ हजार ५ सय, १ हजार ५ सय र १ हजार गरी ४ प्रकारको भत्ता वितरण गरिएको सहभागीहरुले बताएका हुन।
अस्बिन खडका, उदयपुर, ५ असार। गृह मन्त्रालयले सोमबार सप्तरीमा गरेको प्रदेश १ को उदयपुर र प्रदेश २ को सप्तरीका कार्यक्रममा भत्तामा विभेद गरेको सहभागीहरु ले बताएका छन ।
७५ जना सहभागी कार्यक्रममा ५ हजार, ३ हजार ५ सय, १ हजार ५ सय र १ हजार गरी ४ प्रकारको भत्ता वितरण गरिएको सहभागीहरुले बताएका हुन। एउटै कार्यक्रममा सहभागी भएकालाई फरक–फरक व्यवहार गरिएको र कसैलाई बढि कसैलाई कम रकम दिएको भन्दै उनीहरुले बिरोध जनाएका थिए
प्रदेश १ को उदयपुर र प्रदेश २ को सप्तरीका सरोकारवाला लाई कार्यक्रममा बोलाइएको थियो ।जसमा स्थानीय तहका प्रमुख, सुरक्षा निकायका प्रमुख, रेडक्रस लगायतका प्रतिनिधिहरु थिए। तर अधिकांश स्थानीय तहका प्रमुखहरु कार्यक्रममा सहभागी थिएनन्।
बाढीको पूर्वानुमान, पूर्वतयारी, कार्यविधि निर्माण तथा कृत्रिम अभ्यासका लागि तयार भएका कार्यक्रम समेत औपचारिकतामा मात्रै सीमित भएकोले यो कुरामा सरोकारवाला हरुको पनि गुनासो थियो । नदी नियन्त्रणका लागि भइरहेका काम समेत गुणस्तर युक्त नभएको नदी तटीय क्षेत्रका सर्वसाधारणहरु बताउँछन्।
बाँध मर्मत हुन नसकेको र भएका कामसमेत प्रभावकारी हुन नसक्दा यस वर्षको बाढीले सप्तरीमा ठूलो क्षति गर्न सक्ने बताउँछन्। गत वर्षायाममा मात्रै बाढीका कारण उदयपुर र सप्तरीमा गरी ७ जनाले ज्यान गएको थियो भने २अर्ब रुपैयाँ भन्दा बढीको क्षति भई ४० वटा घर पूर्ण रुपमा क्षतिग्रस्त भए।
८ सय घरमा आंशिक क्षति पुग्यो भने १२सय परिवार विस्थापित भएका थिए।
सप्तरीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले भने आफूले संयोजनको काम मात्र गरेकाले भत्ता वितरणको विषय जानकारी नभएको बताए। तर, उदयपुर र सदरमुकाम बाहिरबाट आउने सहभागीलाई यातायात खर्च दिनुपर्ने भएकाले केही तलमाथि भएको हुन सक्ने उनको भनाइ छ।
प्रतिक्रिया