९३ वर्षमा नागरिकता पाउँदा लाटा सार्कीको मुहारमा खुशी

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आषाढ १८, २०७७
|
|
४० पटक हेरिएको
Shares
९३ वर्षमा नागरिकता पाउँदा लाटा सार्कीको मुहारमा खुशी

सारांश

  • भोजपुर, १८ असार ।
  • भोजपुर अरुण गाउँपालिका वडा नम्बर २ चम्पेमा जन्मिएको लाटा सार्कीले ९३ वर्षको उमेर नागरिकता पाउँन सफल भएका छन् ।
  • १९८४ सालमा भोजपुरको साविक चम्पे गाविसमा जन्मिएका सार्कीले अहिलेसम्म नागरिकता पाउँन सकेका थिएनन् ।

भोजपुर, १८ असार । भोजपुर अरुण गाउँपालिका वडा नम्बर २ चम्पेमा जन्मिएको लाटा सार्कीले ९३ वर्षको उमेर नागरिकता पाउँन सफल भएका छन् । १९८४ सालमा भोजपुरको साविक चम्पे गाविसमा जन्मिएका सार्कीले अहिलेसम्म नागरिकता पाउँन सकेका थिएनन् । सानै देखि बाबु आमाले वेवारिसे अवस्थामा छोडेर हिनेका सार्कीले ९३ वर्षको उमेरसम्म नागरिकता पाउँन नसक्दा बृद्ध भत्तासमेत लिन पाएका थिएनन् ।

भोजपुरका सहायक प्रमुख जिल्ला अधिकारी रामप्रसाद लुइँटेलले असार १७ गते उनलाई नेपाली नागरिकताको प्रमाण पत्र हस्तान्तरण गरेका हुन् । जिल्ला प्रशासन कार्यालय भोजपुरबाट २०७७ असार १७ गते जारी नेपाली नागरिकताको प्रमाणपत्रमा उनको लाटा सार्कीको जन्म मिति १९८४ माघ १० गते उल्लेख छ ।सहायक प्रमुख जिल्ला अधिकारी लुईटेलका अनुसार उनको नागरिकता नम्बर ०९–०१–७७–०००३० हो । आफूहरुले अरुण गाउँपालिककाको केन्द्र प्याउँलीमा पुगेर सार्कीलाई नागरिकता दिएको उनले बताए । सरकार सिमान्तकृतहरुको संरक्षक र आवाजविहीनहरुको आवाज भएको भन्दै लुईटेलले बृद्ध भत्ता पाउँने आधार बनेकाले उनीमाथि न्याय भएको तर्क गरे ।

अरुण गाउँपालिकाका अध्यक्ष गजेन्द्रबहादुर कार्की र चम्पेका वडाध्यक्षको भुपेन्द्र राना संघीय सांसद सुदन किरातीलगायतको पहलमा उनले नागरिकता प्राप्त गर्न सफल भएका हुन् ।

आवाज नसुन्ने बोली नबुझिने र इशासाको भरमा उनले आफ्नो कुरा राख्ने गर्छन् । उनले बोलेको कुरा प्रस्टसँग बुझिँदैन । लाटा सार्की भोजपुरको सिस्नेरी, याङपाङ, चम्पे, प्याउली चरम्वी जरायोटार, च्याग्रे, याकु, तिवारीभञ्ज्याङलगायतका ठाउँमा डुलेर आफ्नो जीवन यापन गरिरहेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कैलालीमा जन्मियो एक टाउको, दुई मेरुदण्ड, चार हात र चार खुट्टा भएकाे शिशु
कैलालीमा जन्मियो एक टाउको, दुई मेरुदण्ड, चार हात र चार खुट्टा भएकाे शिशु
एनएमए निर्वाचन निष्पक्ष रुपमा सम्पन्न, बदर गर्नुपर्ने अवस्था छैन् : जिप्रका
एनएमए निर्वाचन निष्पक्ष रुपमा सम्पन्न, बदर गर्नुपर्ने अवस्था छैन् : जिप्रका
नर्सका माग पूरा गर्न सांसद खाणद्वारा संसदको ध्यानाकर्षण
नर्सका माग पूरा गर्न सांसद खाणद्वारा संसदको ध्यानाकर्षण
टि–२० महिला क्रिकेट : नेपालद्वारा मलेसिया पराजित
टि–२० महिला क्रिकेट : नेपालद्वारा मलेसिया पराजित
पेरुका पूर्व राष्ट्रपति फुजिमोरी रिहा
पेरुका पूर्व राष्ट्रपति फुजिमोरी रिहा
सन्दिपको टिमका कप्तान गौतमले किन दिए राजीनामा ?
सन्दिपको टिमका कप्तान गौतमले किन दिए राजीनामा ?
रास्वपाले भन्यो-रवि लामिछानेको डायरी प्रहरीले हिरासतबाटै गायब बनायो
रास्वपाले भन्यो-रवि लामिछानेको डायरी प्रहरीले हिरासतबाटै गायब बनायो
एक महिलाको २६२ फिटमाथिको चट्टानबाट सेल्फि लिन खोज्दा ज्यान गयो
एक महिलाको २६२ फिटमाथिको चट्टानबाट सेल्फि लिन खोज्दा ज्यान गयो
सरकारका कारण गणतन्त्र र संघीयता धरापमा : गगन थापा
सरकारका कारण गणतन्त्र र संघीयता धरापमा : गगन थापा
प्रधानमन्त्री, गृहमन्त्री र यातायातमन्त्रीलाई लामो गाडीको पछाडि सिटमा राखेर चलाए मात्र यो बाटो बन्छ नत्र बन्दैन
प्रधानमन्त्री, गृहमन्त्री र यातायातमन्त्रीलाई लामो गाडीको पछाडि सिटमा राखेर चलाए मात्र यो बाटो बन्छ नत्र बन्दैन