देउवाले हकार्दै प्रकाशमानलाई ‘तपाइँ चुप लाग्नुस् भनेपछि…’
सारांश
- कांग्रेस बैठकमा लफडा – कांग्रेसको चुनावी समीक्षा बैठकको दोस्रो दिन शनिबार गुटगत आरोप–प्रत्यारोप भएको छ ।
- संस्थापन पक्षका नेताहरू नेतृत्वको बचाउमा देखिए भने रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला पक्ष आलोचनामा उत्रिए ।
- स्थानीय तह, प्रदेशदेखि केन्द्रको निर्वाचनमा पार्टी कमजोर बन्नुमा सभापतिको विधानविपरीतका काम, कमजोर रणनीति, सरकार सञ्चालन गर्दा भएको कमजोरीलाई असन्तुष्ट पक्षले कारण देखाएको छ ।
कांग्रेस बैठकमा लफडा –
कांग्रेसको चुनावी समीक्षा बैठकको दोस्रो दिन शनिबार गुटगत आरोप–प्रत्यारोप भएको छ । संस्थापन पक्षका नेताहरू नेतृत्वको बचाउमा देखिए भने रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला पक्ष आलोचनामा उत्रिए ।
स्थानीय तह, प्रदेशदेखि केन्द्रको निर्वाचनमा पार्टी कमजोर बन्नुमा सभापतिको विधानविपरीतका काम, कमजोर रणनीति, सरकार सञ्चालन गर्दा भएको कमजोरीलाई असन्तुष्ट पक्षले कारण देखाएको छ । तर, हरेक निर्णयमा साक्षी बनेकाहरू नै अहिले नेतृत्वलाई दोष दिन अग्रसर देखिएको भन्दै संस्थापन पक्षका नेताहरूले प्रतिवाद गरेका छन् । शनिबार आठ केन्द्रीय सदस्यले धारणा राखे ।
जब देउवाले प्रकाशमानलाई हकारे
मर्यादाक्रममा श्रेष्ठलाई अगाडि राखिएको व्यहोरा संयोजक कार्कीले पढेर सुनाउन नभ्याउँदै कांग्रेस बैठकमा लफडा सुरु भयो । सिंहबाहेक रामशरण महत, बलबहादुर केसीसहितका नेताले मर्यादाक्रममा आफूहरूको पनि असन्तुष्टि रहेको, तर एकजनाको मात्रै टुंग्याएको भन्दै आपत्ति जनाए ।
‘प्रकाशमानले आपत्ति जनाएपछि उनको समर्थनमा बलबहादुर उठे, अनि महेन्द्र यादव पनि उफ्रिन थाले,’ बैठकमा सहभागी एक केन्द्रीय सदस्यले नयाँ पत्रिकासँग भने । नेता यादव सुशील कोइराला सभापति हुँदा पनि मर्यादाक्रममा समस्या हुँदा आफूहरू चुप लागेको भन्दै बैठकमा उफ्रिएका थिए । ‘हामी पहिले पनि सन्तुष्ट थिएनौँ । चन्द्र भण्डारीभन्दा ममाथि भए पनि तल राखिएको थियो,’ यादवको भनाइ उद्धृत गर्दै ती नेताले भने, ‘अहिले सभापतिले त्रुटी सच्चाउनुभयो त के बिगार्नुभयो ?’
लगत्तै सिंह जंगिए, ‘बढी कुरा गर्ने, थर्काउने, एउटाको मात्र कुरा गर्ने ?’ प्रकाशमान उठेपछि सभापति देउवा आसनबाट उठेर ‘बढी कराउने ?’ भन्दै चुप लाग्न भने । सदस्यहरू आक्रोशित भएपछि बाँकीको क्रम पनि मिलाउने आश्वासन सभापतिले दिएका छन् ।
कसले के भने ?
झगडा बैठकमै गरौँ : हरि नेपाल
पार्टीले हारेको छ, हारको दोष सभापतिलाई मात्रै नदिऊँ । हामी सबैबाट गल्ती भएका छन् । सबैले गल्ती स्विकार्दै आफूभित्रै सच्चिएर जाँदा राम्रो बन्न सक्छौँ । असन्तुष्टि व्यक्त गर्ने, झगडा गर्ने, तर्क र विवाद गर्ने, पार्टीको फोरममै गरौँ । बाहिर गएर एकले अर्कालाई दोष देखाएर पार्टी कमजोर नबनाऔँ । झगडा गरौँ, तर भित्रै गरौँ । यो बैठकबाट निस्कँदा तुस बाँकी नराखौँ ।
दोषी सभापति नै हो : नवीन्द्रराज जोशी
निर्वाचनअघि गठन गरिएका कार्यसम्पादन समिति र संसदीय बोर्ड खारेज गरेर विधानसम्मत अर्को समिति बनाऔँ । विधानसम्मत पार्टी चलाउने भए धेरै समस्या समाधान भएर जान्छन् । हाम्रा सभापति बाहिरकालाई मिलाउन सक्नुहुन्छ, तर पार्टीभित्र मिलाउन सक्नुहन्न किन ? तपाईंहरू पार्टीभित्रचाहिँ कहिले मिल्नुहुन्छ ? त्यसैले निर्वाचनमा पार्टी कमजोर बन्नुको दोष सभापतिलाई जान्छ ।
खोजेपछि दोषी भेटिन्छन् : दिलेन्द्र बडू
हामी निर्वाचनमा यसपटक धेरै कमजोर भयौँ । यो कमजोरीलाई हटाउन हामी कसरी पछि पर्यौँ भन्ने जान्न र बुझ्न आवश्यक छ । दोष खोजेपछि दोषी फेला पर्छन्, अनि दोष के–के हुन् ? कमजोरी केलाएर दोषी पत्ता लगाउन सकिन्छ । निर्वाचनमा वामहरूको मोर्चा बनेपछि हामीले पनि प्रभावकारी रूपमा लोकतान्त्रिक मोर्चा बनाउनुपथ्र्यो । तर, सकेनौँ ।
विधानसम्मत चलौँ : कल्याण गुरुङ
पार्टीमा आफ्ना स्वार्थ पूरा गराउन विधानविपरीत केन्द्रीय कार्यसम्पादन समिति र संसदीय बोर्ड बनाइयो । नेताहरू यही बोर्डमा आफ्ना मान्छे उम्मेदवार बन्दा साक्षी बस्नुभयो, तर विरोध जनाउनुभएन ।
Bhula Mukhiya
Good
Durga Khadka
याे पाटेले बिराेध मात्रै गर्छ कार्बाहि नगरे शक्ने भयाे
Nabin Thada Mg
शेरेको हैसियत नै के छ र अब