एउटै कार्यालयमा ४ जना हाकिम

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आश्विन ११, २०७५
|
|
२१ पटक हेरिएको
Shares
एउटै कार्यालयमा ४ जना हाकिम

सारांश

  • काठमाडौं महानगरपालिकाको एउटै विभागमा चार हाकिम खटाइएको छ।
  •  कामपाको सामाजिक विकास विभागमा एक विभागीय प्रमुख भए पनि उही दर्जाका चार निर्देशक खटाइएको हो।
  • निर्देशक नूरनिधि न्यौपानेले प्रमुख पदको जिम्मेवारी सम्हाले पनि सोही दर्जाका चार निर्देशक खटाइएको हो।

काठमाडौं महानगरपालिकाको एउटै विभागमा चार हाकिम खटाइएको छ। कामपाको सामाजिक विकास विभागमा एक विभागीय प्रमुख भए पनि उही दर्जाका चार निर्देशक खटाइएको हो।

निर्देशक नूरनिधि न्यौपानेले प्रमुख पदको जिम्मेवारी सम्हाले पनि सोही दर्जाका चार निर्देशक खटाइएको हो। सो विभागमा न्यौपानेसँगै यादव घिमिरे, नवराज थापा र रविमान श्रेष्ठलाई खटाइएको छ।

एउटै विभागमा चार कर्मचारी खटाउन सक्ने महानगरपालिकाले न्यौपानेलाई बाहेक अरुलाई काम दिएको छैन।

प्राविधिक पदमा कार्यरत निर्देशक रविमानमान श्रेष्ठलाई पनि सोही विभागमा खटाइएको छ। यता प्राविधिक समूहका निर्देशक भैरव बोगटीलाई प्रशासन विभागमा खटाइएको छ।

आजको नेपाल समाचारपत्र दैनिकमा खबर छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?