मोदी र ओलीले संयुक्त रुपमा रामायण करिडोर उद्घाटन गर्ने

Shikharkhabar Shikharkhabar
|
मंगलबार, बैशाख २५, २०७५
|
|
१९ पटक हेरिएको
Shares

सारांश

  • वैशाख २५, काठमाण्डौ ।
  • २८ वैशाखमा नेपालको राजकीय भ्रमणमा आउन लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई जनकपुर विमानस्थलमा रक्षामन्त्री ईश्वर पोखरेलले स्वागत गर्ने भएका छन् ।
  • सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मोदीलाई रक्षामन्त्रीले स्वागत गर्ने निर्णय गरेको हो ।

वैशाख २५, काठमाण्डौ । २८ वैशाखमा नेपालको राजकीय भ्रमणमा आउन लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई जनकपुर विमानस्थलमा रक्षामन्त्री ईश्वर पोखरेलले स्वागत गर्ने भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मोदीलाई रक्षामन्त्रीले स्वागत गर्ने निर्णय गरेको हो ।

मोदी पटनाबाट हेलिकोप्टरमा २८ वैशाख बिहान ९ः३० बजे जनकपुर विमानस्थल ओर्लिनेछन । प्रधानमन्त्री ओलीले समकक्षी मोदीलाई जानकी मन्दिरमा स्वागत गर्नेछन् । लगत्तै दुवै प्रधानमन्त्रीले संयुक्त रूपमा पूजापाठ गर्ने कार्यक्रम तय भएको छ ।

नेकपा एमालेका नेता तथा परराष्ट्रविद डा.राजन भट्टराई

नेकपा एमालेका नेता तथा परराष्ट्रविद डा.राजन भट्टराईले मोदीको भ्रमणका बेला सिमा समस्या, १९५० को सन्धी, व्यापार घाटा, जलस्रोतको साझेदारी लगायतका विषयमा छलफल हुने बताएका छन् ।

पारवाहन सन्धीको विषयलाई पनि उठान गर्नुपर्ने उनले बताए ।

“रक्सौलदेखि काठमाण्डौसम्म रेल सेवा विस्तार गर्ने कुरामा थप छलफल गर्नुपर्छ । कृषि क्षेत्रको साझेदारीलाई कसरी अगाडि बढाउने भन्नेमा कुरा गर्नुपर्छ । टुङ्गिएर पनि कार्यान्वय नभएका अरु विषयमा पनि छलफल गर्नुपर्छ ।” उनले भने ।

मोदीले जनकपुर भ्रमणका बेला रामायण करिडोर उद्घाटन हुने बताएका छन् ।

“अयोध्या र जानकी मन्दिरकाबीचमा ऐसिहासिक सम्बन्ध छ, त्यसलाई झल्काउने गरी रामायण करिडोर भनेर राम–सितासँग जोडिएको विषयलाई उद्घाटन गर्ने कुरा छ ।” भट्टराईले भने ।

ओली र मोदीले संयुक्त रुपमा करिडोरको उद्घाटन गर्ने कार्यक्रम रहेको उनले जानकारी दिए ।
भारतीय प्रधानमन्त्री मोदीको उच्चस्तरीय भ्रमण भएकाले राजनीतिक तहको कुराकानी बढि हुनुपर्ने उनेको तर्क छ । वैदेशिक सम्बन्धका हिसाबले पनि महत्वपूर्ण भ्रमण भएकाले यस्ता भ्रमणलाई फलदायी बनाउनुपर्ने उनले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रदेश १ मा एनालग टेलिभिजन सबै बन्द, अन्य जिल्लामा पनि अनालग टिभी बन्द गराइँदै
प्रदेश १ मा एनालग टेलिभिजन सबै बन्द, अन्य जिल्लामा पनि अनालग टिभी बन्द गराइँदै
उपनिर्वाचन : दाङमा भारी मतले नेकपाकी विमला वली विजयी
उपनिर्वाचन : दाङमा भारी मतले नेकपाकी विमला वली विजयी
लिटिल मिस दाङकी विजेता आयुष्मालाई सम्मान
लिटिल मिस दाङकी विजेता आयुष्मालाई सम्मान
यस्तो बन्दै छ काठमाडौं महानगरपालिकाको नयाँ भवन !हेर्नुहोस फोटोफिचर  सहित
यस्तो बन्दै छ काठमाडौं महानगरपालिकाको नयाँ भवन !हेर्नुहोस फोटोफिचर सहित
परीक्षाको तनाव नदिइ हाँस्दै सिक्ने शैक्षिक वातावरण बनाइनुपर्छ : महामन्त्री थापा
परीक्षाको तनाव नदिइ हाँस्दै सिक्ने शैक्षिक वातावरण बनाइनुपर्छ : महामन्त्री थापा
आजदेखि स्वास्थानी मेला (माधव मेला) सुरु (हेर्नुहोस् ६ तस्बिरमा)
आजदेखि स्वास्थानी मेला (माधव मेला) सुरु (हेर्नुहोस् ६ तस्बिरमा)
देउवाले चुनाव सार्ने तयारी गरेको सूचना पाएपछि माओवादीले गर्‍यो सरकार नछोड्ने निर्णय
देउवाले चुनाव सार्ने तयारी गरेको सूचना पाएपछि माओवादीले गर्‍यो सरकार नछोड्ने निर्णय
आज पुस २१ गते : हेर्नुहोस् कहाँ के-के घटनाहरु भए ?
आज पुस २१ गते : हेर्नुहोस् कहाँ के-के घटनाहरु भए ?
जनसङ्ख्याका आधारमा उम्मेदवारको व्यवस्था गर्न माग
जनसङ्ख्याका आधारमा उम्मेदवारको व्यवस्था गर्न माग
युरोपेली आयोग, अमेरिकाबीच व्यापारमा सहमतिको खोजी
युरोपेली आयोग, अमेरिकाबीच व्यापारमा सहमतिको खोजी

तपाईंले छुटाउनुभयो कि?