एएफसी छनोट खेल्ने महिला टोली घोषणा

Shikharkhabar Shikharkhabar
|
मंगलबार, बैशाख ३, २०७६
|
|
१८ पटक हेरिएको
Shares
एएफसी छनोट खेल्ने महिला टोली घोषणा

सारांश

  • काठमाडौँ, ३ वैशाख ।
  • एशियाली फुटबल महासङ्घ एएफसी छनोटको दोस्रो चरण खेल्ने यू–१९ महिला राष्ट्रिय फुटबल टोलीको आज बिहान घोषणा गरिएको छ ।
  • अखिल नेपाल फुटबल सङ्घ ९एन्फा०का अनुसार सरु लिम्बूको कप्तानीमा २३ सदस्यीय टोलीको नाम सार्वजनिक गरिएको हो ।

काठमाडौँ, ३ वैशाख । एशियाली फुटबल महासङ्घ एएफसी छनोटको दोस्रो चरण खेल्ने यू–१९ महिला राष्ट्रिय फुटबल टोलीको आज बिहान घोषणा गरिएको छ । अखिल नेपाल फुटबल सङ्घ ९एन्फा०का अनुसार सरु लिम्बूको कप्तानीमा २३ सदस्यीय टोलीको नाम सार्वजनिक गरिएको हो ।

टोलीमा गोलकिपर अन्जनाराना मगर, रेविका राई, उषा नाथ, डिफेण्डरमा निशा थोकर, सुष्मा महर्जन, रोजिना श्रेष्ठ, समीक्षा घिमिरे, विमला विक, पूजा रानामगर, सलोनी रानामगर, सविता रानामगर, मिडफिल्डरम सरु लिम्बू०, मञ्जली कुमारी योञ्जन र मेनुका आलेमगर रहेको मुख्य प्रशिक्षक हरिओम श्रेष्ठले जानकारी दिनुभयो । त्यसैगरी टोलीमा र अस्मिता वैद्य , मनिषा राउत, सुहानी कुशुवार, प्रीति राई, सम्झना लावती र स्ट्राइकरमा रश्मीकुमारी घिसिङ, एलिशा जिम्बा, रेखा पौडेल र निर्मला उपाध्याय पनि रहनु भएको छ ।

यसअघि थाइल्याण्डमा भएको पहिलो चरणमा उत्कृष्ट प्रदर्शन गर्दै नेपाल दोस्रो चरणमा प्रवेश गरेको थियो । प्रतियोगिताको तयारीका लागि नेपाली टोली बुधबार चीन जानेछ । गत कात्तिक दोस्रो साता थाइल्याण्डको चोनबुरीमा भएको प्रतियोगितामा नेपालले तीन खेलबाट छ अङ्क बनाउँदै दोस्रो चरणमा स्थान बनाएको थियो ।

पहिलो खेलमा आयोजक थाइल्याण्डसँग ४–० गोल अन्तरले पराजित भएको नेपालले दोस्रो खेलमा भारतलाई २–० गोल अन्तरले पराजित गरेको थियो । भारतविरुद्ध दुवै गोल रेखा पौडेलले गरेकी थिइन् । यस्तै प्रतियोगिताको अन्तिम खेलमा नेपालले पाकिस्तानलाई ९–० ले पराजित गरेको थियो ।

दोस्रो चरणका खेल यही वैशाख १३ देखि १७ गतेसम्म थाइल्याण्डमै हुँदैछ । छनोटको शीर्ष टोलीले एएफसी यू–१९ च्याम्पियनसिपमा स्थान बनाउनेछ । छनोटको समूह ‘ए’ मा रहेको नेपालले अष्ट्रेलिया, उज्वेकिस्तान र म्यानमासँग खेल्नेछ । नेपालले पहिलो खेलमा वैशाख १३ गते अष्ट्रेलियासँग, १५ गते उज्वेकिस्तान र १७ गते म्यानमासँग खेल्नेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?