हिन्दू राष्ट्रका विषयमा जनमत संग्रह हुनुपर्छ: महामन्त्री कोइराला

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर ७, २०७५
|
|
३७ पटक हेरिएको
Shares
हिन्दू राष्ट्रका विषयमा जनमत संग्रह हुनुपर्छ: महामन्त्री कोइराला

सारांश

  • काठमाडौं, ७ मंसिर ।
  • प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका महामन्त्री डा.
  • शशांक कोइरालाले हिन्दु धर्मको पक्षमा वकालत गरेका छन्।

काठमाडौं, ७ मंसिर । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइरालाले हिन्दु धर्मको पक्षमा वकालत गरेका छन्। महामन्त्री कोइरालाले आफू हिन्दु धर्मको पक्षमा रहेको उल्लेख गर्दै मुलुकलाई धर्म निरपेक्ष राष्ट्र बनाउने कि नबनाउने भन्ने विषयमा निर्णय लिन जनमत संग्रह गर्न सरकारसँग माग समेत गरेका छन्। शुक्रबार काठमाडौंमा आयोजित ‘शिव लीला’ भजन संग्रह उद्घाटन कार्यक्रममा बोल्दै उनले हिन्दु धर्मलाई सबैभन्दा उत्कृष्ट धर्मको रुपमा चित्रण समेत गर्नु भयो । महामन्त्री कोइरालाले हिन्दु धर्मले सबैलाई स्वतन्त्र बनाउने उल्लेख गर्दै त्यस सम्बन्धमा जनताको राय लिन पनि जनमत संग्रहमा जानुको विकल्प नरहेको जिकिर गरे।

काँग्रेस महामन्त्री कोइरालाले हिन्दु धर्मले भगवान आफै भित्र खोज्न भनेको उल्लेख गर्दै धर्मलाई निरपेक्ष वा सापेक्षताको आँखाले हेर्न नहुने तर्क गरे। संवैधानिक व्यवस्था अनुसार मुलुक धर्म निरपेक्ष राष्ट्र हो। तर त्यस सम्बन्धमा जनताले आफ्नो निर्णय लिन जनमत संग्रहमा जान उपयुक्त हुने काँग्रेस महामन्त्री कोइरालाको धारणा छ। २०६२÷०६३ को आन्दोलनपछि मुलुकलाई धर्मनिरपेक्ष राष्ट्र घोषणा गरिएको थियो। आन्दोलनमा मुलुकलाई धर्म निरपेक्ष राष्ट्र घोषणा गर्ने आवाज नउठे पनि विदेशी शक्तिको प्रभावमा परेर मुलुकलाई धर्म निरपेक्ष राष्ट्र घोषणा गरिएको भन्दै उक्त निर्णयको विरोध हुँदै आएको छ। प्रमुख प्रतिपक्ष कांग्रेसभित्र पनि मुलुकलाई धर्म निरपेक्ष राष्ट्र बनाएको भन्दै प्रभावशाली नेताले विरोध गर्दै आएका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?