नेपाल मात्र कोरोना भाइरस संक्रमणको समाधान भएको देशको सूचीमा

Shikharkhabar Shikharkhabar
|
सोमबार, चैत्र ३, २०७६
|
|
४३ पटक हेरिएको
Shares
नेपाल मात्र कोरोना भाइरस संक्रमणको समाधान भएको देशको सूचीमा

सारांश

  • काठमाडौं, ३ चैत्र ।
  • विश्वमा कोरोना भाइरसको संक्रमितको संख्या पौने दुई लाख पुगेको छ ।
  • साँढे छ हजार मानिसको मृत्यु भइसकेको छ ।

काठमाडौं, ३ चैत्र । विश्वमा कोरोना भाइरसको संक्रमितको संख्या पौने दुई लाख पुगेको छ । साँढे छ हजार मानिसको मृत्यु भइसकेको छ ।

चीनबाट देखिएको कोरोना भाइरस अहिले युरोप र अमेरिकामा भयावह बन्दैछ । साधन स्रोतले सम्पन्न देशहरुले पनि कोरोना भाइरसको संक्रमणको पूर्ण समाधान गर्न सकेका छैनन् । अहिले विश्वको कोरोना भाइरस संक्रमणसम्बन्धी नक्शामा अधिकांश देश संक्रमित देखाइएको छ । केही देशमा संक्रमण देखिएको छैन । तर, नेपाल मात्र त्यस्तो देश हो जसले संक्रमणलाई पूर्ण समाधान गर्न सकेको छ ।

नेपालमा एकजनालाई कोरोना भाइरसको संक्रमण देखिएकोमा ती व्यक्ति संक्रमणमुक्त भइसकेका छन् । यसकारण नेपाल सबै कोरोना भाइरसको केसको समाधान गर्ने देशको सूचीमा एक्लो देखिएको छ ।

नेपालमा कोरोना भाइरसको संक्रमणको आशंकामा पाँच सयभन्दा बढी मानिसको परीक्षण भइसकेको छ । त्यसमध्ये एकजनामा मात्र संक्रमण देखिएको थियो । बाँकी सबै संक्रमणमुक्त भेटिएका थिए ।

विश्व स्वास्थ्य संगठनले नेपाललाई कोरोनाको अति जोखिम भएको मुलुकको सूचीमा राखेको छ । तर नेपालमा कोरोनाको नयाँ संक्रमण नदेखिनुलाई अभूतपूर्व सफलता मानिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वैज्ञानिकले हात पारे ठूलाे सफलता, मानव जातिको अर्को प्रजाति फेला
वैज्ञानिकले हात पारे ठूलाे सफलता, मानव जातिको अर्को प्रजाति फेला
“वातावरणकर्मीहरुले निर्माणमा भइरहेको प्रगतिलाई रोक्न खोजेका छन्”: मन्त्री अधिकारी
“वातावरणकर्मीहरुले निर्माणमा भइरहेको प्रगतिलाई रोक्न खोजेका छन्”: मन्त्री अधिकारी
प्रहरी महानिरीक्षक सर्वेन्द्रले चितवनमा भने किराहरु अब अट्दैनन् !
प्रहरी महानिरीक्षक सर्वेन्द्रले चितवनमा भने किराहरु अब अट्दैनन् !
कोका—कोलाद्वारा कोभिड—१९ को प्रभावको सामना गर्न समुदायहरुलाई ८ करोड प्रदान गर्ने प्रतिज्ञा
कोका—कोलाद्वारा कोभिड—१९ को प्रभावको सामना गर्न समुदायहरुलाई ८ करोड प्रदान गर्ने प्रतिज्ञा
एकीकृत समाजवादीमा महाधिवेशनको ५ महिनापछि जिम्मेवारी बाँडफाँड हुँदै
एकीकृत समाजवादीमा महाधिवेशनको ५ महिनापछि जिम्मेवारी बाँडफाँड हुँदै
भ्रष्टाचारविरुद्ध सडक र सदनबाट अभियान चलाउँछौँ : सांसद शाही
भ्रष्टाचारविरुद्ध सडक र सदनबाट अभियान चलाउँछौँ : सांसद शाही
साउदीमा ज्यान गुमाएका २४ नेपालीका परिवारलाई राहत
साउदीमा ज्यान गुमाएका २४ नेपालीका परिवारलाई राहत
शोक प्रस्ताव पारित
शोक प्रस्ताव पारित
चर्चित मोडलकाे सनसनीपूर्ण खुलासा: १६ वर्षको उमेरमा बलात्कृत भएकी थिँए
चर्चित मोडलकाे सनसनीपूर्ण खुलासा: १६ वर्षको उमेरमा बलात्कृत भएकी थिँए
१० वर्षमा वैदेशिक रोजगारीमा जाने ७,४५५ को मृत्यु
१० वर्षमा वैदेशिक रोजगारीमा जाने ७,४५५ को मृत्यु