फिल्मी शैलीमा श्रीमतीलाई भिडियो कल गर्दै प्राण त्याग

Shikharkhabar Shikharkhabar
|
आइतबार, जेठ १९, २०७६
|
|
२२ पटक हेरिएको
Shares
फिल्मी शैलीमा श्रीमतीलाई भिडियो कल गर्दै प्राण त्याग

सारांश

  • यो एउटा वास्तविक घटना हो तर लाग्छ यो बलिउड फिल्मकै कुनै एउटा दृश्य हो ।
  • एक व्यक्ति सडक दुर्घटनामा पर्छन् ।
  • दुर्घटना लगत्तै उनले आफ्नी श्रीमतीलाई भिडियो कल गर्छन् र आफ्नो अवस्था देखाउँछन् ।

यो एउटा वास्तविक घटना हो तर लाग्छ यो बलिउड फिल्मकै कुनै एउटा दृश्य हो । एक व्यक्ति सडक दुर्घटनामा पर्छन् । दुर्घटना लगत्तै उनले आफ्नी श्रीमतीलाई भिडियो कल गर्छन् र आफ्नो अवस्था देखाउँछन् । त्यसपछि लामो श्सास फेर्छन् र अचेत हुन्छन् । यो घटना भारतको उत्तर प्रदेशमा घटेको घटना हो । बेगुसरायको राष्ट्रिय राजमार्ग २८ मा मोटरसाइकल चलाइरहेका राजाराम पण्डित नामका युवा ट्रकसँग ठोकिन्छन् । ट्रकले किचेर उनको खुट्टा चुडिन्छ । त्यसपछि उनले भिडियो कल गरेर घरमा रहेकी श्रीमतीलाई घटनाको बेलिबिस्तार लगाउँछन् ।

त्यसपछि उनी बेहोस हुन्छन् । लगत्तै सुरक्षाकर्मीले उद्धार गरेर उनलाई अस्पताल र्पुयाउँछन् । तर, डाक्टरहरुले बचाउन सक्दैनन् ।

राजारामको तीन वर्ष अगाडि मात्र बिहे भएको थियो । उनको सात महिनाको छोरी पनि छिन् । उनी श्राद्धमा सहभागी हुन ससुराल जाने क्रममा दुर्घटनामा परेका थिए ।

प्रत्यक्षदर्शीका अनुसार राजारामाले इयर फोन लगाएर मोटरसाइकल चलाएका थिए । इयर फोन लगाएको बेला गाडीको आवाज नसुनेकाले दुर्घटनामा परेको प्रारम्भिक अनुमान गरिएको छ । दुर्घटनाको जोखिम बढ्ने भएकाले कतिपय देशमा हेडफोन वा इयरफोन लगाएर सवारी साधन चलाउन बर्जित छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?