एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक बुधबारदेखि सुरु

Shikharkhabar Shikharkhabar
|
मंगलबार, पौष १०, २०८०
|
|
३६ पटक हेरिएको
Shares
एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक बुधबारदेखि सुरु

सारांश

  • काठमाडौं ।
  •   नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक बुधबारदेखि काठमाडौंमा बस्ने भएको छ।
  • यही पुस १३ गतेसम्म चल्ने बैठकमा पार्टीको विधान हेरफेरका साथै आसन्न महाधिवेशनका लागि वैचारिक दृष्टिकोणसम्बन्धी छलफल हुने महासचिव घनश्याम भुसालले जानकारी दिए।

काठमाडौं ।  नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक बुधबारदेखि काठमाडौंमा बस्ने भएको छ।

यही पुस १३ गतेसम्म चल्ने बैठकमा पार्टीको विधान हेरफेरका साथै आसन्न महाधिवेशनका लागि वैचारिक दृष्टिकोणसम्बन्धी छलफल हुने महासचिव घनश्याम भुसालले जानकारी दिए।

उनका अनुसार देशभर पार्टी संगठनको अवस्था, पार्टीको आन्तरिक विवाद, समसामयिक परिस्थितिबारे छलफल गरिने छ।

बैठकमा प्रदेश, क्षेत्र र भूगोलको सन्तुलन मिलाएर आवश्यक स्थानमा नेताहरुको जिम्मेवारी तोकिने भुसालले बताए।

आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि पार्टीकातर्फबाट उम्मेदवार छनोटका लागि मापदण्ड तय गर्ने, संगठन विस्तार तथा पार्टीको आधारभूत तहसम्म स्थापित गर्न आवश्यक कार्ययोजनाबारे छलफल गरिने उनले जानकारी दिए।

पार्टी अध्यक्ष माधवकुमार नेपालले समसामयिक राजनीतिक प्रतिवेदन तथा महासचिव भुसालले सांगठनिक प्रतिवेदन पेस गर्नेछन्।

विधान संशोधन गर्न आगामी माघ १४ र १५ गते काठमाडाैंमा राष्ट्रिय सम्मेलन गर्न लागिएको पार्टी कार्यालयले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘मेरो बिरामी तपाईले हेरिदिनु भनेर चुनावी प्रचारमा हिँडेको थिएँ’
‘मेरो बिरामी तपाईले हेरिदिनु भनेर चुनावी प्रचारमा हिँडेको थिएँ’
४० वर्षे न्यायमा काम गरेका प्रधानन्यायाधीश मिश्रले लिए विदाइ
४० वर्षे न्यायमा काम गरेका प्रधानन्यायाधीश मिश्रले लिए विदाइ
बर्डफ्लू संकटग्रस्त क्षेत्रका किसानले कुखुरा मार्न दिएनन्
बर्डफ्लू संकटग्रस्त क्षेत्रका किसानले कुखुरा मार्न दिएनन्
“सरकारले बढीभन्दा बढी बच्चा जन्माउनु पर्छ भनिरहेको छ, तर कसरी ?
“सरकारले बढीभन्दा बढी बच्चा जन्माउनु पर्छ भनिरहेको छ, तर कसरी ?
स्थानीय तहका शैक्षिक अधिकार व्यवस्थित गर्न निर्देशिका
स्थानीय तहका शैक्षिक अधिकार व्यवस्थित गर्न निर्देशिका
रेणु दाहालले बाढी प्रभावित क्षेत्रकी महिलालाई छाता ओढाउँदै पीडा सुनिन्
रेणु दाहालले बाढी प्रभावित क्षेत्रकी महिलालाई छाता ओढाउँदै पीडा सुनिन्
परराष्ट्र मन्त्री साउदद्वारा सपथ ग्रहण
परराष्ट्र मन्त्री साउदद्वारा सपथ ग्रहण
कोशी प्रदेशद्वारा नेपाल पुलिसलाई जितका लागि एक सय ६७ रनको चुनौती
कोशी प्रदेशद्वारा नेपाल पुलिसलाई जितका लागि एक सय ६७ रनको चुनौती
विधानअनुसार जिम्बा उठ्नुभएको हो, किन बेतुकको कुरा गरिहिँड्नु : अध्यक्ष थपलिया
विधानअनुसार जिम्बा उठ्नुभएको हो, किन बेतुकको कुरा गरिहिँड्नु : अध्यक्ष थपलिया
जानकी मन्दिरबाट अाेली–माेदीकाे सम्बाेधनः दुवैले गरे एकअर्काकाे प्रशंसा
जानकी मन्दिरबाट अाेली–माेदीकाे सम्बाेधनः दुवैले गरे एकअर्काकाे प्रशंसा