बिनोद चौधरी कोरोनामुक्त
सारांश
- उद्योगी बिनोद चौधरी कोरोना भाइरसको संक्रमणमुक्त भएका छन् ।
- उनी दश दिनमै संक्रमणमुक्त भएका हुन् ।
- नेपालका एकमात्र डलर अर्बपति चौधरीले शनिवार ट्वीट गर्दै आफू दश दिन उपचारपछि संक्रमणमुक्त भएको जानकारी दिएका छन् ।
उद्योगी बिनोद चौधरी कोरोना भाइरसको संक्रमणमुक्त भएका छन् । उनी दश दिनमै संक्रमणमुक्त भएका हुन् ।
नेपालका एकमात्र डलर अर्बपति चौधरीले शनिवार ट्वीट गर्दै आफू दश दिन उपचारपछि संक्रमणमुक्त भएको जानकारी दिएका छन् । उनले आफूलई सबैको माया र प्रेरणाले ठूलो ऊर्जा दिएको र कोरोनाको संक्रमणबाट मुक्त भएको बताएका छन् ।
सांसद समेत रहेका चौधरीले भनेका छन्, ‘मैंले जीवनमा तपाईंहरुजस्ता आफन्त, इष्टमित्र, साथीभाइ र शुभेच्छुक कमाएको रहेछु । यस अर्थमा म आफूलाई अत्यन्तै भाग्यमानी महसुस गर्छु ।’
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया