ग्लोबल आइएमई बैंकले कृषकलाई सहुलियत ऋण दिने

Shikharkhabar Shikharkhabar
|
आइतबार, भाद्र १९, २०७९
|
|
१६ पटक हेरिएको
Shares
ग्लोबल आइएमई बैंकले कृषकलाई सहुलियत ऋण दिने

सारांश

  • काठमाडौ ।
  • ग्लोबल आइएमई बैंक र भण्डारा दूग्ध उत्पादक सहकारी संस्थाबीच कृषि अनुदान कर्जामा साना किसानको पँहुच बढाउनको लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
  • समझदारी पत्रमा बैंकका तर्फबाट बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी तथा भण्डारा दूग्ध उत्पादक सहकारी संस्थाका तर्फबाट संस्थाका अध्यक्ष डिल्लीप्रसाद थपलियाले हस्ताक्षर गरेका छन् ।

काठमाडौ । ग्लोबल आइएमई बैंक र भण्डारा दूग्ध उत्पादक सहकारी संस्थाबीच कृषि अनुदान कर्जामा साना किसानको पँहुच बढाउनको लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ । समझदारी पत्रमा बैंकका तर्फबाट बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी तथा भण्डारा दूग्ध उत्पादक सहकारी संस्थाका तर्फबाट संस्थाका अध्यक्ष डिल्लीप्रसाद थपलियाले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार ग्लोबल आइएमई बैंकले भण्डारा लगायत चितवन जिल्लाका विभिन्न स्थानमा उन्नत जातका गाई तथा र्भैसी पालन गरी दुध तथा दुग्धजन्य वस्तुहरु उत्पादन गर्ने कृषकहरुलाई सहकारीको सिफारिसमा सहुलियतपूर्ण कर्जा उपलब्ध गराउनेछ भने सहकारी संस्थाले बैंकको सिफारिसमा साना किसानहरुलाई आवश्यक तालिमको व्यवस्था गर्ने बैंकले जनाएको छ ।

बैंकले २८९ शाखा, २७२ एटीएम, २७५ शाखा रहित बैंकिङ्ग सेवा, ५२ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ८९० सेवा केन्द्रबाट सेवा प्रदान गरिरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?