गोठ–गोठमा पशु चिकित्सक र प्राविधिक

Shikharkhabar Shikharkhabar
|
आइतबार, बैशाख ३१, २०८०
|
|
४८ पटक हेरिएको
Shares
गोठ–गोठमा पशु चिकित्सक र प्राविधिक

सारांश

  • मुग्लिन ।
  • लम्पी स्किन रोग फैलिँदै गएपछि चितवनको इच्छाकामनामा पशु चिकित्सक र प्राविधिकहरु किसानको गोठ–गोठमा पुगेका छन् ।
  • रोग फैलिन नदिन र सङ्क्रमित गाईवस्तुको उपचारका लागि पशु चिकित्कस तथा प्राविधिकहरु किसानको गोठ–गोठमा पुगेको गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले बताए ।

मुग्लिन । लम्पी स्किन रोग फैलिँदै गएपछि चितवनको इच्छाकामनामा पशु चिकित्सक र प्राविधिकहरु किसानको गोठ–गोठमा पुगेका छन् । रोग फैलिन नदिन र सङ्क्रमित गाईवस्तुको उपचारका लागि पशु चिकित्कस तथा प्राविधिकहरु किसानको गोठ–गोठमा पुगेको गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले बताए । उनका अनुसार यस रोगबारे किसानलाई आवश्यक परामर्शसमेत दिँदै आएका छन् ।

गाउँपालिका पशु सेवा शाखाका प्रमुख रञ्जित विकका अनुसार लम्पी स्किन रोगबाट गाउँपालिकाभर हालसम्म २३ वटा गाईगोरु मरेका छन् । वडा नं १ मा सबैभन्दा धेरै गाईगोरु मरेका छन् । वडा नं १ मा मात्र ११ वटा गाईगोरु मरेका छन् । वडा नं २ मा १० र वडा नं ७ मा दुईवटा मरेका छन् । उहाँका अनुसार गाउँपालिकाको सातवटै वडामा फैलिएको यस रोगबाट पाँच सयभन्दा बढी गाईगोरु बिरामी परेका छन् ।

प्रमुख विकका अनुसार किसानबाट जानकारी पाउनासाथ पशु चिकित्सक डा सुनिल ज्ञवालीसहितको प्राविधिक टोलीहरु किसानको गोठ–गोठमा पुगेर आवश्यक उपचार र परामर्श दिन सुरु गरेका थिए । प्रत्येक वडामा प्राविधिक खटाई हरेक दिन उपचार र विवरण सङ्कलन गर्ने कार्य भइरहेको उनले बताए ।

इच्छाकामनामा भौगोलिक विकटता, जनचेतनाको अभाव सञ्चारमाध्यमको पहुँच नभएकाले नियन्त्रणमा केही समस्या आए पनि हाल निरन्तर पशु चिकित्सक र प्राविधिकहरु खटाई उपचार र जनचेतनामूलक कार्यक्रमहरु गरिरहेकाले नियन्त्रण उन्मुख अवस्थामा पुगेको पशु सेवा शाखाका प्रमुख विकले बताए ।

यस रोगको ठोस उपचार नभएकाले सङ्क्रमित गाईभैँसीलाई मृत्युबाट बचाउन लक्षणमा आधारित उपचार गर्नेे र सङ्क्रमण फैलन नदिनका लागि गाईभैँसीको ओसारपसार र गोठको सरसफाइ नै मुख्य उपाय रहेको उनको भनाइ छ ।

(PhenQ)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दैनिक उपभोग्य वस्तुको मूल्य आकाशियो, फागुनमा मुद्रास्फीति ७.१४ प्रतिशत
दैनिक उपभोग्य वस्तुको मूल्य आकाशियो, फागुनमा मुद्रास्फीति ७.१४ प्रतिशत
नेपाली युवालाई विदेशी सेनामा भर्ती हुनबाट रोक्ने बाम गठबन्धनको प्रस्ताव
नेपाली युवालाई विदेशी सेनामा भर्ती हुनबाट रोक्ने बाम गठबन्धनको प्रस्ताव
पश्चिम नेपालका क्यान्सर बिरामीमाथि चरम संकट: सरकारी उदासीनता र भुक्तानी विवादले रेडियोथेरापी सेवा ठप्प, बिरामी भारत धाउन बाध्य
पश्चिम नेपालका क्यान्सर बिरामीमाथि चरम संकट: सरकारी उदासीनता र भुक्तानी विवादले रेडियोथेरापी सेवा ठप्प, बिरामी भारत धाउन बाध्य
‘अख्तियार नेतृत्वबाट संविधानलाई धोका’
‘अख्तियार नेतृत्वबाट संविधानलाई धोका’
भारतले दियो पुनर्निर्माणमा २ अर्ब अनुदान
भारतले दियो पुनर्निर्माणमा २ अर्ब अनुदान
आगलागीबाट ४० लाखको क्षति
आगलागीबाट ४० लाखको क्षति
मुलुकको समृद्धिलाई अघि बढाउने सशक्त माध्यम पर्यटन : नेता पौडेल
मुलुकको समृद्धिलाई अघि बढाउने सशक्त माध्यम पर्यटन : नेता पौडेल
माधव नेपालका भाइले आत्महत्या गरेको प्रहरीको प्रारम्भिक अनुमान
माधव नेपालका भाइले आत्महत्या गरेको प्रहरीको प्रारम्भिक अनुमान
आधा-आधा भन्नेमै ओली र प्रचण्डको कुरो मिलेन
आधा-आधा भन्नेमै ओली र प्रचण्डको कुरो मिलेन
नीति कार्यक्रमको स्वीकार र समर्थन गर्छौं : प्रमुख सचेतक लेखक
नीति कार्यक्रमको स्वीकार र समर्थन गर्छौं : प्रमुख सचेतक लेखक